हिजो राती अली धेरै बेर सम्म फेस्बूक चलायेको थिए ! त्यहि भएर आज बिहान ढिलो उठियो ! उठेर फेरि कम्प्युटर यसो खोलेको त स्काइप मा आमा मलाइ खोज्दै हुनु हुदो रैछ ।।।कती पटक भनि सके आमा त्यसरी मेरो बाटो नहेर्नु ।।। म सँग कुरा गर्नु नै छ भने बरु बहिनि लाई फेस्बूक मा मेसेज पठाएर अन्लाइन बोला भन्नु।।।।तर अह आमा मान्नु नै हुन्न।।।।। हैन बाबु कम्प्युटर देखे की तेरो याद् आउछ र राम्ररि चलाउन नसके पनि त सँग कुरा भइ हाल्छ कि भनेर स्काइप भित्र जान सिकेको छु ।।।तर तेरो नाममा किन हो हरियो साइन नै देखाउदैन।।।। मैले भने म अफलइन थिए आमा।।।। तर आमा लाई त आफ्नो छोरा को अनुहार हेर्न र आवाज सुन्न पाए पुग्छ ! अन्लाइन भनेको के अफ्लाइन भनेको के .........
usatonepal · Sep 30, 2011 6:50 PM · 12,433 views
like
Nepali_American · Sep 30, 2011 6:57 PM
तिमी त lucky रहेछौ, हाम्रो पालामा त न त Skype नै थियो न त facebook नै, internet नेपालमा त झन् कुरा नगरौ । फोन गर्दा पनि प्रति मिनेटको $1.59 थियो। Last edited: 30-Sep-11 07:03 PM
Tmobile · Sep 30, 2011 7:03 PM
'आमाको मन छोरा छोरी माथि, छोरा छोरीको मन अमेरिका र डलर माथि' | मलाई नि यो कुरा ले कहिले कहिँ पिरोल्छ, कुनामा बसेर क्वा क्वा रुन मन लाग्छ |
jangali maanab · Sep 30, 2011 8:09 PM
बिहान बिहानै यसो आफ्नो ब्ल्याक्बेरी हेरेको त साथिले टेक्स्ट गरेको रैछ ! नेपालमा भुकम्प गयो ! ३ जना को डेथ भयो रे ! अनी त एक्कासी मन नै भारी भयो !! पहिलो सोंच त आमाकै आउदो रैछ ! भुकम्प गयो रे ! कत्ति रेक्टर स्केल को गाको हो ! आमा बुवा बहिनि ठीक छन् की छैनन् ! आँखा अगाडि त्यो ३ तले घर को सम्झना आयो ! घर को अगाडी को त्यो साङुरो बाटो र वारी पारी को ५,६ तले घर को याद आयो ! केही समय अगाडी को कान्तिपुरमा पढेको थिए नेपाल मा ठुलो भुकम्प आयो भने त लाखौं को मृत्‍यु हुन्छ भन्ने खबर नै दिमाग भरी घुमी रह्यो ।।।।।।।।अनी एक हात बाट कम्प्युटरमा नेपाल्न्युज डट कम र अर्को हात बाट घर तिर फोन लगाए ।।।।हरे फोन पनि पुन: प्रयास गर्नु भन्छ !! कतै अनिश्ट त भएन प्रभु !!!
usatonepal · Sep 30, 2011 9:50 PM
Way to miss the point, tmobile (btw, I wanted to check to see who had flagged your post but accidentally clicked on flag myself, I apologize profusely). usatonepal, I remember the day when I turned my webcam on to my mom and she started crying heavily. Man...that was such an emotional moment. I never turned my webcam on since that day.
footyfan · Oct 1, 2011 2:10 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion