अमेरिकी ब्यवसायी जलविद्युतमा लगानी गर्न इच्छुक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वासिङटन डिसी, आश्विन ४ - अमेरिकी लगानीकर्ताले भारतको आर्थिक उन्नतिबाट अझ बढि फाइदा लिन सकिने भन्दै नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न रुचि देखाएका छन् । नेपालमा लगानी प्रवर्धन गर्ने लक्षसाथ यहाँ आएको व्यवसायीहरुको प्रतिनिधिमण्डलसँग भएको दुई दिने बैठकमा उनीहरुले यस्तो चाहना व्यक्त गरेका हुन् । भारतमा बढिरहेको अमेरिकी लगानीको प्रतिफल दीगो बनाउन पनि नेपालमा जलविद्युत विकासआवश्यक रहेकोमा उनीहरु सहमत भएका छन् । ‘भारतमा अमेरिकीहरुको ठूलो लगानी छ, यो बढिरहेको छ, उर्जा अभाव झेलिरहेको भारतीय बजार लक्षित गरेर अमेरिकीहरु नेपालमा लगानी गर्न तयार छन्’ नेपाली प्रतिनिधि मण्डलका नेता एवं महासंघको लगानी प्रवर्धन समितिका संयोजक चन्द्र ढकालले बैठकपछि भने । नेपालमै पनि उर्जा अभाव भएकाले बजारको समस्या छैन । भारतसँग सिमापार विद्युत व्यापार प्रवर्धन गर्न हालै विश्व बैंकको सहयोगमा प्रशारण लाईन निर्माण अघि बढेकोले निकासीको ढोका खुलेको छ । हालै मात्र २५ मेघावाट भन्दा माथिका जलविद्युत आयोजनाबाट उत्पादित विजुलीको खरिददर २० प्रतिशत बढाउने निर्णय सरकारले गरेको थियो । ‘यो पनि  लगानीकर्ताका लागि थप आकर्षण भएको छ’ ढकालले भने । निर्माणाधिन नयाँ जलविद्युत ऐन अझै लगानीमैत्री भएर आउने विश्वास गरिएको छ । लगानीका अवसर र विभिन्न परियोजनाहरुका बारेमा पनि छलफल भएको उनले बताए । अमेरिकाको डिपार्टमेन्ट अफ कमर्सको अन्तर्राष्ट्रिय व्यापारविद् रायन हलोवेलले नेतृत्व गरेको टोलीमा अमेरिकाको नेशनल हाइड्रो पावर एसोसिएसनका गभर्न्मेन्ट अफेयर्स डाइरेक्टर जेफ्री लेही, युएस ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सीका दक्षिण तथा दक्षिण पुर्वीएसिया निर्देशक हेनरी स्पिन्गासलगायत बैठकमा थिए । यो एजेन्सी विभिन्न आयोजनाहरुको पूर्व सम्भाव्यता अध्ययन गर्ने निकाय हो । नेपालमा भोटेकोशी जलविद्युत आयोजनाको पूर्व सम्भाव्यता अध्ययन यही कम्पनीले गरेको थियो । ‘उनीहरुको अध्ययनलाई संसारभरी विश्वास गरिन्छ, त्यसैले हामीले यसमा पनि आउन आग्रह गर्यौ’ ढकालले भने । त्यसबाहेक यो निकायले अध्ययन भ्रमण, कार्यशाला लगायतमा ठूलो लगानी गर्ने टोलीको अर्का सदस्य काठमाडौस्थित अमेरिकी दुतावासका बरिष्ठ आर्थिक विशेषज्ञ तापश गुप्ताले बताए । सोही डिपार्टमेन्टका नविकरणीय उर्जा व्यापारविद जेनिफर डेस्टिनको नेतृत्वमा अर्को टोलीसँग पनि वेग्लै छलफल भएको थियो । टोलीमा नेपाली दुतावासका चिफ अफ प्रोटोकल अर्जुनकान्त मैनाली, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, लेखनाथ नगरपालिका उद्योग वाणिज्य संघका वावुराम जमरकटेल लगायत थिए । बैठकपछि नेपालमा लगानी ल्याउने विषयमा निकै आशावादी भएको गुप्ताले बताए । संविधान बन्ने क्रम सकिएपछि नेपालले राजनीतिक स्थायित्व लिने र द्रुत आर्थिक विकास अघि बढ्ने जानकारी नेपालीहरुले गराएका थिए । ------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------- ------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------- Let's see some opinions from sajhaites on this issue .

TuN3R · Sep 21, 2011 7:00 AM · 11,250 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all