सुन्दर सपनाको महलको तिमी मेरीरानी हौ मेरो एक्लो जीवनको तिमीएक मात्र कहानी हौ मरुभुमीमा छट्पटिंदै मृगतृष्णाकोशिकार हुँदा तिमी,केवलतिमीनै तिर्खा मेटाउने पानी हौ अशक्त र कमजोर हुने बुढेस्कालको बेला पनि जोशर जाँगरदिनेतिमीनै मेरो जवानी हौ अरुले जे भनून् मलाई कुनै पर्वहा छैन तिमीनै मेरो प्राणप्यारी, आँखाको नानीहौ तिमीबाट नै सुरु तिमीमा नै समाप्त हुने मेरो तिमी नै संसार, तिमी नै जिन्दगानी हौ सुन्दर सपनाको महलको तिमी मेरीरानी हौ मेरो एक्लो जीवनको तिमीएक मात्र कहानी हौ
HyolmoPa · Nov 22, 2011 8:05 AM · 10,620 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion