आज फेरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज फेरी मैले केहि कोरेँ मिलन, बिछोडको कथा होईन आफैलाई शब्दमा उतारेँ बिगतलाई फेरी पनि कोट्याएँ बर्तमानलाई आज पनि सँम्झाएँ भबिश्यलाई  पनि नियालेँ के थिएँ म, त्यो दिनलाई सम्झिएँ कहाँ छु म , यो समयलाई सोधेँ कता पुग्नेछु म, सोचमघ्न भएँ आज फेरी मैले केहि कोरेँ मिलन, बिछोडको कथा होईन आफैलाई शब्दमा उतारेँ आफैलाई शब्दमा उतारेँ

Mulmiz · Sep 22, 2011 9:31 AM · 14,006 views

6 Replies

दामी दामी मुल्मी आज फेरी मैले केहि कोरेँ मिलन, बिछोडको कथा होईन आफैलाई शब्दमा उतारेँ वाह वाह

serial · Sep 22, 2011 9:51 AM

वाह! वाह! मुल्मी । मुल्मी को प्रतिभा त झन च्वाँक भएर आएकी छे बाइ ।  

rahulvai · Sep 22, 2011 10:15 AM

साह्रै मिठो कबिता मुल्मिज मित्र

amricane · Sep 22, 2011 10:20 AM

यो कविताले मेरो साझा जीवनलाइ सार्थक बनाएको जस्तो लाग्यो, मुख्यत्: मेरो धागो "❤ नाज ❤" जहाँ .... "फेरी मैले केहि कोरेँ मिलन, बिछोडको कथा होईन आफैलाई शब्दमा उतारेँ बिगतलाई फेरी पनि कोट्याएँ बर्तमानलाई आज पनि सँम्झाएँ भबिश्यलाई  पनि नियालेँ के थिएँ म, त्यो दिनलाई सम्झिएँ कहाँ छु म , यो समयलाई सोधेँ कता पुग्नेछु म, सोचमघ्न भएँ आज फेरी मैले केहि कोरेँ मिलन, बिछोडको कथा होईन आफैलाई शब्दमा उतारेँ आफैलाई शब्दमा उतारेँ" धेरै नबोलम होला "कुराकानी" सेक्सनमा ! "न्यास्ती नाज" होइन  "नार्सीसिस्त" नाज को उपाधी पनि दि सके कोहि मित्रहरु ले ! फेरी लखेटीएला म ! तर मुल्मिज़जी को कविताले मेरो अन्तरात्मा छोयो ! धन्यवाद हजुरलाइ !

Nas · Sep 22, 2011 12:14 PM

La daammmiiizz 6 hai mulmiz ko kabita

hakuketa · Sep 22, 2011 1:21 PM

लहरे ,ठुल्दाई, अम्रिकने अनि हाकुचालाई पनि धेरै धन्यबाद, मेरा अरु आउने कबिताहरुमा पनि यसरी नै साथ पाउने आशा गर्दछु मित्र नाज , मेरो दुईचार शब्दहरु हजुर सँग मेल खान गएछ, त्यो मात्र सँयोग हो, अस्ती राती मनमा कुरा खेल्दै गर्दा आफैलाई लेखेको थिए मेरा भावनाहरुबाट हजुरको मन छुन गयो निकै खुसी लाग्यो, हजुरहुरको यस्तै दुई चार प्रेरणात्मक शब्दहरुको खाँचो छ यो मुल्मीलाई, भरोशा छ मैले सदा पाउनेछु मुल्मी

Mulmiz · Sep 23, 2011 2:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all