करोडौं ठगेर बैंकका डाइरेक्टर फरार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

करोडौं ठगेर बैंकका डाइरेक्टर फरार काठमाडौं । 'क'वर्गको बैंकको स्वीकृति पाएको सानिमा विकास बैंकका निर्देशक पंकज अधिकारी करोडौं रुपैयाँ ठगी गरी फरार भएका छन्। सोसियल डेभलपमेन्ट बैंकका प्रवर्द्धक समेत रहेका अधिकारी भागेपछि प्रहरीले मोष्ट वान्टेड सूचिमा राखेर खोजी सुरु गरेको छ। उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुर र ठगी मुद्दा दर्ता गरेको छ। अधिकारीले करिब १२ जनासँग दुई करोडभन्दा बढी रकम ठगी गरेको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार दुई महिनाअघि उनले दुई साताभित्र बुझाउने सहमतिअनुसार उनले रिबेल क्रियशनका मालिक गगन प्रधानसँग एक करोड ६५ लाख रुपैयाँ लिएका थिए। तर पैसा नतिरी उनी फरार भएका छन्। अधिकारीले दिएको चेक बाउन्स भएपछि प्रधानले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।  प्रधानको जाहेरीका आधारमा अधिकारी र उनकी श्रीमती दुर्गालाई प्रहरीले २३ असोजमा पक्राउ गरेको थियो। एक रात थुनेपछि पैसा जम्मा गर्र्नका लागि छोडिदिन आग्रह आएको भन्दै प्रहरीले दैनिक सम्पर्कमारहने सर्तमा उनीहरूलाई रिहा गरेको थियो। हाजिर जमानीमा रिहा भएका उनीहरू त्यसपछि फरार भएका हुन्। स्रोतका अनुसार महानगरीय प्रहरी आयुक्त एआइजी कुबेरसिंह रानाले समेत सम्पर्कमा रहने सर्तमा छोड्न आदेश दिएपछि काठमाडौं परिसरले पीडितसहितको सहमतिमा छोडेको थियो। प्रहरी अधिकारीकै मिलेमतोमा अधिकारीलाई फरार बनाइएको बताइन्छ।  साथीलाई समस्या परेको वेला सहयोग गर्दा आफू ठगिएको प्रधानले बताए। 'सहमतिअनुसार पैसा दिएको एक साता पुगेपछि मागे, उनले चेक दिन्छु भने,' उनले भने, 'तर चेक नसाँटिएपछि झुलाउँदै उनी सम्पर्कबाहिर गए।' फरार अधिकारीले आफ्नो कम्पनी डिएसएस इन्भेस्टमेन्टको नाममा १२ सेम्टेम्बरमा पीडित प्रधानलाई दिएको क्लिन इनर्जी बैंकको एक करोड २३ लाखको चेक बाउन्स भएको थियो। सोही मितिमा रिलायबल इन्भेस्टमेन्ट वित्तीय संस्थाको अधिकारीकै खाताबाट दिएको ४२ लाख रुपैयाँको चेक पनि बाउन्स भएको थियो। चेक बाउन्स भएपछि बैंकिङ कसुरअनुसार मुद्दा चल्छ। प्रधानलाई मात्र नभई अधिकारीले अन्य विभिन्न व्यक्तिलाई पनि ठगेको उजुरी आएको काठमाडौं परिसरले जनाएको छ। उनले आफू निर्देशक रहेको सानिमा बैंककै केही प्रवर्द्धकलाई समेत ठगी गरेको आरोप लागेको छ।  प्रधानसँग अधिकारीले बैंकको ऋण नतिरेकाले आफू कालोसूचीमा पर्न लागेकाले 'इमर्जेन्सी' परेको भन्दै पैसा लिएका थिए। सेयर कारोबारमा संलग्न उनको क्लिन इनर्जी बैंकमा करिब तीन लाख कित्ता सेयर छ भने सोसियल डेभलपमेन्टमा दुई करोड रुपैयाँको सेयर लगानी छ।  अधिकारी दम्पती हाल फरार रहेको र उनीहरूको खोजी भइरहेको काठमाडौं परिसरका डिएसपी अरुण बिसीले बताए। अभियुक्त अधिकारीको डिएसएस इन्भेस्टमेन्ट प्रालि श्रीमतीको नाममा समेत रहेकाले प्रहरीले श्रीमतीविरुद्ध पनि मुद्दा दायर गरेको हो। उनको श्रीमती समेत फरार छिन्। स्रोतका अनुसार अधिकारीले सानिमा बैंककै कतिपय संचालकलाई समेत ठगी गरेका छन्। उनको फन्दामा एनआरएनहरू समेत परेको स्रोतको भनाई छ। शेयर दलाली गर्दै आएका अधिकारी बैंकिङ क्षेत्रमा नै बदनाम व्यक्ति हुन। source;http://www.weeklynepal.com/ind...

_____ · Nov 11, 2011 11:52 AM · 1,994 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all