WTF १० हजार फेसबुक अकाउन्ट ह्याक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ती अकाउन्ट सक्रिय हैनन् : फेसबुक सुरेन्द्र पौडेल, काठमाडौं, कात्तिक ४ - नेपालको सबैभन्दा शत्तिशाली ह्याकर समूह बताउने 'टिम स्वस्तिक' ले १० हजार फेसबुक एकाउन्ट ह्याक गरेको दाबी गरेको छ। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> काठमाडौंस्थित भारतीय दूतावास र भुटानी सरकारको आधिकारीक साइटबाट सुचनाहरु चोरी गर्न समेत सफल भएको जनाउने यो समूहले अब नेपाल सरकारको वेबसाइट माथि आक्रमण गर्ने चेतावनी दिएको छ। टिम स्वस्तिकको दाबीसँगै विश्वका अनलाइन सुरक्षा विज्ञले आफ्नो फेसबुक एकाउन्टमा 'स्ट्रोङ्ग पासवर्ड' राख्न सबैलाई सुझाव दिएका छन्। ह्याक गरेका १० हजार फेसबुक एकाउन्टको आइडी र पासवोर्ड सार्वजनिक गरेपछि विज्ञहरुले एउटै पासवोर्ड धेरै ठाउँमा प्रयोग नगर्न समेत सुझाव दिएका छन्। टिम स्वस्तीकले ह्याक गरेको १० हजार फेसबुक एकाउन्टको आइडी तथा पासवर्ड, भारतीय दूतावास र भुटान सरकारको साइटबाट चोरी गरिएका डाटा केही दिन अघि अनलाइन डाटा सेयर साइट 'पास्टवीन'मार्फत सार्वजनिक गरेका थिए। अहिले उनीहरुले उक्त साइटबाट ती डाटा हटाएका छन्। अनलाइन सुरक्षा अनुसन्धान सम्बन्धी संस्था 'ट्रेन्ड माइक्रोज' का निर्देशक रिक फर्गुसन्ले टिम स्वस्तिकले पास्टवीनमा प्रकाशित गरेको डाटा ह्याक भएको बताउँदै उनीहरुले ती डाटा 'कहाँबाट र किन चोरी गरेको भन्ने' नखुलेको आफ्नो ब्लगमा लेखेका छन्। प्रकाशित डाटा ह्याकर समुहले हटाए पनि तीनलाई आफूले डाउनलोड गर्न भ्याएको उनले उल्लेख गरेका छन्। 'ठूलो संख्यामा फेसबुक एकाउन्ट ह्याक गरेकोले यसले फेसबुक प्रयोगकर्तामा ठूलो असर पार्नसक्छ,' फर्गुसन्ले ब्लगमा लेखेका छन्, 'जब एउटै पासवर्ड धेरै एकाउन्टमा प्रयोग गरिएको हुन्छ यसको असर अझ बढी हुन्छ।' फर्गुसन्का अनुसार टिम स्वस्थीक नयाँ ह्याकर समुह हो। 'एसक्युएल इन्जेक्सन्' मार्फत डाटा चोरी गरिएको अनुमान उनले लगाएका छन्। टिम स्वस्तीकको दाबी र फर्गुसनको धारणाप्रति फेसबुकले समेत आधिकारिक प्रतिक्रिया दिएको छ। टिम स्वस्तीकले दाबी गरेझै फेसबुक एकाउन्ट ह्याक नभएको र फर्गुसनले हतारिएर प्रतिक्रिया दिएको फेसबुकका प्रवक्ताको भनाई आईटी सम्बन्धी बिभिन्न अनलाईन समाचार पोर्टलले आफ्ना समाचारमा उद्वृत गरेका छन्। 'हाम्रा सुरक्षा विज्ञले टिम स्वस्तीकद्धारा प्रकाशित डाटाको समीक्षा गरेका छन्। त्यहाँ राखिएका इमेल र पासवर्ड कुनै सक्रिय फेसबुक एकाउन्टसंग मिल्दैनन्,' फेसबुकका प्रवत्ताले भनेका छन्। फर्गुसन्ले भने टिम स्वस्तीकको दाबी सही भएको बताएका छन्। कुनै पनि ह्याकर समुहले सुरुमै गलत दाबी गर्दै झुठ बोलेर आफ्नो विश्वासनियता गुमाउन नचाहने तर्क उनको छ। 'भारती र भुटानी सरकारलाई लक्षित गर्ने उनीहरु नेपाली ह्याकर हुन भन्ने प्रकाशित डाटाबाट अनुमान लगाउन सकिन्छ,' फर्गुसन्ले भनेका छन्। टिम स्वस्तीकले ह्याक गरेका डाटा प्रकाशित गर्नु एक साता अघि आफ्नो ट्वीटरमा एउटा मात्र पोस्ट गरेका थिए, जहाँ 'हामी ह्याक गर्दै छौं' भन्ने सन्देश उनीहरुले छोडेका थिए। 'न्यायको लागि बिद्रोह। स्वतन्त्रताका लागि न्याय। कहिल्यै समर्पण नगर्ने। कहिल्यै पछि नहट्ने,' टिम स्वस्तीकको मुल नारा यसैलाई बनाएका छन्। नाम अनुसार नै समुहको लोगो उनीहरुले 'स्वस्तीक चिन्ह्' राखेका छन्। यसलाई उनीहरुले चार वटा 'एल' को रुपमा व्याख्या गरेका छन् - लक, लभ, लाइट र लाईफ। Source http://nagariknews.com/society... IS IT REAL? WHAT YOU GUYS THINK ?

facebook · Oct 21, 2011 8:20 AM · 2,061 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all