जन्मदै उल्टो जन्मेको मान्छे म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म जन्मदै उल्टो जन्मेको मान्छे अनी कसरी समाज सँग मिल्नु अनी कसरी दुनियाँ सँग घुल्नु म त उल्टो मान्छे कसरी सुल्टो हिड्नु ए बिहान भएछ तिमी उठ्छौ होला पूजा पाठ नुहाइ तिम्रो त दिन सुरु भो म सुत्छु ल म उल्टो मान्छे तिमी रात भर सुत्छौ म रात भर जाग्छु तिमी दिन भर उठ्छौ म दिन भर सुत्छु म त उल्टो मान्छे कसरी तिमी सँग मिल्छु तिमी त सामाजिक प्राणी समाज मा मिल्छौ होला समाज ले तिम्लाई आफु जस्ताइ ठान्छ होला तर म त समाज मा मिल्दिन मलाई समाज ले आफ्नो पनि भन्दैन मलाई भिड नि मन पर्दैन अनी मनिस को हुल त खै डर पो लाग्छ म त उल्टो जन्मेको मान्छे अनी सुल्टा हरु सँग कसरी मिल्नु तिमी लाई सुख मा खुशी लाग्छ होला मलाई अचम्म पो लाग्छ तिम्लाई दु:ख मा रुन मन लाग्छ होला मलाई त ठिकै हो जस्तो लाग्छ म त उल्टो मान्छे उल्टै सही लाग्छ म बिछोड लाई मिलन को केन्द्र बिन्दु थन्छु तिमी पिडा ठन्छौ म मिलन लाई बिछोड को कारण भन्छु तिमी खुशी भन्छौ तिमी जित लाई उपल्ब्धी ठान्छौ म हार लाई एउटा बिद्या मान्छु म त उल्टो जन्मेको मान्छे कसरी सब लाई सुल्टो भन्छु मेरो लागि जिन्दकी मृत्यु को कारण हो मेरो लागि मिलन बिछोड को कारण हो मेरो लागि हासो आसुँ को कारण हो म त उल्टो जन्मेको मान्छे मलाई लाग्छ ठीक नै बेठिक को कारण हो

amricane · Nov 2, 2011 7:04 PM · 17,211 views

6 Replies

Enjoyed it. Awesome!

allegro · Nov 2, 2011 11:30 PM

-----> ǝuɐɔıɹǝɯɐ 1ǝɔıu <----- ˙ɐɥpɐd ɐʇɐq ıɐʇןn ıuɐd ʇuǝɯɯoɔ oʎ  ¡ oɹq ǝuɐɔıɹǝɯɐ

no_more_crush · Nov 2, 2011 11:47 PM

 daaaaaaaaaaaaaaaaaaaammmmmmmmmmmmmmiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

k_ho_mero_naam · Nov 3, 2011 10:44 AM

तर मित्र अम्रिकानेको कविता चाँही मलाई उल्टो र सुल्टो दुवै तिरबाट ठीक लाग्यो है ... 

Geology Tiger · Nov 3, 2011 10:00 PM

रातभरी जाग्ने तिमी मात्र छैनौ समाजदेखि भग्ने तिमी मात्र हैनौ   नडराउ साथि, अरु पनि छन्  उल्टो जन्मने तिमी मात्र हैनौ।   यो त भयो कुरो मा कुरो । राम्रो कविता, तर तेस्रो हरफ पछि चै कवीले मर्म र तर्कलाई थाँती राखेर, लेख्न कै लागि लेख्या जस्तो लाग्यो । नित्तान्त ब्यक्तिगत विश्लेषण है मेरो । गलती भए माफि पाऊँ । 

fallen_angel · Nov 4, 2011 5:36 AM

fallen-angel जि , सर्बप्रथम कबी भन्दिनु भो गौरबको अनुभुती भो धन्यवाद । म लेख्न को लागि कबिता  कैलाई लेख्दिन । जब लेख्न मन लाग्छ तब लेख्छु । जहाँ मन लाग्छ तेही लेख्छु । जे मन लाग्छ तेही लेख्छु । कबित को एउत form लाई नजानेर भावना मा नअाइ लेख्न खोज्दा अनी जबर्जस्ती  लय्म्बाउन खोज्दा त्यो कुरुप चित्र मात्रा बन्छ भन्ने मेरो ब्यग्तिगत अनुभब छ । मलाई जहाँ सम्म भावनाले  साथ दिन्छ त्यहाँ सम्म मात्र लेख्छु अनी तेस्पची लेख्नै छोड्दिन्छु । सुजाब को लागि धन्यवाद।

amricane · Nov 4, 2011 6:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all