बोस्टनमा देउसी र भैलोले तिहार ततायो!!!!!!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  बोस्टनमा देउसी र भैलोले तिहार ततायो!!!!!!!!! भक्त गुरुङ,मेडिया डिरेक्टर ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जी.बि.एन.सी.) ले समयानुकुल विभिन्न कार्यक्रमहरु गर्दै आएको छ | नेपालीहरुको सुख दु:खमा साथ दिदै आएको छ | विगतका बर्षहरुमा झैँ ,देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिंदै ,केहि आर्थिक सहयोग (दान दक्षिणा) लिंदै तथा शुभकामना र आशिष दिदै धुमधामसंग २०११ अक्टोबर,२५ देखि २८ सम्म मनाइयो| नवनियुक्त अधक्ष्य लिला राउत र उपाधक्ष्य मिलन गुरुङज्युको नेतृत्वमा रहेको सो कार्यक्रममा सम्पूर्ण जी.बि.एन.सी लाइ माया गर्ने बुद्धिजीवी , ब्यापारी, विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु ,कलाकार तथा दिदि बहिनि, दाजु भाई बुबा आमा हरुको सक्रिय सहभागिता र उदार हृदयले आर्थिक, नैतिक र भौतिक रुपबाट सहयोग र आत्मीय स्वागत गर्नु भएको थियो! देउसी भैलोको मुख्य उद्देश्य ,स्वदेशबाट टाढा रहेर पनि नेपाली संस्कृतिको जगेर्ना गर्दै आर्थिक संकल गरि बोस्टनमा एउटा संस्कृतिक केन्द्र निर्माण गर्ने रही आएको यहाहरुमा अवगत गराउदछौं | ” संस्कृतिक बिकासमा हाम्रो सक्रिय निरन्तरता, सास्कृतिक केन्द्र निर्माण गर्ने हाम्रो प्रतिबद्धता |||” भन्ने ठोस र पबित्र उद्देश्य बोकेर हिंडेको जी.बि.एन.सी. नव-गठित कार्य समितिको यो मन्त्र हो| र, यस पबित्र उद्देश्यलाई पुरा गर्न बुद्धिजीवी,व्यापार-व्यवसायी तथा सम्पूर्ण व्यक्तित्वका धनीहरुलाई यो सादर आग्रह गर्न चाहन्छौं | उक्त कार्यक्रमको समापन अवसरमा अधक्ष्य लिला राउत ज्युले नेपाली समाजलाई हृदय देखि नै उदार भएर दान दक्षिणा दिनु भएकोमा धन्यबाद दिनु भयो भने उक्त पावन अवसरमा नै नेपालबाट आउनु भएका बुद्धिजीवी तथा विश्व हिन्दु महासंघको सभापति श्री निल प्रसाद भण्डारीज्युले छोटकरीमा हृदय-स्पर्शी एवं गहकिलो सुझाव पेश गर्नु भएको थियो ! उहाले आफ्नो मन्तव्यको क्रममा भन्नु भयो,”बोस्टन अमेरिकाको नै ढोका भएकोले यहाको समाजले ,नेपाली समाजको ऐक्यबद्धता जनाउदै सम्पूर्ण नेपाली समाजमा सामाजिक, आध्यात्मिक तथा संस्कृतिक संदेश छर्नु पर्ने बताउनु भएको थियो|   समग्रमा के नया के पुरानो सबैले आफ्नो तवरबाट जी.बि.एन.सी प्रति सहयोग र सद्ध्भाव देखाउनु भयो र सहयोग र सद्ध्भाव को निरन्तरता निस्वार्थ रुपमा भविस्यमा पनि हुने हामी जी .बि.एन.सी परिवारले सधै अपेक्षा राख्दछौं र हार्दिक धन्यबाद टक्र्याउन चाहन्छौं !** देउसी भैलो आयोजना गर्न स्थान दिन हुने सम्पूर्ण होस्ट फ्यामिलीहरुलाई बिशेष धन्यबाद!**** http://milankosansar.com/archi...

milankosansar · Nov 3, 2011 1:52 PM · 2,867 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all