I like it.... ( it is true )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माओवादीहरू माओवादी सत्ताको उद्योग खोल्न बिरोधी विचार राख्नेलाई मार्न हिँडेका थिए र राज्यको सुरक्षा सेनाले तिनलाई मार्नु आवश्यक ठान्यो । खड्का नमारिएका भए , तिनै सेनाहरू खड्काको जत्थाले मार्थ्यो होला । लडाइँका दुई पक्ष बीच मारामार हुन्छ , सक्नेले नसक्नेलाई मार्छ । माओवादीले युद्ध लड्न थाल्यो र उनीहरू मारिए भने यसमा कुनै सर्वसाधारणको कुनै दोष हुँदैन । तर, आफ्ना मान्छे राज्यको सेना वा पुलिसले मार्‍यो भनेर कुनै निहत्था देशवासीलाई घरबाट उठाएर अन्तै रातमा बोलाएर , खेतमा ढुकेर गोली हान्नु कायर अपराध हो । के बालकृष्ण ढुंगेलले उज्जन कुमार श्रेष्ठ जस्तो निहत्थालाई गोली ताकेर ढाल्नु ‘जनयुद्ध’ हो ? यो कदापी युद्ध थिएन , अपराध थियो । ढुंगेल हत्यारा हो , अपराधी हो र उसले जघन्य हत्या गरेको छ । यहाँ पुलिस र सेनासंग भएको आपसी द्वन्द मुठभेडको कुरा गरिएको छैन र यसको तुलना कुनै माओवादीले छापामार आक्रमण गर्दा भएको घटनासंग गरेर विषयलाई भावुक रूपमा अन्त मोड्नु कायर पाखण्डीपन हो । जहाँसम्म आफन्त गुमाएका माओवादी नेता र नेतृको कुरा छ , जिन्दगीमा एउटा हैसियत नभएका तिमी जस्ता मान्छेहरू त्यही मरेका आफ्न्तको रगतको मूल्यमा मुलुकको सभासद र मन्त्री बनेर देशको ब्रम्हलुट गर्न पाएका छौ नि त ! नत्र यो सपनामा पनि सम्बव थियो ?

stopthewar · Nov 12, 2011 8:57 AM · 3,952 views

2 Replies

sanjeev adhikari wrote on 12 November, 2011, 12:02 सर्वोच्च अदालतले ओखलढुङ्गेली जनताकाअभिमतहरु मान्ने कि नमान्ने ? मलाई ओखलढुङ्गेली जनताले प्रत्यक्ष निर्वाचित सभासद बनाएर संविधान लेख्नका निम्ति पठाएको छ, त्यो सर्वोच्चले मान्ने कि नमान्ने ? थुक्क हत्यारा लाज लाग्दैन | डर, त्रास, बम र बन्दुकको भरमा चुनाव जितेर आको मान्छेको यत्रो फुर्ति

stopthewar · Nov 12, 2011 8:59 AM

What is wrong and right ? We can teach those knows more than us. We will be under Democratic Election and the whole world sees it purely democratic but inside we will be ruled by red army. All criminals are their cadet  and loyal members.

Magorkhe1 · Nov 12, 2011 11:01 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all