आखिर म को हु त ??? उदौउदै गरेको सूर्यलाई हेरेर मस्त हुदै बिहानीको शितलतालाइ अंगाल्न खोज्ने अस्ताउदै गरेको सूर्यलाई देखेर सुस्त हुदै गोधुलीको एकान्तमा सम्झनाका लहरहरु संगाल्न खोज्ने मा एउटा सामान्य जिन्दगि खोजि गर्दै हिड्ने सामान्य यात्री हु जस्तो लाग्छ | कहिलेकाही फर्केर हेर्छु अतीतलाई कहिलेकाही तर्केर नियाल्न खोज्छु भबिस्यलाइ अतित र भबिस्यको चेपमा मेरो बर्तमान हराउछ अनि म हराएको बर्तमानलाई फर्काउन कईयैन पहाडहरु चढन खोज्छु , यात्रामा लम्कंछु तर मैले खोजेको अनि मैले रोजेको बर्तमान कहिल्यै आउदैन म तेही बर्तमानको खोजीमा भोइतारिदै हिड्ने एउटा आधारहीन सपना हु जस्तो लाग्छ | आखिर म को हु त ???? म फूलबारीमा फूलहरुसंग खेलेको पनि छु म आशाका रंगिन किरणहरु साथि बनाएर डुलेको पनि छु म कहिलेकाही सुन्दर सुनौलो बिहानिहरुमा रमाउने भरपुर आशाका किरणहरुसंगै बाँचिरहने एउटा सफलताको कथा हु जस्तो लाग्छ आखिर म को हु त ???
thito1 · Oct 22, 2011 9:18 AM · 17,395 views
सुन्दा प्रक्रिती पुजकको आभस हुन्छ तर अथाह समुन्द्रमा गन्तब्य र दिशा बिहिन भएको यात्री !!!!!!!
MaGorkhe1 · Oct 22, 2011 11:25 AM
अरु कुनै प्रत्कृया छ भने लेखौ है ।।।।धन्यबाद
thito1 · Oct 22, 2011 1:27 PM
IMO यात्री म ?? अस्ताउदै गरेको सूर्यलाई हेरेर सम्झनाका लहरहरु संगाल्न खोज्ने सुनौलो आशाका किरणहरुसंगै सफलताको खोजि गर्दै हिड्ने यात्री म हराएको अतित र भबिस्यलाइ हेरेर बर्तमानलाई नियाल्न खोज्ने यात्री म सुन्दर रंगिन सपना मा भोइतारिदै हिड्ने यात्री म |
AKanchaBabu · Oct 22, 2011 2:21 PM
अन्तरमनलाई नियालेको मन पर्‍यो; राम्रो। अरु पनि पढ्न पाइयोस।
junelii · Oct 22, 2011 3:02 PM
को थाहा त भएन तर कविता राम्रो लाग्यो !! अरु पनि पढ्न पाइयोस !!
bhakte dai · Oct 22, 2011 3:31 PM
अशन्टुस्त मान्छे, अरु धेरै मान्छे जस्तै
_____ · Oct 22, 2011 4:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion