lets share some beautiful gazals

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 गजल   कहिलेकहिँ सपनामा आउने गर न है कुरी बस्छु दोबाटोमा धाउने गर न है |   तिम्रो आँखाले धेरै पिडा बोलेको देख्छु म एकबारको जिन्दगि हो रमाउने गर न है |   रोजाई र खोजाईमै किन समय खेर फाल्छौ चारैतिर आकाशझै छाउने गर न है |   त्यो मनको पीडालाई दुर दुर भगाऊ तिमि धक फुकाई जीवन संगीत गाउने गर न है |   को कहाँ कता हुन्छ कसलाई थाहा छ र सधै सधै मिठो मुस्कान सजाउने गर न है |

sojhoketa1 · Nov 9, 2011 7:02 PM · 18,344 views

7 Replies

hmm, mitho lagyo hajur ko gazal mitra

mulmiz · Nov 9, 2011 7:14 PM

 thank you ...comments and  creative inputs in this thread appreciated...

sojhoketa1 · Nov 9, 2011 7:46 PM

Wa wa sojho keta... Kya baat!!

Ghorle Boko · Nov 9, 2011 8:18 PM

Ramro lagyo.

allegro · Nov 9, 2011 9:50 PM

कस्तो सोझो, निर्दोशी खाले भावहरु बोकेको मिठो गजल... सरल शब्दहरु मा सललल बगेको। अरु पनि पढ्न पाइयोस्.  

junelii · Nov 9, 2011 9:50 PM

मेरो रचना नभएनी पोस्टिद्या है .... तिमीलाई अंगालोमा, कस्साउनु मै मज्जा हुन्छ.. ओंठ माथि ओंठ लाइ, टस्साउनु मै मज्जा हुन्छ..  ! आखिर मन मिलाउनु छ, मिले पछी जे जे हुन्छ.. उन्माद का जोश हरु खसाउनु मै मज्जा हुन्छ... ! भाव मा बग्दै जादा, सामिप्य गहिराइमा.. जोश भित्र होस हरु पसाउनु मै मज्जा हुन्छ... ! गहराई खोज्ने मन भित्र, त्यस्तै मन मिलाएर.. क्षण मै थकित बनाई बसाउनु मै मज्जा हुन्छ... ! तिमीलाई अंगालोमा, कस्साउनु मै मज्जा हुन्छ.. ओंठ माथि ओंठ लाइ, टस्साउनु मै मज्जा हुन्छ.. !!

DalluKoSanu · Nov 10, 2011 9:16 AM

तिम्रो मुस्कान मेरोलागि स्वागतकोद्वार बन्छ । मनले सधै हृदयको संघार टेकौं भन्छ । बदामे ती नयनले, सारा बाधा छेकी दिन्छन् । अनायसै पाइलाले तिम्रो आगन टेकी दिन्छन् । गुलावी अधरको र्स्पर्शले, नशा त्यसै लागि दिन्छ । उदासी ती रातलाई तिम्रो साथले 'रेकी' दिन्छ । बिहानीको सिरेटोले माथ जब छोइदिन्छ । हठात उठ्छु म, विपनाले सपना मेटी दिन्छ ।

cajunboy · Nov 10, 2011 8:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all