निस्ठुरी काली, हुन त तिम्रो त्यो पत्थर जस्तो मुटुलाइ यो साझामा कोरेका दुइ सब्दले के नै पो होला र? तैपनि आज चाड बाडको दिन तिम्रो सम्झनाले निकै सताइरहेको हुँदा कनिकुथी बोक्रा लेख्ने प्रयास गरेको छु। मेरो मानसपटलमा अझै ताजै छ। पोहोर साल मात्र न हो, तिमीले मलाई माया गरेर दशैंको बेला घरमै बोलाएर खाना खुवाएको। हामी हासी हासी मिठो मिठो खादै साथी भाइ संगै तास खेलेको, अनि ठट्टा गरेको । त्यो बेला त तिमीले मलाई दशैँको एक महिना देखि नै शुभकामना दिएकी थीयौ अनि पहिले नै खाना खाने निम्तो गरेकी थीयौ। तर आज तेहि तिम्रो मायालाइ आज नवमीको दिन हुदासम्म पनि एकचोटी सम्झेकी छैनौ। निकै आस्चर्य लाग्छ। काली, आज मलाई निकै अनुभूत भैरहेको छ यो पापी समय कति बलवान छ भनेर। हावाको सानो झोक्काले अस्त ब्यस्त बनाइदिने यो स्वार्थी युगको पारा देखेर मलाई निकै घृणा लागेको छ। तेती धेरै माया साचिकै लागेको थियो भने त, एउटा सानो मेसेज भए पनि त पठौथेउ। एकपटक फोन भएपनि त गर्थेउ। अंग्रेजीमा एउटा कथन छ, "Every good thing has to come to an end ". सायद आज म तेहि अनुभूत गरिरहेको छु। तिमीले केहि नगरेपनि मेरो तर्फबाट भने तिमीलाई दशैंको धेरै शुभकामना। तिमीले खोजेको सुख मैले दिन नसकेपनि तिम्ले रोजेको मान्छेले दियोस, यहि मेरो कामना। अन्तमा यदि तिमि झुक्किएर यी सब्दहरुमा आँखा लगाउन पुगेउ भने, सम्झनु कि तिम्रा फोनका प्रतिक्ष्यामा कुनै मुटु अझै एक बर्षदेखि कुरेर बसेको छ। तिम्रो सम्झनामा कुनै आँखाहरु एक्लै भएकोबेला अझै बाढी बनेर उर्लन्छन। उही तिम्रो सधै भलो चिताउने भुन्टे बाबु !
Ghorle Boko · Oct 4, 2011 10:22 PM · 4,079 views
Bhunte.....kali ta gai re ta kale ko budhi bokera.....
Dukhe · Oct 4, 2011 10:57 PM
Tara timlai yo dukheko subhakamana....timlai kali le call garina malai gori le....
Dukhe · Oct 4, 2011 10:59 PM
Thank you Dukhe. U know what..your previous comment is offensive. :(
Ghorle Boko · Oct 4, 2011 11:01 PM
घोर्ले ब्रो, अब तो काली मोरीले माया मारी भन्दैमा तिमी एसरी दुखी हुनु हुन्न! त्यस्लाई के थाहा तेस्ले तिमीजस्तो मान्छे गुमाउदै छे भनेर; तैपनी भोली कल्ले देख्या छ र? न रुदै "मेरो भुन्टे, मलाई माफ गर्देउ" भन्दै आउछे कि?! टेन्सन नलिउ ब्रो, जमाना यस्तै छ। दसैं लाग्या छ, खसी खाउ, राम्रोसँग मनाउ! शुभकामना छ!
jantare1 · Oct 4, 2011 11:55 PM
I m sorry bro.....jhyap ko taal ma k k lekhiyecha.....didn meant to hurt u
Dukhe · Oct 5, 2011 12:54 AM
yesto lekhna janni manchhe yesto kharieko boko hola vanara maile socheko pani thina!!
cajunboy · Oct 5, 2011 2:49 AM
ghorle boko lai dashain ma kali le khana bolaina bhanera chinta lageko ki kali le birsi bhanera? ek barsa pachi balla dashain ma dherai kali ko samjhana gareko dekhera sanka lageko ni.
jhapaliketo · Oct 5, 2011 11:15 AM
प्यारो जन्तरे: तिमीलाई पनि शुभकामना छ दशैको। तिम्रो सुझाबको लागि धन्यबाद। काजुन बोय: कतै कतै अपबादहरु हुन्छ के। लोल झापाली: कुरा के हो भने, कालीलाई त म प्रत्येक पल मिस गर्छु। कुरा के हो भने चाडबाडको बेला सम्झनाले अली बडी पिरोल्दोरहेछ। सबैलाई शुभकामना! उही कालीको "भुन्टे बाबु"
Ghorle Boko · Oct 5, 2011 4:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion