दशै आयो , मलाई छुदै नछोइ टाढा बाट गयो !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो पाली पनि सदा झै दशै आयो, अनी सदा झै सबै तिर खुशी ल्यायो सबै को मुख मा मुस्कान ल्यायो तर सबैलाई आएको दशै मेरो घर तिर चै नपसी गयो । दशै ले मलाई आफ्नो नभनी , म सँग बोल्दै नबोली पर बाट गयो ।  दशै फेरी मेरो लागि बिरनो भयो , दशै ले मलाई नयाँ लुगा हाल्देन , मेरो घर छेउ को चोउर मा पिङ पनि हालेन अनी मेरो घर मा म्या म्या गर्दै दशै कराएन अनी मेरो कौसी को एन्टिना चङ्गा पनि आद्केन पोहोर जस्ताइ दशै ले मलाई अछुत नै बनायो यो पाली पनि दशै ले मलाई नछोइ पर बाट नेटो कात्यो ।  मेरो निधार मा दशै टिका बनी सझिएन , ठुला को अशिर्बाद बनी दशै मेरो घाटी मा बेरिएन अनी जमरा बनी दशै मेरो कान मा बिजाएन दशै ले यो पाली मलाई आफ्नो भनेन दशै आफ्नै सुर मा आयो अनी आफ्नै सुर मा गयो , मलाई दशै ले आए पनि भनेन गये पनि भनेन , दशै मलाई वास्ता नै गरेन सबै को मा आएको दशै मेरो मा चै आएन ।   मलाई लाग्छ दशै ले अब मलाई आफ्नो भन्दैन ३ करोड नेपाली को घर मा आउने दशै मेरो मा आउँदैन कि दशै ले मलाई नेपाली नै भन्दैन कि मलाई दशै ले आफ्नो मान्दैन  मलाई अछुत  बनाउदै दशै फेरी आयो टाढा बाट मलाई हेरेर गयो ।   दशै ले मलाई अतित चै याद गरायो पिङ को रिङ्गता याद गरायो माझा ले काटेको हात दु:खयो अनी मेरो कान मा म्या गर्दै दशै करायो अनी मा बुर्लुक्क उफ्रदै टिका थाप्न हिंडेको बाटो सम्झयो दशै ले मलाई घर याद गरायो , त्यो काठमाडौं को सुन्सन बाटो याद गरायो अनी मामा घर जादा मलेखु को माछा नि याद गरायो मेरो मनस पलट मा सदै आउने दशै अनी मेरो मन मस्तिक मा सदै ताजा हुने दशै आज मलाई आफ्नो नठानी , म सँग बोल्दै नबोली टाढा बाट फर्को , यो पाली दशै ले मलाई नछोइ फर्क्यो ।   हुन त दशै मा सँग रिसाको पनि होला, मैले दशै लाई अर्को बर्ष भेट्ने बाचा गरेको थे , तेस्को अर्को बर्ष कती बिते औंला मा गन्न सकिन तेइ भएर दशै म बाट तडिएको होला म निस्थुरी ठानी दशै कुद्केको होला , दशै को पो केइ बाध्यता छैन , केही बिबस्ता मा बाधियेको छैन उ बर्षइ पिच्छे आउछ अनी जान्छ मेरो त धेरै वाध्यता छ , म उस्ले भनेको बेलामा उस्लाई भेट्न सक्दिन अनी मैले चहेको बेला दशै आउँदैन , शायद दशै र मेरो अन्तर्दोन्द छ सब लाई आफ्नो भन्ने दशै मलाई चै आफ्नो भन्दैन ।      

amricane · Oct 5, 2011 12:40 PM · 5,363 views

4 Replies

दशैं अझ गाको छैन अम्रिकाने, बल्ल नवमी भयो। दशमी रातो टिका भएर आउने छ, खुशीहरु एक धिक्का भै आउने छ । शुभकामना । 

rahulvai · Oct 5, 2011 12:49 PM

 lol amrikane  maile daisai namana ko pani 12 barsa bhayo. aba ta dasai ko feeling pani gayo

_____ · Oct 5, 2011 12:53 PM

अब नि मित्र

amricane · Oct 8, 2011 11:07 AM

 मलाई चाँही अलि अलि छोएर गयो

Geology Tiger · Oct 8, 2011 11:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all