आज फेरी एकान्तमा बस्न मन लाग्यो मनका कुरा शब्द बनाइ पोख्न मन लाग्यो पुराना ति यादलाई सोच्न मन लाग्यो घाउका ति खाटालाई घोच्न मन लाग्यो झुटो उसको मायालाई भुल्न मन लाग्यो बोझिलो यो मनलाई खोल्न मन लाग्यो निस्ठुरिको याद सबै बिर्सन मन लाग्यो सिरानीले मुख छोपी रुन मन लाग्यो आज फेरी एकान्तमा बस्न मन लाग्यो... - जनतरे
jantare1 · Oct 11, 2011 12:15 AM · 12,958 views
dherai ramro. like it.
jhapaliketo · Oct 11, 2011 1:08 PM
राम्रो छ जनतारे को गजल पनि।।।।।।।।।। बरु निस्थुरी लाई बिर्सि सिरानी ले मुख छोपी रुन मन लाग्यो भन्दा उस्लाई सम्झी सिरानी लाई अन्गालो हाल्न मन लाग्यो भनम न हो जनतारे bro...........के गर्ने ब्रो अन्गालो हाल्न नपको पनि ३ बर्ष हुन आतेछ।
spyglass · Oct 11, 2011 4:05 PM
झापाली ब्रो: थन्कु! स्पाइग्लास: थन्कु तिम्लाई पनि! हिजो राती सुत्नु अगाडि दाँत माझ्दै थिएँ, झट्ट फुरिहाल्यो अनि पोस्ट गरेर सुतिहालेँ। यो गीत/गजल/कबिता जे भनेपनि मेरो आफ्नु कथा त होइन तर मजस्तै बिदेशिएर आफ्नु माया-पिरती गुमाउन पुगेकाहरुको हो। तिम्रो-मेरो कथा नि लेखम्ला कुनै बेला ट्याम मिलाएर!
jantare1 · Oct 11, 2011 5:55 PM
@ Jantare, Daat majhda ramro ramro phurdo raichha. Aba daat ali frequently majhnu paryo bhanyo, Kaso saathi ho.
nepali eagle · Oct 11, 2011 8:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion