Well done Gyanendra and Paras - Big Slap

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पारस र ज्ञानेन्द्रको जोडी चम्किएपछि भारतीय टिम पराजित काठमाडौं, कात्तिक १७ (नागरिक) - नेपालले माल्दिभ्समा भइरहेका सार्क यु-२५ ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा भारतीय टोली कर्णाटक इन्स्टिच्युट अफ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको छ। सार्कका अन्य राष्ट्रले राष्ट्रको प्रतिनिधित्व गर्ने टोली पठाए पनि भारतले प्रान्तीय टोली पठाएको थियो। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेतृत्वदायी इनिङ खेलेपछि नेपालले अविस्मरणीय विजय हात पारेको हो।        टस जितेर पहिला ब्याटिङ गरेको भारतीय टोलीले ४ विकेट गुमाई २ सय १८ रन बनाएकोमा पारस र ज्ञानेन्द्रले अविजित अर्धसतक बनाएपछि नेपालले अन्तिम बलमा विजय हात पार्‍यो। पारसले छक्का प्रहार गरेपछि नेपालले ३ बल अगाडि नै २२२ रन जोड्यो। पारस ३५ बलमा २ चौका र ६ छक्कासहित ६३ रनमा अविजित रहे। बलिङमा तीन विकेट पनि लिएकाले उनी म्यान अफ द म्याचमा चुनिए। ज्ञानेन्द्रले २१ बलमा एक चौका र ९ छक्कासहित ६७ रन बनाए। प्रतियोगितामा पहिलो खेल खेलेका अनिल मण्डल ३१ रनमा आउट भए। भारतका राहुल राजभाल्टले अविजित ९९ र कप्तान निखिलले अविजित ४४ रन बनाए। नेपालले शनिबार पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने छ। विजय हात पारेमा नेपाल सेमिफाइनल पुग्ने छ। नेपाल पहिलो खेलमा श्रीलंकासँग ७६ रनले पराजित भएको थियो। श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ४० रन बनाउदा नेपालले ९ विकेट गुमाई १ सय ६४ रनमात्र बनाउन सकेको थियो। भारतीय टोली पनि पहिलो खेलमा बुधबार पाकिस्तानसँग १ सय ४९ रनले पराजित भएको थियो। पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाई २ सय ४७ रन बनाउदा भारत १८.३ ओभरमा १ सय २५ रनमा सिमित भयो। अघिल्लो दिन नेपालका प्रशिक्षक पुबुदु दासानायकेले माल्दिभ्स छाडनु अघि कम्तिमा एक विजय हात पार्ने लक्ष्य रहेको बताउदै भनेका थिए। 'हामीले एउटा योजना बनाएका छौं, हामी भोली त्यही अनुसार खेल्ने छौं। श्रीलंकासँगको हारपछि हामीले आफ्नो कमजोर र शक्तिको विश्लेषण गर्‍यौं। हामी त्यो गल्ती सुधार गरेर आफ्नो क्षमता अनुसार खेल्न प्रयास गर्नेछौं। भारतीय टोलीसँग हामीले आफ्नो बलिङमा सुधार गर्नुपर्छ। श्रीलंकासँगको केही ओभर हाम्रो निकै खराब थियो।' पारस खड्काको एक ओभरमा श्रीलंकाली खेलाडीले ६ छक्कासहित ३७ रन जोडेका थिए। अमृत भट्टराईको एक ओभरमा श्रीलंकाले २५ रन बनाएका थिए भने राहुल विकको पहिलो ओभरमा २१ रन खर्चेपछि उनी फेरी बलिङमा आएनन्। भारतीय टोलीसँगको खेलमा नेपालले त्यो गल्ती दोहर्‍याउन नहुँने पारसले बताएका थिए। 'मैदान सानो भएकाले बलरलाई धेरै रन नखर्चनु पर्ने दबाव थियो। अहिले हामी यहाँको वातावरणमा राम्रोसँग घुमिल भएका छौं, श्रीलंकासँगको खेल हाम्रा लागि सिक्ने राम्रो अबसर बन्यो। अब हामी राम्रो खेलका लागि तयार छौं।' खेलको प्रत्यक्ष अपडेट- माल्दिभ्समा भइरहेको सार्क यु-२५ ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतलाई नेपालले ६ विकेटले पराजित गरेको छ। ३ विकेट लिई ६३ रन बनाएका नेपाली कप्तान पारस खड्का म्यान अफ दि म्याच घोषित। नेपाल छ विकेटले विजयी, अन्तिम बलमा पारसले छक्का प्रहार गरी नेपाललाई विजयी बनाए। दोस्रो बल वाइड। अब ५ बलमा ४ रन आवश्यक। पहिलो बलमै पारसद्वारा छक्का प्रहार। अब ५ बलमा ५ रन आवश्यक। नेपाललाई जितका लागि ६ बलमा ११ रन आवश्यक। ज्ञानेन्द्रको अर्ध शतक पूरा। ज्ञानेन्द्र मल्लद्वारा छक्का प्रहार। यसपछिको दुई बलमा नेपाली खेलाडीले एक एक रनमात्रै लिन सके। १९ ओभरको पहिलो बलमा नेपाली खेलाडीले एक रन बनाए। १८ ओभरको समाप्तिमा नेपाल ४ विकेटको क्षतिमा १८७ रन।जितका लागि १२ बलमा ३२ रन आवश्यक। चौका प्रहार गर्दै कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन्। १८ औँ ओभरको पहिलो बल मै ज्ञानेन्द्र मल्लले छक्का प्रहार गरेका छन्। नेपाललाई १७ बलमा ४० रन आवश्यक विजयका लागि। १७ ओभरको समाप्तिमा नेपाल ४ विकेटको क्षतिमा १७३ रन। जितका लागि ३ ओभरमा ४६ रन आवश्यक। १६ ओभरको समाप्तिमा नेपाल ४ विकेटको क्षतिमा १५४ रन। जितका लागि ४ ओभर (२४ बल) मा ६५ रन आवश्यक। १५ ओभरको समाप्तिमा नेपाल ४ विकेटको क्षतिमा १३४ रन। जितका लागि ५ ओभर (३० बल) मा नेपालले ८५ रन बनाउनु पर्ने। १४ ओभरको समाप्तिमा नेपाल ४ विकेटको क्षतिमा १०८ रन। १३ ओभरको समाप्तिमा नेपाल ३ विकेटको क्षतिमा १०६ रन।  जितका लागि नेपालले ७ ओभरमा ११३ रन बनाउनु पर्ने। १२ ओभरको समाप्तिमा नेपाल ३ विकेटको क्षतिमा ९० रन। पछिल्लो ओभरमा नेपालद्वारा दुई छक्का प्रहार। नेपालको तेस्रो विकेट पतन। नेपाल ३ विकेटको क्षतिमा ६९ रनमा।  तीनै विकेट भारतीय कप्तान निखिललाई। नेपालको अर्को विकेट पतन।  महेश क्षेत्री २६ रनमा आउट। नेपाल १ विकेटको क्षतिमा ६९ रनमा। अनिल मन्डल ३१ रन बनाई आउट भए। नेपाल १ विकेटको क्षतिमा ५३ रन। नेपाल ७ ओभरको समाप्तिमा  बिना क्षति ४८ रनमा। यो ओभरमा नेपालले ७ रन जोड्यो। नेपाल ६ ओभरको समाप्तिमा  बिना क्षति ४१ रनमा। नेपाल पाँच ओभरमा बिना क्षति ३७ रनमा। अनिल व्यक्तिगत २८ रनमा खेल्दै। नेपाल चार ओभरमा बिना क्षति ३५ रनमा। अनिल मन्डलद्वारा चौका प्रहार दुई ओभरको समाप्तिमा नेपाल बिना क्षति १७ रनमा। दोस्रो ओभरको पहिलो बलमा महेश क्षेत्रीको छक्का प्रहार। नेपाल बिना क्षति ७ रनमा। नेपालको इनिङ प्रारम्भ हुने क्रममा। अनिल मण्डल र महेश क्षेत्री क्रिजमा। भारतले ४ विकेट गुमाई २१८ रन बनायो। राहुल भात्कलले शतक पूरा गर्न सकेनन्। उनी ९९ रनमा अविजित रहे। उनी ७४ रनमा हुँदा राहुल विकले क्याच छाड्नु नेपालका लागि महँगो पर्‍यो। २० औँ ओभरको पहिलो बलमा राहुल भात्कलले छक्का प्रहार गरेका छन्। योसँगै उनको व्यक्तिगत स्कोर ९७ पुगेको छ। प्रदीप ऐरी अन्तिम ओभरमा बलिङ गरिरहेका छन्। १९ ओभरमा ४ विकेटको क्षतिमा भारत २०२ रनमा। भारतले अब एक ओभर खेल्न बाँकी। नेपाललाई अघिल्लो खेलमा श्रीलंकाले २४० रन प्रहार गरेको थियो। यस पटक पनि नेपालले २ सय रन खर्चने लगभग निश्चित जस्तै छ। ५७ यार्डको मैदान र एस्ट्रो टर्फ (कृत्रिम घाँस) मा खेलिएकाले माल्दिभ्समा रनको वर्षा नै भइरहेको छ। श्रीलंकाविरुद्ध बनाएको १६४ रन नेपाली टोलीको ट्वान्टी-२० क्रिकेटमा अहिलेसम्म कै ठूलो स्कोर हो। १८ ओभरमा भारतीय टोली ४ विकेट गुमाएर १९० रन। पृथु बाँस्कोटाले यो ओभरमा २७ रन खर्चेका छन्। भारतीय खेलाडी राहुल भाट्कल ८३ रन बनाएर खेलिरहेका छन्। पारसले आफ्नो चार ओभर पूरा गर्दै २१ रन खर्चेर तीन विकेट लिएका छन्। १७ ‍औँ ओभरमा पारसले ६ रनमात्रै दिएका छन्। भारत १६३/४ को स्थितिमा १६ ओभरमा भारतीय टोली ४ विकेट गुमाएर १५७ रन। स्कोरबोर्डमा भारतको रन १५० कटेको छ। नेपालले चौथो विकेट लिएको छ। भारत १५ औँ ओभरमा १३०/४ को स्थितिमा। भारतीय टोलीका ब्याट्सम्यान राहुल भाट्काल अर्धशतक बनाएर खेलिरहेका छन्। १३ ओभरमा भारतीय टोली ३ विकेट गुमाएर १११ रन। १० ओभरमा भारतीय टोली ३ विकेट गुमाएर ९३ रन। राहुल विश्वकर्माले  २ ओभरमा १७ र कृष्ण कार्कीले नौ रन दिएका छन्। ९ ओभरमा भारतीय टोली ३ विकेट गुमाएर ६३ रन। ७ ओभरमा भारतीय टोली ३ विकेट गुमाएर ५१ रन। ६ ओभरमा भारतीय टोली ३ विकेट गुमाएर ४३ रन। पारसले आफ्नो ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइसकेका छन्। खेलको पाँचौँ ओभरमा उनले २ विकेट लिए। पाँच ओभरमा ३ विकेटको क्षतिमा भारत ३७ रनमा। कप्तान पारस खडकाले लिए तीनै विकेट। अमृत भट्टराईले २ ओभरमा १६ रन दिइसकेका छन्। चार ओभरको समाप्तिमा भारतीय टोलीको एक विकेटको क्षतिमा २४ रन। भारतका सम्पत १० रन बनाई आउट भएका छन्। तेस्रो ओभरको समाप्तिमा भारतीय टोलीको एक विकेटको क्षतिमा १५ रन। तेस्रो ओभरमा कप्तान पारस खड्काले विकेट लिए। २.३ ओभरमा भारतीय टोलीको एक विकेटको क्षतिमा १५ रन।

maryoamericale · Nov 3, 2011 1:54 PM · 11,351 views

1 Reply

 lau aba rajtantra farkine bhayo 

jay-z · Nov 3, 2011 8:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all