जब सुन्छु तिम्रो आवाज,डुब्छु त्येसै भित्रै भित्र बोल्ने सैली धेरै राम्रो,मन पराउछु तिमीलाई मित्र माया लाउने धेरै आए,पाइन तिमी जस्तो कोही नजर जब नजर जुध्यो,सजाए मनमा तिम्रै चित्र जब सुन्छु तिम्रो आवाज,डुब्छु त्येसै भित्रै भित्र।। आईतवारको सुर्य प्यारो,सोमबार शिव तिम्रै लागि भन्छिन उनी ब्रत बस्छु,तिम्रै अमर जीवन मागी माया भन्ने मनमा हुन्छ,भन्छु ख्याल गर आफ्नो जूनी जूनी संगै बाँच्ने, देबी अनि देउता भाकी जब सुन्छु तिम्रो आवाज,डुब्छु त्येसै भित्रै भित्र बोल्ने सैली धेरै राम्रो,मन पराउछु तिमीलाई मित्र !! Last edited: 06-Nov-11 05:23 PM
bigT · Nov 6, 2011 5:18 PM · 12,563 views
म गजलकार अथवा गजलको ज्ञाता चाँही होइन तर प्रस्तुत रचनामा भाव राम्रो छ । गजल नै भनि सकेपछी यसमा हुनुपर्ने रदिफ र काफिया जस्ता तत्व छन् कि छैनन् भन्ने चाँही राहुलदाइ र शिरिषदाई हरुले मात्र भन्न सक्नुहोला ।
Geology Tiger · Nov 6, 2011 6:49 PM
हुन त ठुल्दाईले भन्नु हुन्छ गजल, कविता अनि मुक्तक जे केहि पनि नियमको बन्धनले बाँध्नु हुन्न भनेर तर ... खै यसमा भाव मिठो भएपनि गजलको नियम मित्र राष्ट्रले सिमाना मिच्या सरि मिचेको देखें ... यो गजल हो या हैन राम्ररि भन्न शयेद सिरिश दा, नेपे सर या ठुल्दाई ले नै भन्न सक्नु होला गजल नभनेर या नबनेर यसको भाव मरेको छैन , सो राम्रो कविता BigT ज्यु .
ThahaChaena · Jul 18, 2014 11:04 AM
गजलको सबै नियम विनियम मान्नै पर्छ भन्ने को खिलाफमा भए नि प्रस्तुत रचनामा गजलका सामान्य संरचना पनि न भएको देखियो | यस अर्थमा यसलाई कबिता भने राम्रो हुन्छ | कबिता कै कुरा गर्दा पनि गद्य र पद्य दुइथरिका कबिता हुन्छन | प्रस्तुत कबिता पद्यमा परे जस्तो भए नि पद्यको सामान्य नियम पालना नभएको देखियो | कि २-२ लाइन को कि चार चार लाइनको पद्यांश हुनु पर्यो | लेख्दै जाँदा सिकिने कुरा हुन् , निराशा नहुनु होला | सम्भाव्यता ब्यापक देख्दछु | लेख्दै, पढ्दै सच्याउदै , निखार्ने हो | साझा मै राम्रा कबिताहरु थुप्रो प्रकाशित भएका छन् , हेर्नु होला | सिक्ने ठाउँ धेरै छन |
rahulvai · Jul 18, 2014 1:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion