Sherpa people are not Nepali..By Mr. Basnet

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 Check out this article on Mysansar एअरपोर्टमा घुस खाने कर्मचारीको फोटो र भिडियो सार्वजनिक By Salokya, on October 26th, 2011 पीडितले रुँदै सबैलाई साथ दिन आग्रह गरिन् घुसवापतको एक लाख रकम गन्दै बस्नेत पासपोर्ट र नागरिकता देखाउँदा देखाउँदै पनि यति प्रमाणले नेपाली भन्ने प्रमाणित हुँदैन भन्दै अमेरिका जान लागेकी डिचेन डोल्मा शेर्पालाई रोकेर दुःख दिएको र अन्ततः एक लाख १० हजार घुस खुवाउन बाध्य पारिएको बारे शेर्पा आफैले लेखेको ब्लग तपाईँले माइसंसारमा पढिसक्नुभएको छ। नपढ्नु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।   अडियो सार्वजनिक गरिए पनि त्यसमा घुस खाने कर्मचारीको नाम र नम्बर भने सार्वजनिक गरिएको थिएन। आज बुधबार नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शेर्पा संघ, नेपाल शेर्पा महिला संघ र शेर्पावर्ल्डडटकमले आयोजना गरेको पत्रकार सम्मेलनमा भने घुस खाने कर्मचारीको नाम, फोटो र घुस लिँदै गरेको बेलाको भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियो र फोटो हेर्न भित्र आउनुस्। घुस लिएको आरोप लागेका कर्मचारी पूर्णबहादुर बस्नेत निलम्बनमा परिसकेका छन्। घटनाबारे छानबिन गर्न एक समिति बनेको छ। पूर्णबहादुर बस्नेत डिचेन डोल्मालाई असोज २१ गते पति भेट्न अमेरिका जाने क्रममा विमानस्थलका केही कर्मचारीले कागजात नमिलेको बहानामा रोकेका थिए। पाँच दिन अल्मलाएर घुस दिन बाध्य बनाइएपछि उनले असोज २५ गते विमानस्थलका कर्मचारी पूर्णबहादुर बस्नेतलाई एक लाख दस हजार बुझाएका थिए। त्यसलगत्तै उनी असोज २६ गते अमेरिका गएकी थिइन्। घुस प्रकरणबारे पत्रकार सम्मेलनमा दिइएका जानकारी केन्द्रीय अध्यगमन विभागको महानिर्देशक जन्मजय रेग्मी तिहारको विदासम्म वैदेशिक भ्रमणको सिलसिलामा जर्मनी गएका हुनाले कार्यवाहक महानिर्देशक ऋषि ढकाललाई कात्तिक ८ गते नेपाल आदिवासी जनजाति महासंघ, पीडित तथा सबै सरोकारवाला संघसंस्था नेपाल शेर्पा संघ, नेपाल शेर्पा महिला संघ, शेर्पावर्ल्ड डट कमको तर्फबाट घुस प्रकरणबारे जानकारी गराई मागहरु राखियो। केन्द्रीय अध्यगमन विभागबाट प्राप्त केही जानकारीहरु: १) प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेल तथा गृह सचिवबाट उक्त घटनाको छानबिन गर्न केन्द्रीय अध्यगमन विभागका निर्देशकलाई निर्देशन दिइसकेको छ। २) उक्त घटनाको छानबिन गर्न कात्तिक ७ गते केन्द्रीय अध्यगमन विभागका अधिकृत शिवप्रसाद लम्सालको संयोजकत्वमा र विभागकै वकिल युवराज महतसहित २ सदस्य छानबिन समिति बनेको छ। संयोजक लम्सालको मोबाइल नं ९८५११३५९१८ हो र छानविन समितिले १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउनु पर्नेछ। ३) केन्द्रीय अध्यागमन विभागको महानिर्देशकको नाम जन्मजय रेग्मी मोबाइल नं ९८४१३३६७८० र कार्यालय ४४३३९३४, केन्द्रीय अध्यागमन विभागको निर्देशक ऋषि ढकाल मोबाइल नं ९७५८५०२१९९ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यगमन प्रमुख केशव पुडासैनी मोबाइल नं ९८४१३६३४०५ हो। ४) अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको संरचना १ अध्यमगन प्रमुख, २ उपसचिव, ३ अधिकृत ४ नायव सुब्बा र ४ कार्यालय सहायकहरु छन् । ८ गते दिचेन शेर्पासँग टेलिफोनमा बिहान ८ बजे, दिउँसो २ बजे र दिउँसो ३ बजे स्काइपमा सम्पर्क भएको थियो। शेर्पाबाट प्राप्त केही जानकारीहरु १) उनी पाङबोचे गाउँ, खुम्जुङ गाविस, सोलुखुम्बु जिल्लामा स्थायी बासिन्दा हुन्। २) उनी ह्वाइट हाउस कलेजमा अध्ययन गरेकी विद्यार्थी हुन्। ३) उनी आफ्नो श्रीमानको निमन्त्रणामा अमेरिका गएकी हुन‌‌। ४) असोज २१ गते कतार एयरलाइन्सबाट काठमाडौं दोहा हुँदै जोन अफ केनडी एअरपोर्ट जाने क्रममा पूर्णबहादुर बस्नेतसहित ५ जना अध्यगमनका कर्मचारीहरुले एअरपोर्टमा रोकेर त्यो दिन उड्न दिएनन्। आवश्यक कागज मिलाउन सहयोग गरौँला भनेर पूर्णबहादुर बस्नेतले आफ्नो फोन नं दिइन् र उनको पनि नम्बर मागे। ५) असोज २४ गते पूर्णबहादुर बस्नेतले उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लगेर रु १० हजार दिन लगाएर उनको नागरिकता त्यहाँ भएको रेकर्डसँग रुजु गरेर उनी नेपाली नागरिक हुन् भनेर सिफारिश पत्र लिएको थियो। ६) असोज २५ गते उनले पूर्णबहादर बस्नेतलाई कालिकास्थानस्थित केन्द्रीय अध्यगमन कार्यालय नजिक रु एक लाख दिएपछि सोही दिन दिउँसो १ बजे केन्द्रीय अध्यगमन विभागको तेश्रो तल्लामा रहेको कानुन शाखामा उनको औँठाको छाप लिएपछि नेपाली नागरिकता भएको प्रमाणित गरेका थिए। ७) पूर्णबहादुर बस्नेतले घुस रकम एक लाख दस हजार लिँदा बा ७ च ९०५१ को प्राइभेट नम्बर प्लेट भएको गाडी प्रयोग गरेको हो। ८) उनी असोज २६ गते रातको ११.३० बजे कतार एयरलाइन्सबाट काठमाडौं दोहा हुदै जोन अफ केनडी एअरपोर्टका लागि उडेकी थिइन्। ९) उनको नागरिकता मिति २०६२/११/२२ मा शेखरकुमार अधिकारीद्वारा हस्ताक्षरित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको हो। उनको पासपोर्ट २००७/०५/१५ मा जारी भएको हो । दिचिन डोमाले चलाखीपूर्ण तरिकाले घुस दिँदै गरेको बेलाको भिडियो खिचेकी थिइन्। हेर्नुस‌ भिडियो-   न्युयोर्कमा भेला यसैबीच यसै विषयमा अमेरिकाभित्रका डेढ दर्जन जति संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरुको भेलामा छलफल भएको छ। अडियो र भिडियो लगायत अन्य भरपर्दो प्रमाण सामाग्रीहरुसहित भेलामा पुगेकी पीडित महिला शेर्पाले आफूमाथि परेको अन्यायको वृत्तान्त सुनाउने क्रममा धुरुधुरु रुँदै यस मुद्दामा सबैको सहयोगको निमित्त बिन्ति गरिन्। पीडितसँगै अरुका आँखा पनि रसाए। वातावरण स्तब्ध भयो। घुस खाने कर्मचारीलाई पाठ सिकाउन शेर्पाले घुस्याहाका गतिविधिलाई रेकर्ड गरेजस्तै सबै घुस मागिनेहरुले नगरेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य स्थानमा हुने भ्रष्टाचार, घुस, रुखो व्यवहार र गैर कानुनी क्रियकलापको अन्त हुनेछैन। भ्रष्टाचार रोकिनलाई भ्रष्टाचारीलाई यस्तो होस् उस्तो होस् भनेर गन्जी लगाएर हिँड्नुभन्दा यसरी आफै पाठ पढाउन अग्रसर भए कसैले पनि घुस माग्नुअघि सय पटक सोच्न बाध्य हुनेछ।  

vasudev · Oct 27, 2011 12:04 PM · 7,470 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all