यस्तो चाहना गरेँ , जुन पुरा हुन सकेन टाढा बनाएँ गन्तब्य मैले , जहाँ म पुग्न सकिन जीवनको बाटोमा एक्लै हिँड्दै थिएँ , एउटा जून देखेँ , त्यसैलाई पछ्याएँ पछ्याउँदा, पछ्याउँदा धेरै टाढा पुगेछु पछाडि फर्केर हेर्दा त बाटै भुलेछु तर... धरतीको धुलोले आकाशको जूनलाई पाउने कसरी हरपल यादले सताउँछ ,मैले भुल्ने कसरी अब त म धेरै टाढा आईसकेको छु फर्कीने बाटो पनि भुलीसकेको छु एकान्त र अन्धकारमा रुमलीएको छु साथ पाउने आशामा बाँचिरहेको छु
mulmiz · Nov 9, 2011 8:51 AM · 15,907 views
gajab ko bedana pokhyo ni ta yar mulmi bro le....
Geology Tiger · Nov 9, 2011 8:52 AM
मुल्मी को ट्राजिडी परेर हो कि के हो बडा गज्जब को कबिता हाल्यो
serial · Nov 9, 2011 8:58 AM
मुल्मिज साथी को बेदना म नि बुज्छु तर मैले चै पार गरी सके त्यो अवस्था किन कि मलाई फुर्सद छैन तिम्लाई सम्झेर बस्न लाई अनी मलाई फुर्सद छैन तिम्लाई सम्झेर आसुँ झार्न लाई तिम्लाई त थाहा ने छैन होला म कहाँ छु कस्तो छु अनी के गर्दै छु अनी म तिम्लाई किन सम्झु तिम्रो याद मा किन तडपु अनी किन तिम्रो फोटो हेर्दाइ आसुँ झारु मलाई ने फुर्सद छैन नि तिम्लाई सम्झिन लाई
amricane · Nov 9, 2011 9:41 AM
sahi gayo mulmiz, ani amricane bro wah wah wah ....
राछस · Nov 9, 2011 10:01 AM
Last edited: 10-Nov-11 02:22 PM
Ghorle Boko · Nov 9, 2011 11:38 AM
जीवनको बाटोमा एक्लै हिँड्दै थिएँ , एउटा जून देखेँ , त्यसैलाई पछ्याएँ पछ्याउँदा, पछ्याउँदा धेरै टाढा पुगेछु पछाडि फर्केर हेर्दा त बाटै भुलेछु Maan chhoyo yi harafharu le!! Good one bro!!
Ghorle Boko · Nov 9, 2011 11:39 AM
Mr. Ghorle or Mr. Boko Ko Sarai nai man choye jasto cha.. Double double nai po lekhidiye ta bai ...
peaceinheaven · Nov 9, 2011 11:45 AM
सबैलाई धन्यबाद, मनपराईदिनु भएकोमा
mulmiz · Nov 9, 2011 7:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion