Hey my dear sajhaites, ---This thread is dedicated to the creative writers who want to write poems, stories, or may be essays. I just want you to express your ideas, your creations and your stories. -----Please...this is viewed by all the sajha members. Make sure you don't use offensive language here. Thanks all. Im really looking forward to know about you and your creations. -----Yours very own "माया " समिक्ष्या ........ ............... हाम्रो साझा डटकोम .................................................. यो बिशाल र सुन्दर आकाशझै तिम्रो माया छ थाहा छैन किन यो नयनले तिमीलाई पहिल्याउन खोज्छ यो चिसो मौसमको तुसारो झैँ सितल तिम्रो प्रेम छ थाहा छैन किन यो मुटुले तिम्रो नसामा झुम्न चाहन्छ Last edited: 26-Sep-11 12:15 AM
samikshya · Sep 25, 2011 11:31 PM · 97,154 views
This was what I had written some seven years ago when I was a carefree undergraduate student at Tri-Chandra College. I will very sincerely appreciate constructive criticisms on this . I dedicate this poem to Kathmandu Valley which has consumed a large chunk of my life. चोक प्रत्येक समयको अस्तित्वमा त्यो विशाल शून्य आकाश सधैँ घोप्टिन्छ यो चोकमा प्रत्येक विहानीको पदचापमा त्यो प्रत्येक उज्यालो सूर्य सधैँ घोप्टिन्छ यो चोकमा यो बुढो शहरको नौलोचोकमा जहाँ धानखेतका आलीहरू भत्काएर हावाको पासोमा झण्ड्याएर जमिनमै गाडिएझै यी कंक्रिट-भवनहरूमा अझै गन्हाइरहेछ स्यालका पुराना लाशहरू जो यो चोक चोक नहुन्जेल हरेक चीसो सन्ध्यामा उल्लूको गीतसँगै यहाँ भुकिरहन्थे तर अब मालिकका करोड पाङ्ग्राहरुले किचिरहँदा पनि यो चोकलाई कुनै रिगँटा लाग्दैन र यहाँ समय कम्युनिकेशन कर्नरको काखमा भरियाहरुसँग बाघचाल खेलिरहेको छ सुनमाया चित्रकार आशाहरूको कुनै ओतजस्तो पाटीमा हरियो साग बेचिरहेकी छ भोला महर्जन कुनै स्याल गन्हाउने पर्खालबाहिर आफ्नो प्यान्टमा मुतेर सुतेको छ लाग्छ यो चोक आफ्नै नंग्राहरूले रक्ताम्य हुने गरी खोस्रिरहेछ आफ्नो मुहार कोरिरहेछ किरिमिरी किरिमिरी त्यही किरिमिरी लिएर यो चोक बाँचेको छ सुनमायाको सागसँगै यो चोक सुतेको छ भोलाको मूतसँगै यो चोक आथारो बसेको छ समयको बाघचालसँगै र यो चोक यो मेरो देश अब कुन भविष्य कोरल्ला ?
tenthfractal · Oct 14, 2011 6:26 PM
Nice tenthfactal
samikshya · Oct 14, 2011 7:47 PM
लौ फ्र्याक्टल मित्र गजबको कविता लेखेको रहेछौ, र रमाइलो कुरा तिमी र मेरो अड्डा पनि एउटै परेछ, तिमी चोकमा सुनमायाको साग हेर्दै हुन्थ्यौ भने म चाँही हरी साउको पसलमा कालो भइसकेको शिसाको गिलासलाई दुवै हातले समाएर तातो चिया सुरुप्प सुरुप्प पर्दै हुन्थे । ल ल नयाँ नयाँ पनि जाओस् मित्र...
Geology Tiger · Oct 14, 2011 10:30 PM
i thought samiksya was gone forever, im glad she's still around. @ samikshya do u still want me to write you another poem ?
SKT1212 · Oct 15, 2011 12:44 PM
@samikshya: eso samikshya garya bhe ni hunthyo ni ... :) @GT: Thank you much. Ma furkya chhu.Kunai ni bela kaabita furna sakchha...:))
tenthfractal · Oct 16, 2011 12:08 PM
damn! hamali bann gareko sajha adminle......thanks
SKT1212 · Oct 16, 2011 12:51 PM
The Burdened Ease of Bickering When everything fails, I complain. It is a gourmet schadenfraude pie: aromatic and soul-curing. I have grown addicted to it, and sometimes I find it more delightful than usual. Quite often the contrary. I am addicted to the damn pie and I don’t seem to stop my growing voracity anytime soon. Although the disease of soul-scorching rhetorical retrospection diabetic seems to be growing inside me at an alarming rate, the whimpering and grumbling simply doesn’t seem to stop. Why? Well, just like any obnoxiously normal person, it gives me a sense of nirvana, and I transcend into the visceral realms of security by shifting the blame on others. And like the thousand times before, I start to beat my killer chest with my fist in a King-kong-ish fashion, proudly proclaiming “It’s not my fault”. Strangely, the aftermath is incredibly dull and I admit that I vomit. I have done it so many times that I have actually become an ementophobe. I even feel quite stupid for doing so. In the end it all ends the same and I am left under those dark clouds of remorse with shrapnel of disgust in my head, and a brutally wounded hope. After a while the rabid self-realization steps in and the necessity to pull back the strings together directs me to start from the scratch or even move on with it. Life without complains and disgust, a life of solace. Is it remotely possible? Just like the nature’s fundamental laws of causality, the linear and discrete hope should exist in my opinion. After all anything broken could be fixed, anything imagined could be created. Supposedly it only requires an act of diligent perseverance and grit. But even for me, when I think in a global scale, the ramifications don’t make sense. Who gives a toss on the selfish individualism? What about the Butterfly Effect and the non-linearity of life? Ah, I can’t really think about it. I’d rather bicker and complain. It's much easier. Nasty, very nasty, horrible eh! Ugh!!!!! (I puke) ………….
impro_urnoob · Oct 25, 2011 9:05 PM
मैले सपनाहरु देखेकै छैन मैले सपना नदेखेको धेरै भयो मैले सपनाहरुबारे नलेखेको धेरै भयो तिमीलाई थाहा हुनुपर्छ म सपनाहरुको पुल बनाएर जीवनरुपी नदी तर्ने मान्छे तिमीलाई थाहा हुनुपर्छ म बिपनाहरु सपनाले सजाएर खाली - खाली मनहरु भर्ने मान्छे तर महत्तोकांग्छाको बाढीले सपनाका पुलहरू भात्कयेपस्चात अबिस्वाशको आधीले अलिकति हासेको मनपनि भताभुङ्ग बनायेपस्चात मैले आजकल सपनाहरु देखेकै छैन हो मैले आजकल सपनाहरुबारे लेखेकै छैन
thito1 · Oct 25, 2011 11:06 PM
राम्रो प्रयास ठिटो!
Geology Tiger · Oct 26, 2011 1:17 AM
समिक्षा, पिस र सम्पूर्ण साझाबासीहरुमा समर्पित..... फेरि एउटा नयाँ सम्बन्धको खोजीमा हो म फेरि एउटा नयाँ सम्बन्धको खोजीमा छु । भर्खर एउटा सम्बन्ध गर्ल्याम्मगुर्लुम्म ढल्यो । एउटा मान्छेसँगको सम्बन्ध, एउटा सपनासँगको सम्बन्ध, एउटा फूल र त्यसभित्र रहेको सुगन्धसँगको सम्बन्ध, सारा खरानी भई जल्यो । त्यसैले म फेरि एउटा नयाँ सम्बन्धको खोजीमा छु । मान्छे मान्छे बिचको सम्बन्ध, मान्छे र प्रकृति बिचको सम्बन्ध, भूगोलसँगको सम्बन्ध, भूगर्भसँगको सम्बन्ध, आकाशसँगको सम्बन्ध, एक मुठी सास फेर्न हावासँगको सम्बन्ध, अहो! कति धेरै सम्बन्ध ! अनि कति थरी सम्बन्ध ! एक पछि अर्को, अर्को पछि अर्को, बन्दै र भत्किदै गरेका सम्बन्धहरु । एउटा गर्भमा नौ महिना लामो सम्बन्ध राखेपछी सुरु भएको संसारसँगको सम्बन्धको यो श्रिंखला अबिछिन्न जारी रहनेछ । एउटा सम्बन्ध जीवनसँग नटुटेसम्म अनि अर्को सम्बन्ध मृत्युसँग नजुटेसम्म । हे मेरा गुरुहरु! तिमीहरुले मलाई ढाट्यौ । मान्छे स्वतन्त्र छैन । हो यहाँ कोही पनि स्वतन्त्र छैन । सब बाँधिएका छन्, सब कसिएका छन्, सब जकडिएका छन्, सम्बन्धहरुको जालोमा । एउटा सम्बन्ध चुँडिन्छ, अनि सयौँ सम्बन्ध जोडिन्छ, अनि हजारौ बनी फैलिन्छ, एउटासँग अर्को, अर्कोसँग अर्को माकुराको जालोजस्तै । यो संसारको लागि, संसारबासीहरुको लागि, म हुनु र नहुनुको अर्थ केवल मसँगको सम्बन्ध मात्रै हो । नत्र त म हुनु र नहुनुमा के फरक छ र? साँच्चै भन्ने हो भने यहाँ हामी कसैको अस्तित्व छैन । अस्तित्व छ त केवल सम्बन्धहरुको, राम्रा र नराम्रा सम्बन्धहरुको, किसिम किसिमका सम्बन्धहरुको, हरेक किसिमका सम्बन्धहरुको, अनि मात्र सम्बन्धहरुको । स्वतन्त्र हुनखोजेको जति बहाना गरे पनि जति देखावटी चाहना गरे पनि आखिर मान्छे सम्बन्धकै जालोमा जेलिन चाहन्छ । त्यही जालोमा गुटुमुटिएर न्यानो महसुस गर्न चाहन्छ । अनि आफूलाई सुरक्षित महसूस गर्न चाहन्छ । आफ्नो अस्तित्व महसूस गर्न चाहन्छ । हो म पनि अाफ्नो अस्तित्व महसूस गर्न चाहन्छु । आफूलाई सुरक्षित र न्यानो महसूस गर्न चाहन्छु । तर एउटा सम्बन्ध भर्खर गर्ल्याम्मगुर्लुम्म ढल्यो । अनि म एउटा नयाँ सम्बन्धको खोजीमा छु । Last edited: 26-Oct-11 01:24 AM
Geology Tiger · Oct 26, 2011 1:21 AM
Kya khatara khatara lekchhau keta ho?
Ghorle Boko · Oct 26, 2011 2:24 AM
@ impro : Nice @ Geo tiger: Thanks for ur creation. Liked it. :)
samikshya · Oct 26, 2011 6:21 PM
hats off to all the creative writers...
thito1 · Oct 26, 2011 11:00 PM
म तिमी अनि हाम्रो समय माया भावना छताछुल्ल सपना उड्छ खुल्ला आकाशमा खुसि जीवनमा म अनि तिमी हाइकु मा एउटा कोशिश . - थाने
ThahaChaena · Aug 8, 2013 3:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion