Canteen of Bir Hospital

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खाने ठाउँ सफै छ। टेबुल पुछिएकै छन्। भान्साको ढोका खुल्नेबित्तिकै ह्वास्स गनाउँछ। उफ्! शौचालयसँगै रहेको भान्सामा खानेकुरा भुइँभरि छरिएको छ। पकाउन ठिक पारिएको ममः, चाउमिन, तरकारी राखेको भाँडा गाईवस्तुको कुँडो पकाउन प्रयोग हुनेजस्तै छ। चिया पकाउने भाँडा कटकटिएको। चिया उम्लिएर बिरामीले खाने जाउलोमा पोखिएको छ। भान्सापछाडि ढलजस्तै फोहोर। लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन नगर्दा झिँगा भन्किँदै। भाँडा माझ्ने ठाउँमै खानेकुरा। सड्दै गरेका। यो वीर अस्पतालको क्यान्टिन हो। वाणिज्य विभागको नेतृत्वमा मंगलबार अनुगमन टोली पुग्दा 'रछ्यानमै' कामदार खानेकुरा पकाइरहेका थिए। 'पुरानो सरकारी अस्पतालको क्यान्टिन यस्तो होला भन्ने ठानेकै थिएनौं,' वाणिज्य विभागका उपसचिव टीका भण्डारीले भने, 'सबैभन्दा फोहोर भान्सा त यहीँ रहेछ।' भान्सा अत्यन्तै फोहोर भए पनि संवेदनशील क्षेत्र भएकाले अनुगमन टोलीले क्यान्टिन बन्द गरेन । टेलीले सञ्चालकलाई तत्काल स्वच्छता कायम गरि तीन दिनभित्र स्पष्टीकरणका लागि वाणिज्य विभागमा उपस्थित हुन पत्र काटेको छ। 'अस्पतालको क्यान्टिन भएकाले हामीले संवेदनशीलता हेरेर बन्द नगरेका हौं,' विभागका निरीक्षण अधिकृत कमलबहादुर थापाले भने। Last edited: 24-Sep-11 05:44 PM

ihateamerica · Sep 24, 2011 5:44 PM · 19,530 views

4 Replies

Why doesn't this surprise me?  Clean bathrooms and Kitchen symbolize any civilized societies - something uncommon in ordinary Nepali households, forget restaurants, public places, hospitals and colleges. 

footyfan · Oct 25, 2011 1:36 PM

Footyfan, u r right. Ihateamerica, sadbuttrue that's our country man. But hey, I saw a huge building of bir hospital in construction process. Hope management will be improve this time.:) jai Nepal

chorfata · Oct 25, 2011 2:37 PM

kitchen looks bad but if you actually ate the food there, it was very delicious for me

mayur · Oct 25, 2011 3:32 PM

 Taste isn't the issue though, safety is. 

footyfan · Oct 25, 2011 3:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all