I do not see supporters of Baburam peeping in sajha these days. Surprisingly, mysansar wrote against the baburam this time, seems that guy is leaning right while some hardcore terrorist's fan are still supporting Baburam.. Come on you cowards come here and say in favor of Baburam's decision of expanding cabinet, giving amenesty to murderer dhungel..and so on??? where are you these days?? Oh yeah you must be enjoying what captalists nation USA has provided to you ? NO? buncha hypocrites..!
shantipriya · Nov 10, 2011 7:41 PM · 35,360 views
किन जोगाउन खोजिंदैछ डेकेन्द्रका हत्यारा ? भट्टराई र दाहालको पछिल्लो व्यवहार र विचार दैलेखमा पक्राउ परेका लछीराम घर्तीहरूका लागि हैन, आफ्नै बचाउका लागि हो भनेर जो कोहीले बुझन सक्छन् । डम्बरकृष्ण श्रेष्ठ शनिबार , २८ पुस २०६९ ४:३६ पम पत्रकार डेकेन्द्र थापा उनका छोरा र श्रीमती र पक्राउ परेका लछीराम घर्ती। कार्टुन आफै बोल्छ ! साभार: कान्तिपुर जब हत्यारा पक्राउ पर्न थाले र उनीहरूले हत्या गरेको साविती बयान दिंदै निर्दोष मान्छे मारेकोमा पश्चात्ताप प्रकट गर्न थाले तब द्वन्द्वकालका संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालका संयोजक रहेका बाबुराम भट्टराई ‘लालध्वज’ र सशस्त्र द्वन्द्वताका माओवादी सेनाका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल (प्रचण्ड) तिनलाई कारबाही गर्न नहुने भाषण र निर्देशन दिइरहेका छन् । ‘पाप धुरीबाट कराउँछ’ यो नेपाली उखान पत्रकार डेकेन्द्र थापाका हत्याराका लागि ८ वर्षपछि आएर चरितार्थ भएको छ । हत्याको अभियोगमा पाँच जना पक्राउ परे लगत्तै अहिले लहरो तान्दा पहरो गर्जने अवस्था आउन थालेको छ । यस्तो बेलामा बाबुराम भट्टराई भने देशका प्रधानमन्त्री भन्दा पनि द्वन्द्वकालका संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालका संयोजक ‘लालध्वज’ जस्ता देखिएका छन् । सशस्त्र द्वन्द्वताका माओवादीले गाउँ–गाउँमा खडा गरेको जनसरकारहरूको नेतृत्व गर्ने ‘लालध्वज’ले तिनै मध्येका एक गाउँ जनसरकारले हत्या गराएको एक निर्दोष पत्रकारका हत्याराहरूलाई कारबाही नगर्न उर्दी जारी गरिरहेका छन् । सरकारका प्रधानमन्त्रीको कार्यशैली र व्यवहारबाट यो देशमा अब कानूनी शासन नरहेको आभास हुन थालेको छ । देशका प्रधानमन्त्रीको कदमले कानूनी राज्य अब इतिहास र कागजमा मात्र सीमित हुने हो कि भन्ने चिन्ता बढेको छ । यो त्यही देश हो जहाँको सानो राज्यमा कुनै बेला रामशाह नामका राजाले शासन गर्थे । त्यसबेला ‘न्याय नपाए गोर्खा जानु’ भनिन्थ्यो तर त्यही गोरखाबाट निर्वाचनमा अधिक मत ल्याएर प्रधानमन्त्रीसम्म बनेका भट्टराईले देशलाई न्याय विहीन बनाउँदैछन् । १६ हजार जनताको बलि चढाइएको सशस्त्र द्वन्द्वपछि त पक्कै देशमा शान्ति छाउला, दण्डहीनताको अन्त्य होला र न्यायको शासन कायम होला भन्ने आम जनतामा पलाएको आशा विस्तारै मर्दै जान थालेको छ । जब डेकेन्द्रका हत्यारा पक्राउ पर्न थाले र उनीहरूले हत्या गरेको साविती बयान दिंदै निर्दोष मान्छे मारेकोमा पश्चात्ताप प्रकट गर्न थाले तब भट्टराई र सशस्त्र द्वन्द्वताका माओवादी सेनाका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल (प्रचण्ड) तिनलाई कारबाही गर्न नहुने भाषण र निर्देशन दिइरहेका छन् । किनभने त्यो हत्कडीको फन्दाले कस–कसलाई लपेट्नेछ भनेर ‘लालध्वज’ र ‘प्रचण्ड’लाई थाहा छ । त्यसैले हत्याका अभियुक्त पक्राउ पर्नासाथ प्रधानमन्त्रीले आपत्ति प्रकट गरे । प्रधानमन्त्रीले अनुसन्धान रोक्न निर्देशन दिएलगत्तै हेटौंडामा एमाओवादीका अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झैता अनुसार सत्य निरुपण आयोगले छानबिन गरी दोषी देखाइएकालाई मात्र कारबाही गर्नुपर्ने बताउँदै भने “कसैमाथि कारबाही गर्ने प्रक्रिया चल्यो भने वेलगाम तरिकाले जान्छ र झन अराजक स्थिति बन्न सक्छ ।” अहिले यस्तो कुरा गर्ने ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुनासाथ किन पीडितहरूको घाउमा मल्हम लगाउने काम गरेनन् ? किन विस्तृत शान्ति सम्झैता अनुसार सत्य निरुपण आयोग बनाउने तत्परता देखाएनन् ? पत्रकार डेकेन्द्र थापाका हत्याराहरूले जिउँदै गाडेको बयान दिइरहँदा सरकारका प्रधानमन्त्री भट्टराई र एमाओवादीका अध्यक्ष दाहाल किन कारबाही गर्न हुँदैन भन्दै कानूनी राज्यको उपहास गरिरहेका छन् ? भट्टराई र दाहालको पछिल्लो व्यवहार र विचार दैलेखमा पक्राउ परेका लछीराम घर्तीहरूका लागि हैन, आफ्नै बचाउका लागि हो भनेर जो कोहीले बुझन सक्छन् । पछिल्लो समयमा बेलायतमा बहालवाला कर्णेल कुमार लामा पक्राउ परेपछि झस्किएको सरकार र माओवादी नेतृत्वलाई पत्रकार डेकेन्द्र थापाका हत्याराहरूको बयान निल्नु न ओकल्नु भएको छ । हत्यारामध्येका लछीराम घर्ती मगरले प्रहरी हिरासतभित्रै ‘मार्न नहुने मान्छे मारे, अब सजाय भोगेर पश्चात्ताप गर्न तयार छु, थापाको परिवारसँग हात जोडेर माफी माग्छु’ भनिरहेको अवस्थामा देशका प्रधानमन्त्री भट्टराईले सार्वजनिक रूपमा भाषण गर्दै ‘मुद्दा अगाडि नबढाउन’ निर्देशन दिएका छन् । त्यतिले मात्रै नपुगेर सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्ता मुक्ति प्रधानमार्फत दैलेख जिल्लाका सरकारी वकील, पुनरावेदन सरकारी वकील कार्यालय, सुर्खेत प्रहरी र प्रहरी प्रधान कार्यालय समेतलाई लिखित आदेश दिएका छन् । पत्रकार डेकेन्द्र थापाको कसुर यति थियो कि उनले दैलेख सदरमुकामवासीका लागि खानेपानीको मुहान नथुन्न माओवादीका स्थानीय नेता कार्यकर्तासँग मध्यस्तता गर्न खोजे । तर, खानेपानी माग्न जाँदा माओवादीले उनको ज्यानै लिइदिए । लाठी र सिस्नोले पिट्दै यातना दिएर धुकधुकी मात्रै बाँकी राखेपछि जिउँदै खाल्डो खनेर पुरिदिए । ८ वर्षसम्म थापाका परिवारजन र देशभरका पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले हत्यारालाई कारबाही गर्न माग गर्दा माओवादीले ढाकछोप मात्रै गरयो । आफनै खानेपानीको लागि ज्यान गुमाएका डेकेन्द्रका हत्यारालाई कारबाही गराउन अहिले पूरै दैलेख तातेको छ । सिङ्गो पत्रकारिताजगत र देशसँगे अन्तर्राष्ट्रिय समुदाय पनि जुर्मुराएको छ । एक दशक लामो हिंसात्मक द्वन्द्वकालमा विभिन्न बहाना र अनेक व्यक्तिका सनक र लहडका भरमा डेकेन्द्र थापा जस्तै धेरै निर्दोष सर्वसाधारण अनाहकमा मारिएका छन् । माओवादी र राज्य पक्षबाट बेपत्ता पारिएकाहरूको परिवारजन अझ्ै लाश या सासको आशमा छन् । ढिलोचाँडो राज्यले पीडितलाई न्याय दिनै पर्छ र राज्यले न्याय दिन नसके अन्तर्राष्ट्रिय कठघरामा कुनै न कुनै दिन जवाफ दिनुपर्ने दिन आउँछ नै । र, आउनु पनि पर्छ नत्र फेरि कसैको सनक र लहडका भरमा निर्दोष मान्छेहरू मारिने दिन आइरहने छ ।
Shantipriya · Jan 13, 2013 12:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion