न यो शहर मेरो हो न म यो शहर को

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यहाँ को भिड ले मलाई चिन्दैन , न म त्यो भिड मा कसैलाई चिन्छु मेरो यहाँ कुनै पहिचान छैन न भिड ले मलाई कुनै नाम दिन्छ, न म यो भिड लाई कुनै नाम नै दिन्छु , किन कि यो ठाउँ मेरो हैन , यहाँ मेरो मन पनि छैन ।     यहाँ एउता गती छ , म ढिलो हिद्छु या यो शहर छिटो हिद्छ , छुट्टाउन म सक्दिन , किन कि यो शहरको गती सँग मेरो मेल छैन न एस्ले मलाइ पर्खिन्छ न म यो सँग दौदन सक्छु, तेसैले मेरो यो शहर सँग मेल छैन , न यहाँका कुनै मान्छे सँग ।     यहाँ को मान्छे पनि म जस्तो छैनन , यहाँ कोइ हासेर बोल्दैन, बाटो मा भेट हुँदा मुसुक्क हासदैनन किन मलाई लाग्छ यो समाज स्वार्थी हरुको हो स्वार्थ बिना यहाँ कसैले कसैलाई केही गर्दैन , अनी मलाई त कसै सँग केइ लिनु नि छैन कसैलाई केही दिनु नि छैन , म स्वार्थी छैन तेस्कारन यो शहर मेरो हैन |   यहाँ धेरै उज्यालो छ , मलाई त अध्यारो मा बस्ने बानी छ , यहाँ को बत्ती ले मेरो आँखा खान्छ । मलाई अन्धकामा हराउन मन पर्छ यहाँ सबै तिर झिलीमिली छ , मलाई एकान्त मा बसेर गुनगुनाउन मन पर्छ , तर यहाँ एकान्त नै कहाँ छ ? म यहाँ एकान्त मा हराउन सक्दिन , तेसैले म यहाँ रमाउन सक्दिन , यो शहर ले मलाई एक्लाई कतै जनै दिदैन , लाग्छ मलाई यो शहर ले विश्वाश नै गर्दैन तेसैले त यो शहर मेरो हैन न म यो शहर को

amricane · Sep 27, 2011 9:38 AM · 13,204 views

6 Replies

सहि गयो मित्र, कतु सत्य मैले पनि धेरै पहिला एउटा साझामा नै हाल्या थिँए, मित्रको प्रस्तुती सँग मेल खाको जस्तो लागेर फेरी यहा हाल्दैछु फेरी कस्तो यो आकाँक्षा, फेरी किन यो ईच्छा अन्जान छु गन्तब्य देखी, न त खबर नै छ बाटोहरुको  सुन्ने कोहि छैन बिवश यो सडकको   म जस्तै बिवश नहोस कोहि  आफ्नै ईच्छाबाट बन्चित नहोस कोहि  शहरमा कति भीड छन् तर म त बेनाम भै डुल्दै छु   कोलाहलमा हराई म त गुमनाम भै हिड्डै छु   के भुल भयो म बाट, आयो कस्तो यो दिन अनभिग्य भोलीका लागी नै बित्दै छ मेरा छिन

mulmiz · Sep 27, 2011 9:50 AM

अंहम ले छुटाएको जिन्दगीमा एउटा खुराक पस्कदैछुँ हैं भुलचुक लेनदेन! आई-पड सँगै अनौठो शहर!!! यि अनुभूति एक शहरमा जहाँ आएको थिएँ रहरमा पाउछुँ रेलमा टासिनेहरु आईपड ठोस्दै हिड्नेहरु परिचय छैन बिरानै छ शहर मान्छे अनेक सपना अनि रहर प्रक्रिति ले यो ठाउँ सुन्दर बनायो मान्छे मान्छे माझ एक्लै हरायो राम्रा अनुहार छन्, सबै छन् राम्रै मस्त छन् सबै आईपडमा आफ्नै तिनमा के-के संगीत तार बज्दै हुन् मन केलाउदै बस्छ यि कुराका धून् आधुनिकता छ अभाव छैन यहाँ यहि शहर हो मानव भाव हराएछ जहाँ पैसा छ प्रेम छैन जहाँ प्रक्रिति छ तर रस हराएछ यहाँ आईपड सँगै अनौठो यो शहर निरर्थक लाग्छ लिएर आएका रहर शरीर छ प्राण यहाँ छैन आखिर जो म यो शहरको होइन

jwaaii · Sep 27, 2011 11:48 AM

guys khatra cha, keta haru kasari yesto khatra lekhne bhayoo huh.. keep up guys great work

crazyNep · Sep 27, 2011 6:13 PM

बनको चरी बनमै रमाउन्छ ।।।।। आफ्नै देश जौ केटा हो  

junkynfunky · Sep 27, 2011 7:24 PM

मिठो छ अम्रिकाने!  

Geology Tiger · Sep 28, 2011 1:58 PM

Nice poem. Very reminiscent of my earlier days. Also reminds me of this song:

Stiffler · Sep 28, 2011 2:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all