लक्ष्मीपूजाकोरात, औँशीको अन्धकारमा घुम्दैफिर्दै आईपुगेँ रमाईलो त्यो ठाउँमा शून्य आकाश अन्धकार थियो मात्र धरती झलमल्ल थियो तर, यो के अचम्म यो कस्तो आश्चर्य औँशीका रातमा पनि उज्यालो चन्द्रमा देखेँ हर घरको दीपावली सँगै झलमल्ल चहकिलो जून देखेँ के हो? भनि ठम्याउनलाई मलाई भयो हतार पाल्चाको पिलपिलसँगै अन्धकारमा, टहटह जूनबोकि झूल्केको वास्तवमा त्यो त रहेछ तिम्रो सुन्दर मुहार दीप र उज्यालोको चाड तिहारमा मात्र भन्न चाहन्छु यो रमाईलो रातमा सुख शान्ति जीवनमा तिम्रो छाईरहोस् हरकदम तिम्रो सफलताले चूमोस् मुहारमा उज्यालो त्यो हाँसो ओठमा जीवनभर तिमी पाईरहोस् - मुल्मी ने.स. ११३२
Mulmiz · Oct 26, 2011 9:04 AM · 3,736 views
तारेमाम मुल्मी दिपावली को शुभकामना तिमीलाई पनि
serial · Oct 26, 2011 10:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion