मैले पीउन के छाडे थे जिउनै बिर्सेछु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मैले पीउन के छाडे थे जिउनै बिर्सेछु मैले हास्नै बिर्सेछु , नसा मा मातियेर मस्त ले हाँस्दा हुने मज्जा नै बिर्सेछु मैले पीउन के छोडे थे , जीउन को अर्थ नै भुलेछु ।     मैले पीउन के छोडे थे, साथी साथ् के हो भुलेछु , मैले माया के हो त्यो पनि भुलेछु अनी आफ्नो गन्तब्य ने भुलेछु आफ्नो सपना ने भुलेछु । लत्ठ नसा मा सुतेर धेखिने सपना को मज्जा बिर्सें छु अनी ब्युउजदा को त्यो मिठो थकान पनि बिर्सेछु , मैले त पीउन के छोडे थे ,जिन्दकी जिउने तरिका नै बिर्सेछु !   मैले नसा के छोडे थे , होस् मा आउन बिर्सेछु मैले बेहोस् हुन के छोडे थे , जीउने आट नै घुमयेछु मैले त्यो रस को श्वाद के भुले थे , जीवन् रस नै बिर्सेछु । मैले त बाटो पो बिरयेछु । नसा मा लट्ट भएर घर सम्झिन्थे , माया सम्झिन्थे, साथी को साथ सम्झिन्थे मैले त सब भुलेछु मैले पीउन के छोडे थे जिन्दकी के हो नै बिर्सेछु !   मैले धेरै पिये, धेरै ठाउँ पिये, धेरै सँग पिये, महँगो नी पिये सस्तो नी पिए, महङा हरु सँग नी पिये सस्ता हरु सँग नी पिये, आँफै लाई सस्तो बनएर नी पिये आइले लाग्छ मैले पियेको रैनछु मैले त जियेको रैछु अनेक रंग अनेक रुप मा म बचेँको रैछु मैले आइले पीउन के छाडे थे मैले त जीउनै बिर्सेछु !

amricane · Nov 2, 2011 6:57 PM · 48,884 views

15 Replies

I think it should be other way around.  I beleive, Its really hard to fit in around your loved ones. Sooner  or later you will get a tag of "Jadiya". So, get out of deception that drinking will make you alive. 

siidd · Nov 3, 2011 12:02 AM

 "get out of deception that drinking will make you alive" Couldn't be able to agree more on this.  

राछस · Nov 3, 2011 8:08 AM

 मलाई चाँही जिउन छोडे थे पिउनै बिर्सेछु भई रा छ। ...  दामी छ ब्रो ....

DalluKoSanu · Nov 3, 2011 8:58 AM

अम्रिकाने ब्रो, सदा झै खारिएको अभिब्यक्ती । उत्तम लेखाइ । धेरै पहिला मैले नि केही लेखेको थिएं । सान्दर्भिक लागेर फेरी पोस्टिएदिएको छु । तिम्रो कसम खाएको छु र जिउंदै छु, त्यही कसम जिउंदो राख्न त पिउदै छु । " म बिना नै जिउनु पर्छ" भन्यौ । तिमी बिना जिउन लाई त पिउदै छु । बिर्सनु  भन्यौ यो सम्झिने मनलाई होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु । फेरी कहिलेइ न भेट्ने वाचा थियो हाम्रो बाटोमा भेटिएला, मैखाना मा पिउदै छु ।  

rahulvai · Nov 3, 2011 9:40 AM

 बिर्सनु  भन्यौ यो सम्झिने मनलाई  "होसमा कहाँ सक्छु र बेहोसिन पिउदै छु "   wah wah wah rahul dai...wahhhhhh

राछस · Nov 3, 2011 9:45 AM

राहुल दाई , मनै चिसो पारेर छुने प्रतीकिया को लागि मुरी मुरी धन्यवाद। तपाईं का हरेक शब्द ले मन चसक्क हुन्छ ।

amricane · Nov 3, 2011 5:58 PM

 Good one Amricane bro and Rahul dai!! I came up with a sweet tune for it. I'll share with you all soon.

hangu lama · Nov 3, 2011 7:49 PM

लौ गजब गजब गैरहेको रहेछ है यहाँ, कसम खाएर जिउने र पिएर जिउनेहरुको बिचमा म चाँही जिउनको लागि जिउने परे.... 

Geology Tiger · Nov 3, 2011 10:04 PM

मित्र हरु माथि को चै मैले पिउन छोड्दा , यो चै पिउदा खेरी को पिउनु नै त रेछ जिन्दकी केबल पिइ रहे पिइ रहे कैले खुशी मा पिये कैले दु:ख मा पिये कैले मिलन मा पिये कैले बिछोड मा पिये कैले हासो मा पिये कैले रोदन मा पिये पिउनु नै त रेछ जिन्दकी केबल पिइ रहे पिइ रहे कैले जित मा पिये कैले हार मा पिये कैले सम्मन मा पिये कैले अपमान मा पिये पिउनु को लागि कारण खोज्दै रहे अनी केबल पिइ रहे पिइ रहे हिजो हारेको थे तेस्कारन पिए आज जितेको छु तेस्को लागि पिये भोली के हुन्छ थाहा छैन तर पिउने करण हुन्छ त्यो थाहा छ पिउनु को लागि करण खोज्दै म पिइ रहे म त पिउने मान्छे केबल पिउछु मात्र उन्को आसुँ पिये गरेका वाचा लाई घोलेर पिये घर का सपना हरु लाई भात्कएर पिये कैले हासेर पिये कैले रोएर पिये कैले नाचेर पिये कैले उथ्न नसक्ने गरी बसेर पिये म त पिउने मान्छे केबल पिये रहे पिये रहे

amricane · Nov 4, 2011 6:01 PM

Adab chai maile thape hai !!!! Nice one guys.

druggist · Jan 16, 2012 10:19 AM

 ekdam ramilo lagyo..keep up da good work!!! 

jepayetei · Jan 16, 2012 7:01 PM

great poem...and thank you for sharing....keep it up!!!

bhustigre · Jan 17, 2012 12:16 PM

Sahi cha

resham32 · Jan 19, 2012 12:28 AM

came back after along time searching for this poem. YAY!!

hangu lama · May 11, 2020 11:23 PM

The only good thing out of Covid-19 I suppose. It was a pleasure to see a lot of recognizable names in this thread. Thank you all for this.

kundale · May 12, 2020 11:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion