दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ? - किशोर लिम्बू मधेशी मुलका नेपाली नागरिकहरु लाई नेपाली सेनाको मापदण्ड पुर्याएर सेनामा भर्ना हुनुको लागि प्रोत्साहित गरिनुपर्छ र यसलाई सकरात्मक रुपमा लिनु पर्छ | मधेसी मुलका नेपाली नागरिक हरुले सेनाको मापदण्ड पुर्याएर बीस हजार जना ले प्रवेश गरे पनि त्यसमा कसैको बिरोध हुदैन तर अहिले माओबादी र मधेशी मोर्चाले सम्झौता गरेर उनीहरुको स्वार्थ को लागि जसरि नेपाली सेनालाई विवाद मा ल्याउने चेस्टा गरिरेको छन् जुन घातक र अबैधानिक छ ,त्यसले नेपाली रास्ट्रीयता कम्जोर बनाउने देखिन्छ | के नेपाल भनेको माओबादी र मधेसी हरुको मात्र हो ? नेपालमा प्रत्येक जाति र व्यक्ति हरु संग सम्झौता गर्दै जाने हो भने भोलि को नेपाल कस्तो होला ? नेपाल भनेको मात्र नेपाली हरुको देश हो | यदि कोहि नेपाली हुनुमा गर्व गर्न सक्दैन र आफ्नो रास्ट्रीयता नेपाली होइन भन्छ भने तिनीहरु देश द्रोही हुन्,तिनीहरुलाई नेपालमा बस्ने कुनै अधिकार छैन | बिगतमा मधेसी,जनजाती, दलित हरुलाई विभेद गरेर राज्य को मूल प्रभाह बाट बन्चित गरिएको सत्य हो | नेपाली सेना देखि हरेक सरकारी कार्यालय हरुमा ब्राह्मण र क्षेत्री हरुको बर्चस्व रहेको नकार्न मिल्दैन | राज्य को हरेक अंग लाई सामबेशी बनाउदै जानु अति आवश्यक छ तर नेपाली सेनामा एकै पटक १०,००० मधेसीको सामुहिक भर्ना गरेर छुट्टै ईकाई बनाउने निर्णय लाइ कसरी उचित मान्न सकिन्छ त ? के मधेसी हरु मात्र राज्य द्वारा उपेक्षित् भएका छन् ? केहि अपबाद लाई छाडेर आधिबाशी जनजाति र दलित हरुको पनि नेपाली सेना मा नगन्य उपस्थिति छ | मधेशी हरुको दश हजार जना लाइ सेना मा लिने सम्झौता गरिसको सरकारले पुर्व नेपालको लिम्बुवान र खम्बुवान बादी हरुले पनि सामुहिक रुपमा सेना मा प्रवेश को माग राखेमा राज्य ले त्यो पुरा सक्दैन र त्यसमा कुनै चासो पनि देखौदैना किनकि लिम्बुवान र खम्बुवान बादी हरु संग मधेसबादी हरुलाई जस्तो प्रभुको आशिर्बाद छैन | त्यसो त नेपाली सेनामा माथी उल्लेख गरेको शाशाक जाति हरु बाहेक मगर हरु को पनि छुटै गण छ –जुन आफैमा विभेदकारी हो किनकि देशको अखण्डता र सर्ब भौमिकता को रक्षा गर्ने नेपाली सेनाको गण कुनै पनि जाति बिशेस को नाम मा राक्नु गलत हो –सेनाको जात ,धर्म र कर्म नेपाल र नेपाली बाहेक अरु कुनै हुन सक्दैन –त्यसैले नेपाली सेना मा भएको जाति बिशेस को गण नाम लाइ हटाएर बैज्ञानिक रुमपा गण को नामकरण गर्नु जरुरि छ किनकि जात जाति मा भएको गण को नामले नेपाली सेनाको समग्र प्रतिनिथित्व गर्न सक्दैन | उदाहण को लागि मधेसीगण बनाउने कुरा लाई लिएर अहिले व्यापक बिरोध भै रहेको छ किनकी मधेशीगण भनेको मधेशी हरुको लागि मात्र हो भन्ने संदेश आम जनतामा गएर नै यस्तो बिरोध भएको हो | रास्ट्रीयता र राष्ट्रिय एकता मा समग्र देश बाशी लाई एकताबद्द गर्न को लागि मधेसी र अन्य उपेक्षित् वर्ग लाई राष्ट्रिय मुलधारमा ल्याउन अत्यन्तै जरुरि छ तर त्यसको लागि राज्य ले भ्रस्ट र अवसरबादी मधेसबादी पार्टीहरु र नेताहरु भन्दा एक कदम अगाडी बढेर सेनाको मापदण्ड पुर्याiएर सेनामा ले आफै भर्ना लिने व्यवस्था गर्नु पर्छ | माओबादी र मधेशबादी पार्टीहरुको दबाब मा सेनाले उनीहरुको स्वार्थ अनुसार भर्ना लिने हो भने नेपाली सेनाको छबी धमिलिन सक्छ किनकि नेपाली सेना भनेको समग्र रास्ट्रको सेना हो र त्यो कुनै पार्टी र जाति बिशेषको भर्ति गर्ने थलो होइन| एतीखेर बिचारनीय पक्ष के छ भने माओबादी को सात हजार सम्म लडाकुहरुलाई समायोजन गर्न नसकिरहेको अवस्थामा दश हजार मधेसीलाई सेनामा लिने कुरो सामान्य रुपमा लिन मिल्दैन | अर्को कुरो किन मधेशी मोर्चाले नेपाली सेनामा त्यत्रो बिध्न जोड दिइ रहेको छ ? रोजगार को व्यवस्था गर्न लाई सेना बाहेक सरकारका अन्य निकाय हरु मा पनि व्यवस्था गर्न सकिन्छ | नेपालका राजनीतिक पार्टीहरुले सधै आपनो पार्टी को स्वार्थ अनुसार नीति नियम हरु बनाई रहेको छन् | विभिन्न चरण मा सबै राजनीतिक पार्टी हरुले देसको सत्ता हाक्ने अवसर पाएर पनि उनीहरु दलगत स्वार्थ भन्दा माथि उठेर देसको हितमा काम गर्न असमर्थ भएको प्रमाणित भैसकेको छ | यतार्थमा देस कहिले पनि असफल हुदैन तर नेपालका आज सम्मका नेताहरु असक्षम् र असफल भएको इतिहासले देखाएको छ | राष्ट्र बादी नेपाली नागरिकहरुले देसको स्वाधीनता र अखण्डता मा आच आउने कुनै पनि सम्झौता को बिरोध नगरी बस्न सक्दैन र गर्नु पर्छ | नेपालको सार्ब भौमिकता को रक्षा गरन लाई कुनै चीनबादी ,भारतबादी हरुको आबस्यकता पर्दैन किनकि “आत्मा अनि शरीर”ले नेपाली नागरिकहरु देशको निम्ति लड्नलाई कदापी पछि हट्ने छैनन | नेपाल लाई अस्थिर बनाउन सम्भव भए पनि नेपालमा अरु कुनै पनि देसले पूर्ण रुपमा अधिनमा लिन वा जित्न असम्भव छ त्यसैले भबिस्यमा देशलाई भयाबह स्थितिमा पुर्याउने र नपुर्याउने जिम्मा अहिलेको माओबादी र मधेशबादी पार्टीहरुको हातमा छ , आशा गरौ उनीहरुले सम्पूर्ण नेपालीको हितको निम्ति बिबिकपूर्ण रुपले शान्ति प्रक्रिया टुंग्याउन सफल हुनेछन नत्र एउटा ले हतियार बिसौन साथ् अर्को पक्षले आपनो अधिकार को लागि हतियार उठाउने स्थिति को सिर्जना नहोला भन्न सकिदैन | source nepalinagrik.com
KishorLimbu · Oct 1, 2011 3:43 AM · 92,467 views
_________ bro ramro kura uthaunu bho..dhanyabaad ! Bastab ma nalapani yuddha lai jati sukai highlight gare pani aakhir tyo hareko yuddha thiyo. Nalapani ko satto baru Butwal ra jitapurgadhi ko yudha jasma nepal le angrej harulai chhoto samaya ma nai naramro tarika le harayeko thiyo tyo garv garnu parne kura ho tara tyo lupta praya chha. Tatkalin Palpa ma rakhieko Sabuj gan, jaska commander general Ujir Singh Thapa jo ek atyantai kusal netritwakarta thiye, le angerj haru lai butwal baata hataeko thiyo. &..Makwanpur gadhi ma Ranjor Singh haina Ranbir Singh Thapa (Bhimsen ka bhai) thiye. Ranjore chai Jaithak ma thiye. Tapai le Amar Singh lai paschim yuddha ko haar ko karan bhannu bhaechha teso nabhaera tatkalin almora ka nepali governmer Bom Shah ko kharab nirnaya nepali sena harnu ko mukhya kaaran manincha. ARko kura Makwanpur gadhi ma nepali sena harekai hoina...Generaal marley and Gen Wood gathrerd some 12000 troops and made a base but did not dare to attack on nepalese troops. However they returned to Betiya. Nepal lost the more land because of greed of two gurus. I sometimes think, if Pandey and Basnets were also there with nepalese troops Nepal would have been more strong. It's basically because of Bhimsen's power hunger to sideline Basnet and Pandeys and to initiate war without any significant preparation.
NALAPANI · Oct 11, 2011 5:20 PM
पुर्खा को नाम नबेचौ, नेपाल राज्य को निर्माण मा तिनिहरुको देन लाई कदर गरौ... उहिले को कुरा खुइले.... पुर्खा को नाम बेचेर अझ सम्म सेनामा हाली मुहाली गर्न पनि मिल्दैन... "now situation is that even if you call girija madhesi those black colored dhoti wearing living in terai wont agree " पूर्व मेची देखि पश्चिम महाकाली सम्म का मधेसी हरुमा, ब्राम्हण, छेत्री (राजपुत)) पनि पर्छन, यादब, मण्डल सबै पर्छन... यी माथिको प्रतिक्रिया र विचार हरु तपाइले लेक्नु भएको हो | तपाई को यस्तै विचार हरुलाई दिग्भ्रमित भनेको हो | पुर्खाको कदर गर्नु पनि भन्ने अनि उहिले को कुरा खुइले भन्नु हुन्छ | पुर्खा को नाम बेचेर हाली मुहाली गरेको देखाइ दिनुहोस न त ! गल्ति भएमा सच्यौला र गल्ति कबोल गर्न मलाई हिनताबोध हुदैन| तपाइलाई राम्ररी थाहा छ कथित मधेसी भनौदा हरुले बाहुन क्षत्रि नेवार र अन्य जनजाती हरुलाई मधेसी मान्दैन भनेर किन ढोंग रच्नु हुन्छ ! आफै गिरिजालाई मधेसी ले मधेसी मान्दैन पनि भन्ने अनि फेरी ब्राहमण ...क्षत्रि .. यादव सबै मधेसी मा पर्छन भन्नु हुन्छ | नेपालको तराई क्षेत्र मा धेरै ब्राह्मण , क्षेत्रि , र अन्य जनजाती हरु छ उनीहरुलाई पनि मधेसी को छुट्टै गण जहाँ १०,०००० मधेसी लिने भनिएको छ त्यसमा राख्छन भने हाम्रो बिरोध छैन | ... व्यक्तिगत आरोप धेरै लगाउन भो मित्र ....आफ्नो अहंकारको को बिज्ञापन गर्न ....आफ्नै औकात थाहा पाउनु भएछ क्यारे फर्कनु भा छैन यी माथिका कमेन्ट हरु पनि तपाई कै हुन् | मलाई तपाइलाई को व्यक्तिगत बिसय हरुमा कुनै सरकार छैन | हेर्नुस साथी , हामी यहाँ नेपाल संग सम्बन्धित गहन बिसयमा बहस गरि राखेका छौ जहाँ व्यक्तिगत आरोप प्रत्यारोप मा हामी समय खर्च नगरौ | त्यसैले मलाई व्यक्तिगत आरोप लायो भन्ने तपाइले आफैले लेखेको माथिको कमेन्ट एक पल्ट पड्ने कि ? सायद तपाइलाई ,मलाई र अरु यो धागो मा पछ्याई रहनु भएको धेरै साथीहरुलाई व्यक्तिगत रुपमा नेपाल मा जेसुकै भएपनि कुनै फरक पर्दैन | हिनता भाव ले ग्रस्त.....झुटो शान, झुट्टो गौरब र पुर्खा आफ्नै पौरख ले बाच्नु पर्छ. फलाम लाई फलाम ले काटछ .. तपाइले अघिल्लो कमेन्ट मा नेपाली सेनाले चीन र इन्डिया संग लड्न सग्दैन त्यसैले नेपाली सेनाको औचित्य छैन भन्नु भयो | | तपाइको यस्तै तर्कहरुलाई लाई मैले हिनताभाव ग्रस्त भनेको हो | के हामी मा स्रोत र साधन को कमि छ भनेर अहिले नै अरुको सामु आत्मा समर्पण गर्नु ? फलाम काट्न लाई फलाम हुनु पर्छ तपाई नै भन्नु हुन्छ अनि नेपाली सेनाको बिघटन गरेपनि केहि फरक नपर्ने जस्तो कुरा गर्नु हुन्छ अनि आफ्नो पौरख ले बाच्नु पर्छ भन्नु हुन्छ | आफ्नै पौरख ले बाच्नु को लागि पौरख गर्ने देश पनि त बाच्नु पर्यो नि साथी ? अप्रतक्ष्य रुपले नेपालको भारतीयकरण सुरुवात भैसकेको छ | जुन देशमा तपाई जन्मनु भयो र तपाइले आपनो परिचय बनाउनु भयो त्यसमा तपाई गौरव नगर्नुस तर त्यो गौरवशालि इतिहास लाई झुटो शान, झुट्टो गौरब भनेर अपमान गर्ने नैतिक अधिकार तपाइलाई छैन | राष्ट्र बादी नेपाली ले गौरव गर्ने हाम्रो इतिहास तपाइले खोसेर खोसिदैन | अबैधानिक रुपले लाखौ क संक्यामा नेपाल भित्रिएका इन्डियन हरुले ताण्डव मछायेरा राखेको माग हरु चाही सच्चा सान र गौरव होलानी त तपाइको लागि ! तपाइले आफैले स्विकार्नु भयो कि घुस्याहा CDOs हरुले कसरि नेपाली नागरिकता बिहारी हरुलाई दिलाए भनेर | अझै पनि सच्चा नेपालका तराई बाशी हरुले नागरिकता पाएका छैनन | आज भोलि जो चर्को स्वोर मा मदेस को कुरा उधयेका छन् उनीहरुमा सच्चा मधेसी हरुको थोरै र नक्कली मधेसी हरुको बाहुल्यता छ | कस्तो कम्जोर सेना त्यो Nalapani जी ले नेपाली सेना को बद्यता को बारेमा यसरि लेख्नु भएको थियो : " If NA had wanted, they could have swiped maosts off. However, they chose to weaken and disarm maoist slowly to mimimize the huge human loss. It's because they were fighting with own citizen and fighting with own people is the most precarious job for any army in the world " मैले Nalapani जीको कमेन्ट साचिकै तार्किक र यतार्थपरक लागेको हुनाले उहाको बिचारमा सहमति जनाउदै विवश नेपाली सेना भनेको हु | नेपाली सेना पहिले पनि कम्जोर थिएन , अहिले पनि छैन र भबिस्यमा झनै शक्तिशाली हुन्छ ! अन्तमा , तपाइको पछिल्लो प्रतिक्रिया हरु बाट हामीमा त्यस्तो धेरै असहमति हरु छ जस्तो लाग्दैन | अब तपाई र अरु साथीहरुले उठाउनु भएको अरु बिसय हरुमा नया थ्रेड खोलेर बहस गरौला | तपाई र Nalapani जी लाई इतिहासका धेरै कुरा हरु जानकारी गराई दिनु भएको मा धन्यवाद !
KishorLimbu · Oct 11, 2011 9:20 PM
..................... जी , अघिल्लो पोस्टमा तपाइलाई सम्बोधन गर्न भुलेछु, माफ गर्नु होला | गूगल मा नेपालीमा लेखेर पोस्ट गरेको | आशा छ हाम्रो विचार हरु नेपाल को हिमाल पहाड तराई कासाथीहरुले पनि पडनु भयो होला | तपाइले एउटा Username चाही बनाए हुने थियो भन्ने अनुरोध छ हामीलाई सम्बोधन गर्न त सजिलो हुने थियो | what we say virtual is not so virtual these days. San Dai knows what is your house block no. is ! so I try not to be ananymous .
KishorLimbu · Oct 11, 2011 9:35 PM
Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} 1. 1. Amar Singh thapa le sandhi garna maneko kura ma nepal le kati bhu-bhag gumaunu parhyo thaha chha?? ani kati bhubag 2 jana baaje Pandit guru Gajaraj Mishra ra Chandra sekhar 2. 2. Nepal lost the more land because of greed of two gurus नाला पनि जी , तपाई पनि अचम्म कै हुनु हुन्छ. युध्ह मा हारेको अनी अमर सिंह थापा ले सुरुमै युध्ह हारेको, तेत्ती मात्र नभई उनले आफ्ना सेनाका जवान हरु जो जो चाहन्छन अंग्रेज सेना मा जान अनुमति दिए, यो त किताब मा लेखिएकै कुरा मैले भनेको. अर्को बलभद्र कुँवर पानि किल्ला छोडेर गए. इनै कारण ले गर्दा नेपाल ले पश्चिम छेत्र गुमायो. तर तपाई दुइ जना बाजे ले गर्दा युध्ह मा हारेको भन्दा बढी भुमि नेपाल ले गुमायो भन्नु हुन्छ. प्रमाण पाउन, कति sq km नेपाल ले युध्ह मा गुमायो र कति sq.km negotiation मा गुमायो? अब बहस गर्दा दरो प्रमाण नभई ठोकेर आरोप लगाउन मिल्छ? तेसै भएर मैले भन्या संका गर्न सकिने आधार हरु छन्, फेरी ति negotiation मा गएका हरु लोभी थिएनन भनेर दाबी गर्न पनि सकिन्न. तर पर्याप्त प्रमाण बिना ठ्याम्मै यसै भएको उनीहरुले हर्दा एती गुमयोए भनेर गफ दिन मिल्छ र? यो त एउटा को दोष अरुमाथि थोपर्न खोजेको जस्तो भएन र भन्या? फेरी हारेको पार्टी negotiation मा कसरि strong हुन सक्ला र? सुरु मा अंग्रेज ले राखेको माग लै नमानेर उनीहरु ले सन्धि गर्न नमन्दा सन्धि गर्न नमान्दा के भएको थियो तपाई लाई थाहा छ? Naravane, M. S. (2006). Battles of the honourable East India Company: making of the Raj. APH Publishing. pp. 189–191. भन्ने किताब मा त येसो लेख्या छ नि After Ochterlony’s successful campaign, the Kathmandu durbar failed to ratify the peace agreement signed on 28 November 1815. This reluctance to sign soon led to the second campaign. Lord Moira placed Ochterlony in command of the massive 17,000 strong invasion force, but again, most of them were Indian sepoys. The campaign in February 1816. Ochterlony decided to take a very infrequent pass through mountainous routes. The failure there would be disaster for British. But, the successful pass allowed Biritsh to directly emerge from the back and attack the Gorkha's rear. He invaded Makwanpur which was taken after stiff fight at the cost of forty five soldiers and two officers. प्रधान मन्त्रिको भाइ भएर Ochterlony आउदा किल्लाई नै छोडेर भाग्ने सोहि किताब मा के पनि लेखेको छ भने After the decisive Battle of Makwanpur on 28 February 1816 and the fall of the neighbouring fort of Hariharpur (after Ranjur Singh abandoned his post), the situation became very critical for Nepal. The British threat to the capital Kathmandu compelled the Nepalese to ratify the treaty without any further delay. ल यो त भयो बिदेसी ले लेखेको कुरा किन पत्त्यौनु तर नेपाली गोर्खाली को website http://www.ayo-gorkhali.org/in... मा येस्तो लेखेको छ नि <span lang="NE" style="mso-bidi-fon
_____ · Oct 16, 2011 11:49 AM
Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} ल यो त भयो बिदेसी ले लेखेको कुरा किन पत्त्यौनु तर नेपाली गोर्खाली को website http://www.ayo-gorkhali.org/in... मा येस्तो लेखेको छ नि “This led to a second campaign by the British who put Ochterlony, now a Major-General, in charge of a force of 20,000 with which he was able to secure a final victory at Makwanpur. Eventually Prime Minister Bhimsen Thapa ratified the Sugauli Treaty on the 4th of March 1816.” पूर्व मा पनि युध्ह भएको थ्यो, सिक्किम को चोग्याल को आर्मी संग अंग्रज ले नेपाली सेना लै सबै तिर बाट आक्रमण गरि कम्जोर बनाउन (एकै ठाम मा एकत्रित हुन नदिन) आफुहरुले मकवानपुर आक्रमण गर्दा सिक्किम को चोग्याल लाई फकाएर पूर्व मा नेपाल माथि आक्रमण गर्न लगाए (यो Ochterlony कुटिल छल थियो) येसरी नेपाल लै आक्रमण गरेर सघाएको हुनाले नेपाली सिमा बिद बुध्ही नारायण श्रेष्ठ का आनुसार What was more spiteful of the British was that it entered into Titaliya Treaty with Sikkim on February 10, 1817 (11 months after Sugauli Treaty), and gave the land it had snatched away from Nepal to Sikkim Source: http://ramkshrestha.wordpress.... देख्नु भो त अंग्रेज को छल? पूर्व मा अंग्रेज संग पो युध्ह भाको थिएन त. सिक्किम ले पहिला गुमाको अफ्नो भूभाग फिर्ता पाउन को लागि पूर्व मा नेपाली सेना लाई अल्झाएर राखेको थियो.तेही गुण तिर्न अंग्रेज ले नेपाल संग लिएर १० महिना पछि नेपाल ले पहिला जितेको सिक्किम को भाग सिक्किम लाई नै फिर्ता गरिदियो . नत्र भने सिक्किम केहि न केहि अंग्रेज को लागि किन फिर्ता गर्नु पर्यो नेपाल संग लिएको भूभाग? दुश्मन को दुश्मन अफ्नो मित्र हुन्छ भन्ने उखान लै चरितार्थ गर्दै सिक्किम ले अंग्रेज संग सम्झौता गरेको थ्यो Treaty of Titalia ARTICLE I: The Honourable East India Company cedes, transfers and makes over in full sovereignty to the Sikkimputtee Rajah, his heirs or successors, all the hilly or mountainous country situated to the eastward of the Mechi river and to the westward of the Teesta river, formerly possessed by the Rajah of Nepaul but ceded to the Honourable East India company by the treaty of peace signed at Segoulee. येसरी आफ्नी गुमेको भूभाग फिर्ता पाएपछि सिक्किम ले अंग्रेज लै तिब्बत संग को ब्यापार मार्ग र तिब्बत संग ब्यापार गर्न जाने हरु को सुरच्य्या को guarantee पायो जबकी १८४९ मा सिक्किमेली राजा ले दुइ जना अंग्रेज डाक्टर लै बिना अनुमति सिक्किम मा घुमेको भनेर समात्दा अंग्रेज ले सिक्किम मा आक्रमण गर्यो र दर्जलिंग र सिक्किमेली मोरंग आफु मा गाभ्यो अन्त्यमा १८६१ को सन्धि अनुसार सिक्किम लाई ब्रिटिश इंडिया को. "History of Sikkim". Government of Sikkim. 29 August 2002. Retrieved 12 October 2006. "Sikkim and Tibet". Blackwood's Edinburgh magazine (William Blackwood) 147: 658. May 1890. येसरी पूर्व मा सिक्किमे चोग्याल ले सानो तिनो आक्रमण गरेर नेपाली सेना लाई अल्झाएर राखेको थियो अनी सुगौली सन्धि हुदा अंग्रेजले त्यो भूभाग पनि मागे, अब जित्ने ले मागे पछि हार्ने ले दिन्न भन्न पाउछ? एक ताल दिन्न भन्दा Ochterlony मकवानपुर आउदा प्रधान मन्त्रि का भाइ युध्ह छोडेर भागेका होइनन? निस्पच्ये रोप ले हेर्दा गजराज मिश्र र चंद्रसेखर उपधाये बिकेका छन् भन्ने आधार १. सन्धि पछी उनीहरु भारत तिरै बस्नु २. अंग्रेज ले उनीहरुलाई भारत मा जग्गा जमिन दिनू ३. <span lang="NE" style="font-size:10.0pt;mso-ansi-font-size:11.0pt;line-height:115%; font-family:Mangal;mso-bidi-font-family:Mangal;mso-bidi-theme-font:minor
_____ · Oct 16, 2011 11:53 AM
Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} १. अंग्रेज ले उनीहरुलाई भारत मा जग्गा जमिन दिनू २. बिकाउ मान्छे सबै तिर हुन्चन, तिनी हरु पनि बिक्नु कुन ठुलो कुरा भो र होइन उनीहरु बिकेका थिएनन भन्ने आधार १. प्रथम लडाईमा हारेको, दोस्रा लडाई हुदा प्रधान मन्त्रि का भाइ नै युध्ह मैदान छोडेर भागेको तेसकारण अंग्रेज को माग लाई हुन्छ भन्नु बाहेक कुनै उपाय नरहेको २. अंग्रेज ले पश्चिम मा आफुले जितेको र पूर्व मा सिक्किम संग बिबादित भूभाग मागेको ३. सन्धि नमानेको खण्ड मा अंग्रेज द्वारा काठमाडौँ मा आक्रमण गरिने धम्कि, दरबार मा भारदार बिच को कलह ले नेपाल युध्ह गर्ने सक्ने स्थिति मा नरहेको उनीहरु को लागि अर्को उपाए के थियो त ? फेरी लौ उनीहरु ले आफु बिकेर नेपाल को भूभाग गुमाउनु पर्यो रे, तेसो भए राजा र प्रधान मन्त्रि ले त्यो सन्धि मान्दैनौ भनेर अंग्रेज संग युध्ह गरेको भए भै हाल्थ्यो? तेसो गर्न लै त गजराज मिश्र र चंद्रसेखर उपाध्य ले रोकेका थियेनें नि. किन उनीहरु लै सन्धि मा सहि गर भनेर जबाफ पठाको? कुन सेनापति बचेको थ्यो युध्ह को लागि ? अहिले आएर गफ गर्न त सजिलो छ नि, गफै त हो, जुन प्रधान मन्त्रि ले ३१ वर्ष साशन गर्यो र जसको पालामा धेरै भारदार सखाप पारिय (पाण्डे, बस्नेत), जसको पालामा नेपाल ले अफ्नो एक तिहाइ भुमि गुमायो उसकै को बारेमा नेपाल को इतिहास मा ठुला ठुला अक्च्येर ले लेखेका छन्. धेरै प्रसंसा गरिएका छन् अनी जसको प्रसंसा गरिनु पर्ने थियो तिनीहरु को अत्तो पत्तो छैन
_____ · Oct 16, 2011 11:55 AM
किशोर जी मैले भनेको कुरा तपैले अर्कै तरिका ले लिन भो क्या तेसकारण यो स्पस्टिकरण दिदै छु पुर्खा को नाम नबेचौ, ने यो भन्न खोजेको के भने अमेरिका मा पनि नेपाल एकीकरण कै बेला George Washington ले ब्रिटिश लै हराएको थियो. त्यो बेला पनि अमेरिकन जेनेरल हरुले युध्ह गरेर अंग्रेज लै हराएका थ्यिए. नेपाल एकीकरण र अमेरिकी क्रान्ति लगभग एकै समए मा भाको थ्यो. तर न George Washington का सन्तान, न त्यो बेला क्रान्ति मा अंग्रेज लाई हराउने बहादुर योध्हा बंसज हरु अथवा तिनीहरुका surname (family name) भएका हरु हामी येस्तो हामि उस्तो भन्दै पाखुरा सुरकौदै, अरुलाई दोस दिदै आएका छन्, कतिपये को त अत्तो पत्तो पनि छैन. तर अम्रिकन इतिहास मा ति बिर योध्हा हरु लै सधै आदर को भाब ले हेरिन्छ. तिनीहरु का सन्तान अथवा उस्तै surname (family name) भएका हरु अमेरिकी सेना मा हामीलाई मात्र भर्ना लिन पर्छ, हामी अंग्रेज लाई हराउने बहादुर हौ भनेर आको पनि पैदैन. तर नेपाल मा चाही युध्ह हार्ने हरु अरुलाई दोष दिन्छन, बराजु जिजु बराजुले नेपाल एकीकरण मा ठुलो भूमिका खेलेको भएर अहिले को नेपाल मा पनि ठुलो भाग चाहियो भन्छन अझ तेती ले मात्र नपुगेर तेस्तै surname (family name) भएका हरु आफु लै अझै पनि बिर नै ठान्छन भारत मा महात्मा गान्धी को सन्तान साधारण छन् तर नेहेरु का सन्तान ले राजनीति कब्जा गरेर भारत को बेहाल बनाए. महात्मा गान्धी का सन्तान ले म महात्मा गान्धी को सन्तान हु मलाई भाग चाहियो भनेर अथवा मेरो बाबु ले नै गरेर इंडिया को नाम चलेको हो भनेर अरुलाई होच्याको देखेको छैन. चीन मा माओत्से टुंग का सन्तान कहाँ छन् कहाँ, भाग खोज्न गको छैनाँ . देंग तसो पिंग जसले नीति ले गर्दा चिन यहाँ सम्म पुग्न सफल भो, का सन्तान ले ठुलो पोस्ट मागेको थाहा छैन. घमण्ड गरेर अरुलाई होच्याएको मेडिया मा आको छैन. तर नेपाली हरु भने २००-२५० वर्ष अगाडीका कुरा लाई लिएर अहिले सम्म पनि हामि हरु येस्तो हामि हरु उस्तो भनेर, अरुलाई होच्याएर आत्मा सन्तुस्टी गर्ने हरु टन्न छन. मानौ उनीहरु कै बाजे बराजु ले गरेको जस्तो. Surname (family name) मिल्यो कि त आफु नै तिनीहरुका का उत्तराधिकारी जस्तो त्यो नाम बेचेको भएन त? अरुलाई होचायेरा अफ्नो पुर्खाको आदर हुन्छ? अरुलाई दोष दिएर अफ्नो पुर्खा को आदर हुन्छ. त्यो पनि surname (family name) मिलेकै भर मा. पूर्व मेची देखि पश्चिम महाकाली सम्म का मधेसी हरुमा, ब्राम्हण, छेत्री (राजपुत)) पनि पर्छन, यादब, मण्डल सबै पर्छन... त्यो भन्न खोज्या के भने हेर्नुस न नालापानी जी ले पोस्ट गर्नु भएको टेबल मा, अब तराई का सिंह छन् नि ( जस्तै राम राजा प्रसाद सिंह) तिनी हरु पनि नेपाली सेना मा छन तर त्यो surname त्यो टेबल मा छैन, तिनी हरु कि त अन्य समूह मा राखिएका छन कि त छेत्री समूह मा, तेस्तै “झा” छन् नि तराई कै ब्राम्हण हरु, तिनी हरु पनि छन् नेपाली सेना मा, अब तिनी हरु लाई त्यो टेबलमा कि त अन्य मा राखेको हुनु पर्छ कि त ब्राम्हण मा, त्यो के मा राखेको छ अब नेपाली सेना ले भन्ने कुरा. अब नेपाली सेना मा भर्ना लिदा मधेसी बाहुन (उदाहरण को लागि झा), मधेसी छेत्री (उदाहरण को लागि सिंह) पनि परि हाल्छन होइन त भन्या? अब पूर्व मेची देखि पश्चिम महाकाली सम्म का मधेसी बाहुन र मधेसी छेत्री हरु परिहाल्छन नि. अब मधेस मै सेयु वर्ष देखि बसेको भए पनि पहाडी surname भएका हरु लाई मधेसी हरुले मधेसी मंदैनान भन्या, त्यो त ब्यहबरी रुप मै देखिएको छ नि, जस्तै कोइराला हरु बिराटनगरमा धेरै पहिला देखि बसेका छन् तर तिनीहरुलाई मधेसी ले मधेसी मान्दैनन्, मानेको भए त अहिले सम्म धेरै मधेसी हरु प्रधान मन्त्रि भै सकेको मानिनु पर्ने होइन? मधेसी भनेको कुनै जात होइन त्यो त निश्चित surname भएका हरु जो नेपाल को दखिन तिर बस्छन. तिनी हरु धेरै जसो हिन्दु भाको हुनाले बाहुन छेत्री आदि हुने भै हाले अब त्यो पनि के confusion ? ...आफ्नो अहंकारको को बिज्ञापन गर्न ....आफ्नै औकात थाहा पाउनु भएछ क्यारे फर्कनु भा छैन त्यो तपैलाई भन्या होइन क्या अर्कै एकजना विद्वान साथी लाई जिस्काको मैले तेसो भनेर, अब अरुलाई भन्या कुरा पनि आफै लाई भन्या ठान्नु हुदैन किशोर जी अब नेपाली सेना को कुरा गरि हाल्नु भो केहि भनम है ? नेपाली सेना को युध्ह रणनीति के हो भने कसै गरि कुनै देश ले आक्रमण गर्यो भने कम्ति मा ३ दिन र बढी मा एक महिना सम्म दुश्मन लै अल्झाई रहने. तेस्पची मित्र देश सहयोग को लागि औछां भन्ने हो. अर्थात् भारत ले आक्रमण गर्यो भने जति सुकै ठुलो आक्रमण गरेपनि कम्ति मा ३ दिन र बढी मा एक महिने भारतीये सेना लै अल्झाउने तेस्पची कि त चिन कि त अन्य अन्तारस्त्रिये सक्ति जस्तै अमेरिका सहयोग को लागि आउछ भन्ने हो. तेती भएन जनता ले भारतीये संग छापामार युध्ह गर्छन र सेना पनि तेस्मा मिसिने भन्ने हो. नेपाली सेना संग त्यो बह्न्दा बढी युध्ह लड्न गोलि नै छैन. सेना संग बन्दुक र गोलि त हुनु पर्यो नि लड्न लाई. अब दुस्मन को सक्ति को, बुध्ही को analysis नै नगरी खाली हामी बहादुर हौ जित्छाम भनेर जादा अंग्रेज संग हारेको जस्तै हार्न पर्ने हुन्छ, बहादुर सेना... Wikileaks ले लास्ट तिर नेपाली सेना संग पर्याप्त गोलि थिएन भन्छ तैअपनी नालापानी जी नेपाली सेना ले चाहे को भए येस्तो गर्न सक्थ्यो, उस्तो गर्न सक्थ्यो भन्नु हुन्छ, अब चाहेर मात्र हुने भए त म के के चाहन्थे के के फलाम काट्न लाई फलाम हुनु पर्छ.... भन्न खोज्या के भने शक्तिशाली संग लड्न आफु पनि शक्ति साली हुन पर्छ बुद्दिमानी संग लड्दा आफु पनि बुद्दिमानी हुन पर्छ. अनी शक्ति र बुध्ही हाम्रा बराजु जिजु बराजु ले अंग्रेज संग लड्या थे भनेर आउने होइन.
_____ · Oct 16, 2011 12:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion