समाबेशी भ्रस्टाचार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  अर्काको जग्गा आफ्नो नाम गराउँदै बेच्दै जग्गा धनीलाई आफ्नो जग्गा बेचिएको पत्तो छैन काठमाडौं, आश्विन ७ -   हेटौंडाका शैलेन्द्र बिष्टको पुख्र्यौली जग्गा उनले थाहै नपाई हेटौंडामा बेचियो । ७ कठ्ठा ५ धुर जग्गाको धनी अर्कै र लालपुर्जा अकैको नाममा बनाएर किनबेच भयो ।  नेपाली सेनाका जमदार बिष्टले बेचिएको झण्डै एक महिनापछि मात्र सुईको पाए । 'काठमाडौबाट हेटौंडा गएको बेला टोलका मान्छेले भनेपछि थाहा पाएँ' उनले कान्तिपुरसंग भने 'गिरोहले हाम्रो जग्गा त नक्कली लालपुर्जा र नागरिकता बनाएर बेचिसकेछ ।' दुई कठ्ठा जग्गा प्रभु फाइनान्स जनकपुर शाखामा राखेर गिरोहले २ लाख रुपैंया निकालेछ ।  दुई साता नबित्दै ५ कठ्ठा ५ धुर जग्गा न्यु एसिया प्यासिफिक टे्रर्डसको नाममा नामसारी गरेका थिए । 'फेरी त्यहि जग्गा देखाएर इन्भेष्टमेन्ट बैङकको न्युरोड शाखाबाट १ करोड ९५ लाख रुपैंया निकालेछन्' बिष्टले भने 'पुख्र्यौली सम्पत्ति कसले बेच्यो थाहा पाइएन ।'  निजगढमा बस्ने बाबुलाई औषधी पुर्‍याउन गएका बिष्ट हेटौंडा स्थित जग्गा भएको ठाउँमा पुग्दा स्थानीयले जग्गा बेचेको बिषयमा जिज्ञाशा राखेका थिए । 'जिल्ला मालपोतमा गएर श्रेष्ता हेर्न माग्दा धेरैबेर देखाएनन्, ५ घण्टापछि देखाउँदा त अर्कैको नाममा रहेछ ।'  बिष्टले किर्ते कागजात बनाएर ठगि गर्ने गिरोह बिरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए ।  नक्कली कागजपत्र बनाएर जग्गाबाट ठगि गर्ने गिरोहका ११ जनालाई प्रहरी प्रधान कार्यालयको केन्दि्रय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा प्रशान्त झा, पुष्पराज शाह, चुडामणी ढुङगेल, शिशिर रञ्जितकार, गोकर्ण ढुङगाना, राजन धामी, भिमकुमारी पाठक, कौशिला गुरुङ र शिब अधिकारी लगायत छन् ।  यिनीहरु सहितका अन्यले अर्कैको जग्गा नक्कली काजगपत्र बनाएर आफ्नो नाममा सारेर ठगि गर्दै आएको केन्दि्रय अनुसन्धान ब्युरो प्रमुख डिअाइजि उपेन्द्रकान्त अर्यालले बताए ।  उनीहरुले अरु आधा दर्जन ब्यक्तिको जग्गा नामसारी गरेर बैङकमा धितो राखेर पैसा निकाल्ने, अर्कैलाई बेचिदिने गरेको अर्यालले जानकारी दिए ।  चितवनबाट फरार रहेका पुष्पराज शाहलाई पक्राउ गर्ने क्रममा केन्दि्रय अनुसन्धान ब्युरोले थप ब्यक्तिलाई समेत पक्राउ गरेको हो । 'यति धेरै योजना बनाएर अर्काको जग्गा ठग्ने गरेका रहेछन्' डिआइजी अर्यालले भने 'एउटा जिल्लामा रहेको जग्गा अर्को जिल्लाको मालपोत कार्यालयमा गएर पास हुदोँ रहेछ ।'  यहि समुहले हेटौडाकै पुष्पा शाहको १ रोपनी ५ दाम जग्गा नक्कली नागरिकता र लालपुर्जा बनाएर बिक्रि गरेको ब्युरोका इन्सपेक्टर ऐन बहादुर मल्लले बताए । यस्तै काठमाडौं लाजिम्पाटकी भद्रकाली गुरुङको लाजिम्पाटमा रहेको जग्गा बिक्रि गर्न लागेका थिए । भद्रकाली र पुष्पा शाहलाई आफ्नो जग्गा बेचिएको सुचना थिएन । प्रहरीले पक्राउ गरेका ब्यक्ति मार्फत उनीहरुको जग्गा पनि बिक्रि हुन लागेका थाहा पाएपछि असली जग्गा धनीलाई खबर गरेको थियो ।  त्यसमा तनहुँकी कौशिला गुरुङले भद्रकाली गुरुङको नाममा नागरिकता बनाएर जग्गा धनी आफू भएको बताएकी थिईन । त्यो बापत गिरोहले उनलाई ३/३ लाख रुपैंया दिने सर्तमा काममा लगाएको ब्युरो प्रमुख अर्यालले बताए । गिरोहका शिशिर रञ्जितकारले कञ्चङजंघा हाइड्रोपावर र राइजिङ हाइड्रो पावरमा लगानी गर्न जग्गा धनीले ल्याएको जग्गा धनी प्रमाणपत्रको फोटोकपीबाट नक्कल उतार्ने गरेका हुन् । उनी आपै+m ति हाइड्रोपावरका सञ्चालक हुन् ।  प्रहरी स्रोतका अनुसार एक ब्यक्तिको जग्गा अर्को ब्यक्तिको नाममा गर्ने र बेचबिखन गर्ने काममा मालपोतका कर्मचारी समेत सामेल छन् । 'बाहिरको गिरोहले मात्र यस्तो काम गर्न सक्त्तैन, कर्मचारीको मिलेमतो हुन्छ' ब्युरोका एक अधिकृतले भने 'नक्कली र सक्कलीका बारेमा सोधखोज गर्न सक्थ्यो, बाहिरको जिल्लाबाट आएपछि किन आयो सोध्न सक्थ्यो ।'  प्रकाशित मिति: २०६८ आश्विन ७ १२:२९

_____ · Sep 23, 2011 6:27 PM · 1,559 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all