http://nagariknews.com/politic... आफ्नो मान्छे गुमौनु को पिडा पहिला कहाँ था थियो होला र ? अरु लाई पनि पिडा हुन्छ भनेर कहिले पनि सोचेनौ है । अब सोच तिमी कती मान्छे कती रोये होलान ?
Gaitumba · Oct 14, 2011 4:49 PM · 18,469 views
प्रचंडका पिता मुक्तिराम दहाल, आँखा माँ राखे पनी नाबिझौने थिए . I am not fan of Prachanda nor of Maobadi but I am definitely Big fan of Muktiram Dahal. I could not stop myself (crying) while going throgh the above posted news. RIP MuktiRam Dahal Buwa
Dhosta1 · Oct 14, 2011 5:05 PM
afno bau marda ko pida tha payo hola tyo antankako sardarle..tyetra nepali ko bau marda chain tyeslai kehi bhayena? natak garcha bhatuwa..
kanchu! · Oct 14, 2011 6:06 PM
कन्छु! अब चै मलाई तिमी नागरिक रिपोर्ट र मकाले कान्छाको substitute बन्दै छौ/छेउ जस्तो लग्न थालो! बाउ मर्दा धेरै रुन्छन। मेरा हजुरबाउ मर्दा मेरा बा रोएका थिए, उनी मर्दा म नि रुन्छु होला, तिम्रा बा-आमा मर्दा तिमी नि रोएका थियौ होला/होली, जिउदै छन भने मर्दाखेरी रुन्छौ/रुन्छेउ होला। प्रचन्ड र माओवादीका कारण जतिले ज्यान गुमाउनु परे पनि आज प्रचन्डका बा मर्दा हाम्ले ठीक्क पर्‍यो भन्न सुहाउदैन। उस्ले साचैको आशु बगायो कि गोहिको, भगवान जानुन। मुक्तिराम बाजेको आत्मालाई शान्ती मिलोस! Last edited: 14-Oct-11 06:23 PM
jantare1 · Oct 14, 2011 6:23 PM
RIP मुक्ती राम दाहाल बुवा । उहा को त कालगती ले मृत्‍यु भएको हो । तर कुकुर प्रचन्ड (आतंकबदी को सरदार ), बाबुराम ले कती का बुवा हरु लाई उमेर मा नै मारेर कती छोरा छोरी टुहुरा बनायो , कती रोये कती रोये । हे आतंकबदी हो , अब सिङ आउँदैन पुछार आउँदैन तिमीहरु को बुद्धी कहिले आउछ ? अझै पनि तिमीहरु तेस्ताइ , भगवान ले सदबुद्धी दियुउन ।
Gaitumba · Oct 14, 2011 6:30 PM
jantare..if you are trying to defend terrorist supremo by labeling me with another users then i will also say the same thing that you are also defending terrorists and has emotional connection with them..at least your repeated postings are enough to prove that if one digs out. read each and every words i wrote above, where did i say " thikka paryo?" come on dude...do not insult the deceased, i wrote only about the great prachanda..that is it? see the very thread started with the same question and many will ask the same question on this thread. i know who you supports and want to support. at least i am clear i do not support maoists and terroists. period. be up front if not go hide somewhere else man..
kanchu! · Oct 14, 2011 6:37 PM
maile alli pahile katai padeko thiye, prachanda ko byabahar maan naparena mukti ram dahal chori ko ma basna gayeka thiye re. pheri maile chori le bau lai palna hunna bhaneko hoina hai. Prachanda nischit rup ma bhabuk manche ho, bhabuk manche lai runu thulo kura hoina tesmathi afno bau marda.
nepalilaure · Oct 14, 2011 7:15 PM
read this article and decide what kind of son was he???when his dad was alive.. http://nagariknews.com/society... रुवाइरहने छोरोप्रति गर्व गरे मुक्तिरामले चाँदनी हमाल, चितवन, असोज २४ - 'म फलानोको छोरा हुँ' भन्दा जति गर्व हुन्छ त्योभन्दा कैयौं गुना बढी छाती फुल्छ 'म फलानोको बाबु हुँ' भन्न पाउँदा। मुक्तिराम दाहाल तिनै बाबुमध्ये एक थिए, जो छाती फुलाउँदै 'म प्रचण्डको बाबु हुँ' भन्थे। तर, त्यो गर्वसँगै थुप्रै आँसु पनि बगाएका छन् उनले, पुष्पकमल दाहालको बाबु हुनुपरेकोमा। हरेक बाबुले जेठो छोरालाई बुढेसकालको लट्ठी सम्झेको हुन्छ। उनका जेठा छोरा पुष्पकमल भने शिक्षक बनेर गोरखा गएपछि कहिल्यै घर फिरेनन्। 'देश परिवर्तन गर्छु' भन्दै उतैबाट 'क्रान्ति' मा होमिए। छोराको बाटो हेरिबसेका बाबुको त्यसपछि दुःखका दिन सुरु भए। छिमेकीहरूका अनुसार उनलाई छोरीहरूको बिहेदान र कान्छो छोराको पढाइ खर्च पुर्‍याउनै हम्मेहम्मे पर्‍यो। कान्छो छोरा गंगाराम पढ्न बेलायत गएका थिए। अहिले एसियाको १३ देशका सामुदायिक वन हेर्छन्। माओवादीको सशस्त्र द्वन्द्व सुरु भएपछि त उनी र उनको परिवार तत्कालीन सरकारको निगरानीमै परिहाल्यो। उनी पटकपटक सेना र प्रहरीको केरकारमा पर्थे। घरमै सेना सोधखोज गर्न आइरहन्थ्यो। थानाले पुर्जी काटेको काट्यै गर्थ्यो वृद्ध मुक्तिरामलाई। उनको निधन ८५ वर्षको उमेरमा शनिबार राति भएको हो। 'त्यतिखेर दाइ (मुक्तिराम) ले छोराको क्रान्ति के हो भन्ने पनि बु‰नुभएको थिएन,' भाइ कृष्णप्रसाद, ७४, विगतका दिन सम्झँदै भन्छन्, 'उहाँ छोरा (पुष्पकमल) देखि निराश हुँदै आँसु झार्नुहुन्थ्यो। अनि भन्नुहुन्थ्यो- यत्रा दुःखले पढाएँ, कमाएर ल्याउला भन्दा यो विपतमा पारेर गयो।' सरकारले पुष्पकमलको टाउकाको मूल्य ५० लाख तोकेपछि भने उनले छिमेकीसँग भनेका थिए, 'छोराले गतिलै काम गरेजस्तो छ।' 'क्रान्तिको बारेमा अलिअलि बु‰न थालेका थिए। पक्कै पनि मेरो छोरा अब कि मर्छ, कि केही गर्छ भनेर सुनाउँथे हामीसँग,' ८४ वर्षीय छिमेकी हरि पोखरेलले मुक्तिरामसँगको भलाकुसारी सम्झे। 'द्वन्द्वका बेला मान्छे मारिएको खबर सुन्दा भने चित्त कुँडाउँथे,' उनले भने, 'किन लडे भाइभाइ, चाँडै शान्ति आए हुन्थ्यो भन्थे।' भूमिगत भएको ११ वर्षपछि प्रधानमन्त्रीका रूपमा मात्रै पुष्पकमललाई भेटे मुक्तिरामले, चितवन शिवनगरको पुरानो घरमा। भेटमा पुष्पकमल रोएका थिए। थुम्थुमाउँदै मुक्तिरामले भनेका थिए, 'छोरा, अब तिमीले देशमा शान्ति ल्याउनुपर्छ, फेरि कसैको रगत नबगोस्।' त्यसपछि पनि छोरालाई भेट्न त्यति सजिलो भने भएन मुक्तिरामलाई। उनी पुष्पकमल भाषण गर्न गएका ठाउँमा पुगेकै हुन्थे। कहिले भेट हुन्थ्यो, कहिले रोएर फर्कनुपर्थ्यो। तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयमा क्रान्तिकारी विद्यार्थी संगठनले नयाँ विद्यार्थीहरूको निम्ति स्वागत कार्यक्रम गरेको थियो। दाहाल मुख्य अतिथि थिए। बिहान ११ बजेको कार्यक्रममा छोरा भेट्न पाइन्छ भनेर मुक्तिराम समयभन्दा अगाडि नै पुगेका थिए। तर, पुष्पकमल आएनन्। त्यस दिन कार्यक्रम स्थलको एउटा कुनापट्टि टुसुक्क बसेर आँसु चुहाउँदै उनले भनेका थिए, 'म त हतारहतार खाना खाएर छोरो भेट्न आएको, छोरो नै आइदिएन।' अन्तिम अवस्थामा पनि जेठा छोराको राजनीतिबारे सोधखोज गरिरहन्थे उनी। 'उपचारका क्रममा जनमैत्री र अन्नपूर्ण अस्पतालमा रहँदा पत्रिका हेर्ने र छोराले संविधान बनाउने सहमति गर्‍यो कि गरेन सोधेर हैरान पार्थे,' भतिजा नारायण दाहालले भने, 'अन्तिम अवस्थामा पनि देशको शान्ति र संविधानप्रति चेतनशील थिए।' यही फूलपातीअघि पुष्पकमलका सम्धी ईश्वरीबहादुर केसी, ७५, बिरामी मुक्तिरामलाई भेट्न गएका थिए। त्यतिखेर उनले 'छोरालाई शान्तिका लागि सम्झाउनू' भनेर आग्रह गरेको केसीले बताए। भोटबाट नुन ओसार्थे अंशबन्डा गर्दा मुक्तिरामको भागमा तीन रोपनी जग्गा पर्‍यो- कास्कीको ढिकुरपोखरी-२, लेवाडेको पाखोबारी। त्यत्तिले परिवार पाल्न नपुगेपछि १७-१८ वर्षका मुक्तिनाथले तिब्बतको भोटबाट नुन बोक्न थाले। भोटदेखि पोखरासम्म नुन ल्याइपुर्‍याउन एक साताभन्दा बढी लाग्थ्यो। घर र बस्तुभाउलाई चाहिने छुट्ट्याई बचेको पोखरा बजार लगेर बेच्थे, अनि तीन मोहरदेखि दुई रुपैयाँसम्म ज्याला बोकेर घर फिर्थे। 'बाटाका घरमा खाने खर्च छाड्दै भोट जान्थ्यौं,' उनका काकाबाजे तर्फबाट भाइनाता पर्ने रामचन्द्र पौडेल ७२, सम्झन्छन्, 'चार दिनपछि छाडेको खर्च माग्दै खाँदै फर्कन्थ्यौं।' मुक्तिरामसँगै सात दिन लगाएर भोटबाट नुन ओसारेको अझै सम्झना छ उनलाई। 'त्यतिखेर पैसा आउने राम्रो कामै नुन बोक्नु थियो,' मुक्तिरामका भतिजा नन्दलाल, ५४, बाल्यकाल स्मरण गर्दै भन्छन्, 'हामी सानै भए पनि बा र काकाबाका पछि लाग्थ्यौं।' उनका अनुसार मुक्तिराम साह्रै बलिया थिए। भोटबाट फिरेको भोलिपल्ट अरू थकाइले चुर भएर खुट्टामा तेल घसिरहेका हुन्थे, उनी भने फेरि उतै लाग्थे। भैंसीगोठमा जन्मे पुष्पकमल बाबु गोविन्द दाहालका दुई पत्नीमध्ये जेठीपट्टिको कान्छा छोराका रूपमा १९८५ माघ १० गते मुक्तिरामको जन्म भएको थियो। बाबुआमाको निधनपछि संयुक्त परिवारको भार मुक्तिराम दाजुभाइको काँधमा आयो। गरिबीकै कारण उनले सामान्य लेखपढ मात्रै गरे। २००३ मा भवानी भण्डारीसँग मागी विवाह गरेपछि उनी गाउँमै पाखोबारी र भैंसीगोठ स्याहारेर बसे। भैंसीगोठमै रहँदा २०११ मा मुक्तिरामका जेठा छोरा पुष्पकमल दाहालको जन्म भएको हो। 'गोठ नगई त्यत्रा गाईभैंसीलाई पुग्ने घाँस पहाडमा थिएन,' भाइ रामचन्द्र भन्छन्, 'गोठमै जन्मेका हुन् प्रचण्ड, हामीले भोलिपल्ट मात्रै घर ल्यायौं।' मुक्तिनाथ २०१९ मा गाउँको जेथा बेचेर चितवन बसाइ सरे। ढिकुरपोखरीबाट नौ दिन हिँडेर डोकानाम्ला र केही भैंसी लिएर पश्चिम चितवनको शिवनगरमा भारी बिसाए। सँगै आएका दाजु कुलबहादुर र मुक्तिराम मिलेर चार हजार रुपैयाँमा शिवनगरका आँधिखोले बिकको पाँच बिगाहा जमिन किनेर त्यहीँको छाप्रोमा बसे। चितवनको माटोमा राम्रो खेती फस्टाएपछि मुक्तिरामका दिन फेरिए। 'आम्दानी बढेपछि दाजुभाइले छुट्टै घर बनाएर बस्यौं,' भतिजा नन्दलाल भन्छन्, 'काका रातदिन कुटोकोदालो गर्थे, छोराछोरी भने पढ्न पठाउँथे। छोराहरू पुष्पकमल र गंगारामले पनि बाबुलाई भरिसक्य मद्दत गरे।' तर, चितवनको रामपुर क्याम्पसमा कृषि पढेका पुष्पकमल शिक्षकको जागिर खान गोरखा गएपछि दाहाल परिवारको जीवनमा ठूलै उथलपुथल आयो।
kanchu! · Oct 14, 2011 7:27 PM
kanchu, read what you wrote again. it sounds like you are trying to say "thikka paryo". if you didn't implied that, then there's nothing to worry about, my bad. secondly, before you link my name (like nagarik report used to) with any political party, especially maoists you better read all my posts to know a little more about my thoughts about political parties, especially the maoists. but just for your quick reference, i don't have any political/emotional attachment with any party and maoist is my least favourite party because what they did was wrong. i'm just saying that as human beings, we need to have compassion too, otherwise there is no difference between us and animals. i know that you are a hardcore maoist hater, and i'm fine with that but the way you are expressing your hatred, especially using death of prachanda's father as a tool, is not just right.
jantare1 · Oct 15, 2011 3:30 AM
I have no sympathy towards Maoists. I will never have any.
Footyfan · Oct 15, 2011 7:16 AM
रुवाइकै कुरामा कालगती र अकाल त्यो पनि आफ्नै आँखा अघी छपक्क छप्काइको रुवाइ, त्यो तेह्र दिनमा सकिने कुरा हैन , त्यो चित्र मानसपटल बाट बिलिन भएको दिन मात्रै अन्त्य हुन्छ । मुक्ती गुरु बिगत हुनु समयको खेल हो ८५ को ठाउँमा ८६ हुन सकेनन , तर उन्को ईतिहास पढनै पर्ने कुरा हुन ? रावणको कथामा उस्को बाउको चर्चा तेती देखिएको थिएन , तर यहाँ किन हुँदै छ, बुझ्न नसकिएको कुरा को खोजी गर्दै छु ? अनी साझा बासिले बुझ्नै पर्ने कुरा झै गराइ चाँही हामीले बुझिनम, कि दाहाल बाजे ले ३०सौ हजार मार्दा हासी हासी मारेका थिए तर आफ्ना बाउ काल गतिले मर्दा पनि रुदा रहेछन भन्न खोजेको हो भने दुई लाइनमा सिध्याए भै हाथ्योनी किन त्यो त्रिभुवन राजपथ जस्तो लम्ब्याने र घुमाउरो बनाउने ? गोहिका आसु हुन वा साच्चैका हुन हाम्रो चियो चर्चो को बिषय थिएन । जनतरेका कुरा मलाई पनि घत पर्‍यो । के साच्चै नै साझा माओवादीको अखडा भनौ वा बिचार मोदन गर्ने प्लेटफर्म हो ??? प्रश्न ?
MaGorkhe1 · Oct 15, 2011 8:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion