Press Release: YNEKAPA khaobaadi

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समिति प्रेस वक्तव्य हाम्रो पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय समिति सदस्य तथा भूमिसुधार मन्त्री प्रभु शाह बारे ०६८ असोज १० गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टी प्रेस स्वतन्त्रता, मानवअधिकार तथा विधिको शासनप्रति प्रतिबद्ध छ। विगत लामो समयदेखि तराईका विभिन्न जिल्लामा हाम्रो पार्टीका नेता तथा कार्यकर्ताको श्रृङ्खलाबद्ध हत्या हुँदै आएको कुरा सर्वविदितै छ। केही समययता बारा, पर्सा र रौतहटमा मात्रै २५ जनाभन्दा बढी राज्य समिति सदस्य, केन्द्रीय सल्लाहकार समेतको राजनीतिक आस्थाकै आधारमा निर्मम र पाशविक हत्या भएको पनि प्रस्टै छ। ती हत्याकाण्डको उचित छानबिन गरी अपराधीलाई कानुनको दायरामा ल्याउने प्रक्रिया ओझेलमा पारिएको छ। मधेसमा भएका जघन्य अपराधको न्यायिक छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने कुरामा हाम्रो पार्टी जोडदार माग गर्दछ। त्यस्तै हिन्दू महासङ्घका अध्यक्ष काशी तिवारीको हत्या दुःखद विषय हो। हत्याको छानबिन गरी सत्यतथ्य पत्ता लगाई जनसमक्ष ल्याइनुपर्छ भन्ने कुरा हाम्रो पार्टीले माग गर्दै आएको पनि ज्ञातव्य नै छ। घटनाको छानबिन र सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायबाट भएको प्रयत्नलाई प्रभावित गर्ने र हाम्रो पार्टी र पार्टीका केन्द्रीय समिति सदस्य प्रभु शाहको व्यक्तिगत छविमा आँच आउने प्रकारको उक्त समाचारप्रति हाम्रो पार्टी आपत्ति प्रकट गर्दछ। १० असोज, २०६८ दीनानाथ शर्मा प्रवक्ता

Narayangarh suburb · Sep 27, 2011 10:26 AM · 11,848 views

1 Reply

 Hundred of thousands of nepali citizen victimized in 1o years of massacre just want that.

Narayangarh suburb · Sep 27, 2011 11:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all