१ सय ४२ नेपालीको लगेज गायब २७ असोज, काठमाडौं । मलेसियाबाट बङ्गलादेशको युनाइटेड एयरलाइन्सबाट गत बुधबार नेपाल फर्किएका १४२ जना नेपालीको लगेज हराएको छ । मलेसियाबाट सोही एयरलाइन्सबाट काठमाडौँ र्फकेका काभ्रे पलाञ्चोक, कुशादेवीका राजकुमार सापकोटाले पत्रकार सम्मेलन गरी सो जानकारी दिनुभएको हो । निज सापकोटाले त्रिभुवन विमानस्थलमा ओर्लि लगेज लिनजाँदा आफूलगायत १४२ औँ जनाको लगेज नपाइएको र सो विषयमा विमानस्थलमा कार्यरत सरकारी पदाधिकारीसँग सोधखोज गर्दा कुनै जवाफ नपाएको र हामीमाथि गैरजिम्मेवारी व्यवहार गरेको गुनासो गर्नुभयो । लगेजका विषयमा ट्राभल एजेन्टसँग बुझ्दा मलेसियाबाट नै नआएको र अर्को बुधबार सम्म आउनसक्ने सम्भावना मात्र रहेको जवाफ पाएको सापकोटा बताउनुहन्छ । त्यसैगरी गत असोज ४ गते दसैँ मान्न मलेसियाबाट सोही विमानमार्फत नेपाल फर्किएका ७० जना नेपालीको लगेज पनि हालसम्म सम्बन्धित व्यक्तिले पाउन सकेका छैनन् यसको गुनासो कहाँ गर्ने सापकोटा प्रश्न गर्नुहुन्छ । रासस http://www.onlinekhabar.com/20...
chappaljutta · Oct 15, 2011 2:16 AM · 7,279 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion