बोस्टनमा तिहारको रमझाम सुरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बोस्टनमा तिहारको रमझाम सुरु  बोस्टन एरियामा बस्ने नेपालीहरुलाई तिहारको रमझमले छोएको छ | हिजो कुकुर तिहर संगै बिभिन्न संग संस्थाहरूले देउसी भैलो कार्यक्रमहरु सुरु गरेको छ |   बोस्टनमा रहेको एक मात्र नेपाली छाता संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीले अर्लिंगटन स्थित शम्भू थापाको घरमा र नरउड़ स्थित संस्थाको सचिब बिष्णुमणि आचार्यको घरमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ | यस देउसी भैलो कार्यक्रममा उक्त क्षेत्रका नेपालीहरूले देउसिलाई स्वागत गर्दै संस्थाको लागी दान दक्षिणा दिएको थियो साथै बिभिन्न देउसी भैलो भाकहरुमा देउसी भैली गीत गाउदै अनि नाच्दै रमाइलो गरेर नेपाली परंपरा र संस्कृतिलाइ निरंतरता दिएको छ | नरउड़ बासिन्दा तथा नेपालका बिस्व हिन्दू महासंगका सभापति नील प्रसाद भंडारीले यो हिन्दूहरुको महान पर्ब तिहारमा नेपाली कला संस्कृति जगेर्ना गर्ने र संस्थालाई संस्थागत बिकास गर्नको निम्ति २०० अमेरिकी डलर दान गर्नु भएको छ | यस्तैगरी बोस्टन लोक सुसेली समूहले देउसी भैलो कार्यक्रम रोड आइलैंड बाट सुरु गरेको छ | http://milankosansar.com/archi...

milankosansar · Oct 26, 2011 1:06 PM · 2,295 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all