tribute to bus accident victims

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 हिजो चिया खादै यसो देशको खबर थाहा पाउनु पर्‍यो भनेर नेटमा कान्तिपुर पल्टाको त ४६ जनाको ज्यान गएको दुर्घटनाको खबर देखे ! मन नै सिरिङग भयो ।। अनी सम्झे त्यो दिन जून दिन म मेरा सबै परिवारका साथ दक्षिन्काली दर्शन गर्न गएको थिए !! दर्शन गरेर फर्किदा रत्नपार्क अगाडि को निलो माइक्रो बाट घर फर्किदै गर्दा खलासीले ४ जना अट्ने ठाउ मा ५ जना र ५ जना अट्ने ठाउ मा ६ जना राख्यो ।।।।। सायद एक युवा विद्यार्थी भएर हो की आफ्नी आमा लाई बस्न अप्ठ्यारो भएको देखेर हो ।।। मैले खलासी लाई भने " दाई कत्ति सारो मान्छे राख्नु भाको हामि सबै लाई एक्दमै गाह्रो भो नी यसरी धेरै मान्छे त राख्नु भएन नी " यत्ति मात्र भनेको थिए ड्राइभरले बीच बाटो मै गाडी रोक्यो ।।। अनी पछाडि फर्केर " ओए __________ हिरो हुन्छस ? तलाई सजिलो चाहिएको छ भने जा ट्याक्सी चढ! " त्यत्ती मात्र हो र के भो के भो भन्दै अरु निलो माइक्रो को मान्छे हरु नी आयी पुगे अनी ड्राइभर को साइड बाट बोल्न लागे !!! अनी मेरो आमा बुवा निकै डराउनु भो ।।। चुप लाग चुप लाग भनेर भन्नु भो अनी बाटो भारी त्यो साले ड्राइभर को अपशब्द सुन्नु पर्‍यो त्यो पनि आफ्नो सबै परिवारको अगाडी  ।।।। अहिले ४६ जना मरेको खबर सुन्दा त मलाइ लाग्छ की गाडीमा सिट भन्दा बढी यात्रुहरु चढाउने सबै ड्राइवर र खलासी लाई त्यसरी नै बस भित्र कोचेर त्यस्तै एउटा भिर बाट खसाउनु पर्ने हो चाहे सोचाइ अली गलत नै किन न होस् !

usatonepal · Oct 13, 2011 10:01 PM · 13,922 views

4 Replies

 sahi ho! Tara ke garni, yeha nirdosh janta lai Bhir Bata khasalinchha...

Ghorle Boko · Oct 13, 2011 10:08 PM

 RIP 

Footyfan · Oct 13, 2011 11:02 PM

RIP

charlie1 · Oct 14, 2011 10:58 AM

 RIP

राछस · Oct 14, 2011 11:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all