मेरा प्यारा साझाका साथी भाई , दाई दिदी हरु । यो धागो मा चाइ मैले हामी सब ले अर्जेका साना साना मुक्तक हरु समेत्ने कोशीस गरेको छु । तपाईं हरु पनि मुक्तक हाल्दै जानुस् । म मिठो बोल्न जान्दिन , झुटो बोलेर तिम्लाई हसाउन सक्दिन म तिते करेला को जुस हुँ अङुर को कैलाई बन्दिन
amricane · Nov 4, 2011 6:17 PM · 137,146 views
.........एत्रा-एत्रा साहित्यप्रेमी र कबिका बिचमा........मेरो पनि सानो प्रयास है ऊ मलाई उस्को सामु नआउ भन्छे उश्ले अब त मलाई पराया ठान्छे किन हो उ मलाई जड्याहामा गन्छे उस्लाई के थाहा म उस्कै मायामा पिउदै छु म उस्कै अभाबमा जिउदै छु एक फेर नपिउ भनेर त हेर एक फेर नजिउ भनेर त हेर म पिउनै छाडिदिन्छु म जिउनै छाडिदिन्छु . जय नेपाल आमा
ThahaChaena · Mar 12, 2012 12:51 PM
जिन्दकी लै खेल सम्झी खेली रहे जिन्दकी ले खेल खेल्यो थाहै भएन जिन्दकी लाई मजाक बनाई उदाई रहे जिन्दकी ले कैले मजाक बनायो थाहै पाइन
amricane · Mar 25, 2012 9:08 AM
तिम्रो र मेरो सम्बन्ध कुहिएको आलु जस्तो जति खुर्के पनि नसकिने मनमा पलाएको कालो कस्तो? भत्के सकेपछि बनाउछु भनेर बोकी रहन नहुने रहेछ नत्र यो डुंगडुंगती गनाउने रहेछ कुहिएको सिनु जस्तो
Geology Tiger · May 4, 2012 9:22 AM
ढिलाई भए पनि दुइ सब्दको मुक्तक मेरो पढ्न मन छैन ,केहि मा मन छैन चंगा भयो मेरो मन न त ऊडन नै सक्छु , न कहिँ पुग्न लंगडो जस्तो भयो मेरो जीवन
Pokhrelikanchi · May 10, 2012 10:28 AM
@कान्छी रिप्लाई ल ..... पढ्न मन नभए बात मार मन नभए त्यो पनि दिल मायामा हार मनै त हो उडाउ उडीदिन्छ बगाउ उर्लिदिन्छ जीवन त जे बनायो तेही बन्छ जता बगायो तेतै बहन्छ लंगडो नठान साथि यो सहारा सधा रहन्छ एकफेर हैन यो थाने फेरी कहन्छ साथि यो सहारा सधा रहन्छ ||
ThahaChaena · May 10, 2012 6:33 PM
फाटेको सुट मागेर ऋण छोरो ले टाल्ने भो एस्पाली त छोरो ले झ्याइ पार्ने भो
amricane · Apr 16, 2014 10:47 AM
काढेर ऋण सीलाको सुट छोरोले टालेछ सात फेरा संगै बिग्रेका दिन आगोमा बालेछ बधाई तिमीलाई आगामी दिनको सुखले भरियोस राख्नु त्यो जनाईको साँचो बलियो बाँधी, भाग्यमा दोष नथुप्रियोस - थाने
ThahaChaena · Apr 16, 2014 12:31 PM
कसरी मुक्त हुनु म, कसरी श्वास लिने कसरी ब्यक्त हुनु म, कसरी जीवन जिउने सबैको केही न केही मार्ग छ, गुरु कती कती लोभबाट बाँधिएका सबै, कसले मार्ग मुक्तीको देखाउने - थाने
ThahaChaena · May 15, 2014 8:25 AM
होटलमै बसेर ,दन्काए पनि बोत्तल र व्हिस्की, मिठो त आफ्नै गाउँको कोदाको रक्सि त्यो गोरी मोरीले जति नजर र शरीर मर्काए पनि , प्यारी आफ्नै गाउँकी काली पोक्ची!! ~ रित्तो-हात
Ritto Haat · May 15, 2014 9:12 AM
ह्वाग्र्याङ्मा छर्प्रष्ट गुच्चा हजुर कौडाको ठुलो खाल भाग्य साह्रै छुच्चो हजुर कहिं परेन माल - थाहा छैन
ThahaChaena · May 15, 2014 10:00 AM
अनेकौ अनगिन्ति रहरहरुमा सपनाको एउटा सानो शहर छ शहरमा मेरो घर नभए पनि प्रिय डेरामा भएपनि भित्राउने रहर छ
shere · May 15, 2014 3:49 PM
यो मनको हाडी घोप्टे बानी खै किन कैले नजानि ओरी परी सब तीर का नानी ल्याउन मन लाग्छ छानी छानी ।
amricane · Mar 25, 2015 10:25 AM
नल्याउ है नानि बानि भनेर बस्लाउ बंगारा झरेको गनेर थुतुनो र मुतुनो जोगाउ भेन्थे कि रहर हो जिउन पुर्पुरोमा हात राखेर
ThahaChaena · Mar 25, 2015 10:40 AM
Burger khaye, pizza khaye J khaye ni chittai bujhdaina Chinese, Korean sab khaye Pet bhariyeni bani bhayena Amrica aye ni 10 Barsa bho sathi ho Ajhai ni bhat nakhai nindrai lagdaina
atomic · Mar 25, 2015 10:48 AM
Plus 2 science faculty padda kheri ko kabita.. Timi Potassium bhaye ma aluminum, Timi Euglena bhaye ma paramecium Uta bata arko sathi lai jhok chaley pachi.. Timi dandi bhaye ma danda Timi ran**i bhaye ma ran**
khotokarma · Mar 25, 2015 11:17 AM
अमेरिका भर्ख्हर आउदाको सपना खोइ म कस्तो सपनामा आइपुगे दिन रात भयो अनि रात दिन सात समुन्द्र पारीको यो दुनिया फुर्सद नहुने एक छिन् काले माले सबैको येउतै छ चक्कर ये तेस्ले पनि बनायो ग्रीन कार्ड भर्ख्हर म त पढेरै ठुलो मान्छे हुन्छु एच वन बि गरेरै ग्रीन कार्ड लिन्छु .........................ठुलो_सपना
dream_big · Mar 25, 2015 12:45 PM
सपना ठूलो, मिठो अनि मलिलो पनि देखें मैले पुरा नभई हराउला कि भनि कागज मै लेखें मैले साथ् ,बिश्वास, माया छोडेर विदेश हुत्तिएको प्रतिपल आज धिप धिप गरि निभ्दै गरेको आफै भेटें मैले Last edited: 09-May-16 12:17 PM
ThahaChaena · May 5, 2016 12:36 PM
https://www.youtube.com/watch?...
sishwor · May 6, 2016 10:40 PM
https://www.youtube.com/watch?...
sishwor · May 6, 2016 10:41 PM
यो चाहीं सानै हुँदा को २ लाइन ... धान कुटी चामल , चामल कुटी पिठो तिम्रो , मेरो माया मिले चिनी भन्दा मीठो !!!!
atomic · Sep 9, 2016 9:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion