घाम पनि तिम्रो मिठो मुस्कानमा उदाउँछ जस्तो लाग्यो तिमीलाई संझेको पल, ओठहरु मेरा मुस्कुराए झैँ लाग्यो गाँजलले घेरिएको आँखा हेरी रुहुँ झैँ लाग्यो लालीले लतपटिएको ओठमा चुमी दिउँ झैँ लाग्यो मिठा शब्दहरु तिम्रा, माउरी झैँ झुमुँ लाग्यो गुन्जिन्छन आवाजहरु, सुनी रहुँ झैँ लाग्यो नशालु मुस्कान, लठ्ठ बनुँ झैँ लाग्यो जब बर्णन गर्न खोज्छु, तब शब्दहरुको कमी हुन्छ भनिन्छ शुन्दरता त हेर्ने मान्छेको आँखामा हुन्छ - मुल्मी
mulmiz · Nov 10, 2011 9:38 AM · 9,434 views
la mulmi bro arko dami gayecha.. lage raho
Geology Tiger · Nov 10, 2011 11:21 AM
वाह् मुल्मी वाह् । प्रेम भन्ने चिजै यस्तो, हेर्दा कस्तो कस्तो तर मन मा चस्स छुन्छ यो कबिताले जस्तो ।
rahulvai · Nov 10, 2011 1:05 PM
दर्‍हो गएछ ।
HairyBicep · Nov 10, 2011 2:47 PM
हरिप !!!
ritthe · Nov 10, 2011 3:00 PM
Ramro Mulmiz ji
amricane · Nov 10, 2011 3:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion