सक्छौ भने बाबुराम यो पढी भारत जाउ सक्दैनौ त जादै नजाउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रधान मन्त्रि जी तपाई को BBC संग को अन्तरबार्ता पढेर म अलि झसङ्ग भाको छु. पहिला त अहिले विदेश भ्रमण को बेला होइन सम्बिद्ग्न, शान्ति र गणतन्त्र (जातिये होइन) मा देश लै डोराउने बेला हो. तपाई अम्रिका गइ हाल्नु भो, भारत त तेत्रो वर्ष बसेको अहिले किन जान पर्यो? कुनै नया नौलो घटना क्रम बिकसित भएको छैन, फेरी नेपाल सानो गरिब देश बिश्वो मा खासै प्रभाब पार्न सक्दैन तेसकारण अहिले भारत गएर हाम्रो शान्ति र संबिधान बनाउन मद्दत मिल्छ जस्तो लाग्दैन, तै पनि भारत ले डाकी हाल्यो ठिकै छ तर नजान लाइ हजारौ बहाना बनाउन सकिन्थ्यो? अझ भनौ भने बहाना पनि बनाउन पर्दैन तपैले भनेको जस्तै सम्भिधन बन्ने नसक्ने स्थिति आयो भने राजिनामा दिन  पर्ने स्थिति आउन  सक्छ एक महिना मा, संबिधान  सभाको म्याद थप्ने समए आउछ, एस्ता कामको झटारो मा किन विदेश भ्रमण गर्ने? भारत लाइ तेस्तो क पर्यो? फेरी भारत  र हामी त नजिक को मित्र हौ, कतिपये कुरा को लागि प्रधान मन्त्रि नै जान पर्छ भन्ने छैन नि होइन? अब फेरी नजिक को मित्र को नाता ले हामीलाई भारत को आनी बानि धेर थाहा छ, होइन र ? अझ तपाई त त्यहा धेरै बस्न भो केहि त बुझ्न  भाकै होला तै पनि सम्झना को लागि दुइ चार वटा कुरा यहाँ राख्न चाहन्छु. १.       1. राना साशन बिरोधि आन्दोलन मा भारत ले कांग्रेस लै साथ दियो भन्छ इतिहास, फेरी नेहेरु र बि पि, उमेर मा फरक भए पनि मन मिल्थ्यो क्यारे साथ कांग्रेस र राजा लै तर जुन सरकार को बिरोध मा आन्दोलन भा छ त्यो सरकार ढल्नु छ महिना अघि असिमित अबधि को सन्धि गरेको छ (सन्धि भाको साउन १३, २००७, राना साशन ढलेको फागुन ७,२००७) आब नया सरकार आएपछि गर्या भए पनि हुन्थ्यो नि त्यो सन्धि, किन मोहन सम्शेर संग गर्न पर्या? २.     2. मात्रिका प्रधान मन्त्रि भाको बेला कोशी सन्धि गर्या ९९ वर्ष को लागि,(बैसाख १३,२०११)  कोशी  बाध बनि सके पछि नेपाल मा पंचायेत आयो तेस्पची राजा महेन्द्र लै इन्दिरा गान्धी ले कसरि फकाइन  कुन्नि ९९ वर्ष को सन्धि  १९९ वर्ष को लागि भयो). अब हेर्नुस बाध नेपाल भारत को सिमाना मा, डुबान पर्ने नेपाली जमिन सन्धि छे १९९ वर्ष को लागि? त्योएउटा मित्र देश ले अर्को मित्र देश संग गर्ने व्यवहार जस्तो  देखिन्छ ? ३.      3.भू पु प्रधान मन्त्रि मरिचमान ले खुल्ला मंच बाट पंचायेत बचाउने भए नेपाल र भारत बिच नया सन्धि गरौ भनेर भारत ले पठाको  सन्धि को ड्राफ्ट पढेर सुन का  थे.  सम्झना छ कि छैन कुन्नि. त्यो सन्धि गरेको भए नेपाल को स्थिति  भुटान को जस्तो हुन्थ्यो,धन्य राजा बिरेन्द्र जनताको अगाडी झुके तेस्तो सन्धि गर्नु भन्दा ४.      4.भू पु प्रधान मन्त्रि लोकेद्न्रा बहादुर  चन्द ले एउटा अन्तरबार्ता मा भनेका छन् माओबादी आन्दोलन भै राखेको  बेला ज्ञ्यानेन्द्र लाई  पनि तेस्तो प्रस्ताब आएको थ्यो रे, मिलेर जाने भए आन्दोलन दबौना सकिन्छ भनेर. राजा ज्ञानेन्द्र ले लोकेन्द्र लाई  भनेको रे. अनी लोकेन्द्र ले होइन पुर्खा ले ज्यान दिएर बचाएको मुलुक तेसो गर्न हुदैन भने छन् राजा लाई  यो पत्रिका मा नै आएको थ्यो साचो हो कि झुटो हो तिनी हरु नै जानुन ५.      5.तर एउटा कुरा नि जहिले जहिले हामी लै अप्ठ्यरो परेको बेला  हाम्रो परम मित्र भारत बाट अचम्म अचम्म को प्रस्ताब आउने गरेको छ, तेस्को कारण के होला? ६.     6.  महाकाली सन्धि पास गराउन एमाले नै फुटाएको भन्छन नि होइन र ? ७.     7. लगन को बेला हगन भन्या  जस्तै, संबिधान सभा को म्याद बढाउनु छ, संबिधान लेख्नु छ,सान्ति को काम गर्नु छ, देश लै गणतन्त्र मा लैजानु छ तेही बेला मा भारत भ्रमण  डाक्नु पर्ने? के कारण होला? ८.    8.  येही बेला तपैको पार्टी मा पनि झगडा  परेको छ, मिलैदेला कि भारत ले, मिलाई दिए बापत के  तिर्न पर्नी हो कुन्नि? ९.      9. हुन त त्यो माकुने लाई  सबै ले गाली गर्छन तर तेस्ले पनि भारत गको बेला सुपुर्दगी सन्धि गरेन है.भारत संग हुने कुनै पनि सन्धि सम्झौता अनातारस्त्रिय कानुन अनुसार हुन पर्छ. भारत लै मित्र भन्दै विश्वास गर्दा हामीले धेरै धोका खाइ  सकेका छौ. त्यो भू पु  रास्त्रपती   बुश ले भन्या थ्यो नि “if you fool me once shame on you,  if you fool me twice,  shame on me but if you fool me third time shame on me” भनेर. अब पनि भारत बाट मुर्ख बन्ने हो भने तेई भन्न पर्छ. १०.   10 अब त्यो ऐर मार्शल राखें त कुरा धेरै पुरानो भै सक्यो. क्यानडा बाट पनि भारत को प्लेन अपहरण भएर पड्के को थ्यो, क्यानडा मा पनि राख्यो  कि भारत ले एर मार्शल? ११.  11.   तेस्तै हो  भने त भारत बाट पनि नेपाल मा धेरै हात हतियार औछा अब, तपाई हरुले पनि ल्याउन भाको होला, गिरिजा ले पनि  भारत मा हतियार जम्मा गरेका थिए. तेसो भए हामी ले भारत को रक्च्या र गृह लै विश्वास नगरेर नेपाली रक्च्या र गृह मन्त्रि लै भारत को पनि रक्च्या र गृह  मन्त्रलाये को जिम्मा दिने कि ? १२.    12. नया परिस्थिति मा पुरा कुरा मा अल्झेर  सन्धि के गर्नु भनेर भनिदिनुस न कुरै खत्तम १३.    13.अब सन्धि नै गर्न पर्छ  भने नेपाल बाट पनि २-४ कुरा लैजानुस न, जस्तै बनेको ३५ वर्ष पछी निजि ले बनाको   पावर house  नेपाल लाई  नै दिन्छन. त्यो कोशी  पनि ३५ वर्ष भै सक्यो, अब त्यो नेपाल को हुन पर्ने  हो भनेर भनिदिनुस न सक्नु हुन्छ ? १४.    14.JNU मा पढ्य भन्दै  मा उनीहरु को अगाडी लत्रक्कै पर्न पर्छ  भन्ने छैन क्यारे १५.   15. फेरो एक फेर सोचुनुस येही बेला किन जान  पर्यो भारत भ्रमण, केटि  छिन्न त पक्कै जान  ला  होइन होला १६.    16. होस् गर्नुस है भारतीये मित्र हरुले तपाई लाई केरा भनेर भन्टा  खुऔलान   Last edited: 29-Sep-11 08:12 PM

_____ · Sep 29, 2011 8:08 PM · 2,406 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all