http://weeklynepal.com/index.p... कालीबहादुर कोटेश्वरमै प्रकट काठमाडौं, कात्तिक ३० । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याकाण्डका मुख्य आरोपी कालीबहादुर खाम (विविध) धेरै लामो अन्तरालपछि गत सोमबार कोटेश्वर पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा प्रकट भए। पटकपटकको स्थगितपछि सोमबारबाटै सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी हुन हत्याराको आरोप लागेका खाम आफ्ना केही सहयोगीका साथ पार्टी कार्यलयमा प्रकट भएका थिए। उनी पार्टी कार्यालयमा प्रकट मात्र भएनन्, केन्द्रीय कमिटी बैठकमा अन्य सदस्यसरह पूर्ण रूपमा सहभागीसमेत भए। बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यबाहेक अन्यले नबोलेकाले खामले पनि केही बोलेनन्। बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु हुनुभन्दा केही समय पहिले नै बैठककक्ष प्रवेश गरेका खाम बैठककक्षको सबैभन्दा पछिल्लो भागमा बसेका थिए। लामो समयपछि बैठकमा सहभागी भए पनि उनी अन्य सदस्यहरूको आँखामा पर्न रुचाएको नदेखिएको सहभागी नेताको भनाइ थियो। ती नेताका अनुसार प्रचण्डको पक्षमा खुलेर लागेका खाम मोहन वैद्य पक्षधर नेताहरूको नजिक त पर्नै चाहेका थिएनन्। हत्याका आरोपीसँग एउटै बैठकमा बस्नुपर्दा आफूलाई निकै ग्लानि भएको जानकारी गराउँदै बैठकमा सहभागी एक सदस्यले मंगलबार हामीसँग भने, 'हाम्रा पार्टीमा अनेकखाले मानिसको सहभागिता रहेकाले यसलाई पनि त्यसै रूपमा लिँदा उचित हुन्छ।' 'बैठकमा खामको उपस्थितिबारे आगामी बैठकमा कुरा राख्ने जानकारी गराउँदै उनले थपे, 'हत्याको आरोप लागेपछि बसेको कुनै पनि बैठकमा सहभागी नगराइएका खामलाई यो बैठकमा किन र कसले बोलायो जानकारी छैन।' सोमबारको बैठकमा मात्र होइन खाम मंगलबारको बैठकमा पनि सहभागिता जनाउन पार्टी कार्यालय पुगेका थिए। बिहान ११ बजेका लागि बैठक बोलाइएको भए पनि खाम बिहान १० बजे नै पार्टी कार्यालय प्रवेश गरिसकेको थिए। सर्ट, पाइन्ट लगाएका खामले हातमा ज्याकेट झुन्ड्याउँदै केही सहयोगी तथा केन्द्रीय सदस्यहरूको बीचमा रहेर पार्टी कार्यालय छिरेका थिए। मंगलबार भने उनको हाउभाउ सोमबारको भन्दा निकै फरक थियो। सोमबारको तुलनामा उनी केही खुलेका देखिन्थे। खामको सहभागितबारे आश्चर्य प्रकट गर्दै वैद्यनिकट अर्का नेताले हामीसँग भन्नुभयो, 'बैठकमा नै उपस्थित हुन आउनुभएको होला, तर आज बैठक नबसेपछि उनी बाहिर सहयोगीहरूसँग गपिकदै थिए।' रामहरि श्रेष्ठको हत्याकाण्डपछि पार्टी अध्यक्ष प्रचण्डको विशेष निगाहमा केन्द्रीय सदस्य पदमा बढुवा भएका खामलाई श्रेष्ठको हत्यासँगै ठगी तथा यार्सागुम्बाको अवैध कारोबारमा संलग्न भएको भन्दै प्रहरीको मोस्टवान्टेड सूचीमा समेत राखिएको छ। प्रहरीले माओवादी नेता खाम जहाँ भेटिन्छन् त्यहीँबाट पक्राउ गर्न भन्दै मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो। तर, पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। प्रहरीको पक्राउ लिस्टमा रहे पनि उनी निर्धक्कसँग पार्टी कार्यालयमा उपस्थित हुनुलाई सामान्य मान्दै माओवादीका एक नेताले भने, 'सर्वश्वसहित जन्मकैद पाएका नेताहरू निर्धक्क साथ हिँडिरहेका छन्, खामजीलाई आरोप मात्र लगाइएको हो, त्यसैले उहाँ पार्टीको बैठकमा सहभागी हुनु नौलो कुरा होइन।'वा माओवादीलेझैं आफूलाई प्रजातान्त्रिक देखाउन मात्र खोजेको हो निकट भविष्यमै यस कुराको पुष्टि हुनेछ।
nepcha1 · Nov 16, 2011 9:23 PM · 2,301 views
nepcha1 · Nov 23, 2011 8:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion