कैले काही तिम्लाई पनि झझल्को मेरो आउछ होला ......

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा  मा माया को कम्पीटिसन चल्या राइछ , राहुल भाई र मुल्मिज को कबिता ले मन छोयो , नयाँ फुराउन फेरी बिछोड सहने आट भएन तेइ भएर पुरनै कबिता प्रस्तुत गर्दै छु । भुल भये माफ पाउ कैले काही तिम्लाई पनि झझल्को मेरो आउछ होला बाडुली लाग्दा कल्ले सम्झो भनी मलाई सम्झिन्छौ होला एकान्त म बसेर टोलाउदा मेरो सम्झना आउछ होला अनी कहिले काही पुराना दिनहरु मा हराउन मन लाग्छ होला फोन को घण्टी बज्दा मेरो नाम खोज्छौ होला SMS मा मेरो शब्द सम्जिन्छौ होला email को पन्ना मा मेरो नाम छ कि भनेर हेर्छौ होला अनी पुराना ति दिन सम्झेर कैले काही हास्छौ पनि होला एक्लै ठुलो स्वोरमा गीत भजाएर पागलले झै नाछौ पनि होला अनी सम्झेर ति दिन हरु दु:ख मा नि मुस्कुराउछौ होला दोस कस्को थियो समयलाई थाहा होला न तिम्लाई थाहा छ न मलाई भुल कस्को थियो दैब लाई सोध्नु न तिम्ले गरेउ न मैले तर सजाय त मैले नै पाए दोसी त मै नै भए कैले कही तिम्लाई पनि एस्तो लाग्छ होला पैला जस्तै हामी सँगइ भको भए, समय ले यहाँ नल्याको भए कहाँ छौ कस्तो छौ भने सोध्न सक्ने भए अनी एक पल भए नि एक अर्का को आवाज सुन्न मिल्ने भए कहिले काही तिम्लाई पनि झझल्को मेरो आउछ होला निद्रा मा मलाई ढेखेर झस्किन्छौ होला बर्बराइ मेरो नाम लिन्छौ होला पुरना diary का पन्ना हरु म मलाई भेत्छौ होला अनी फोटो हरु मा नि मेरो याद झझल्किन्छ होला अनी बिताएक पल सम्झी आशु झर्छ होला कैले कही तिम्लाई पनि याद मेरो आउछ होला

amricane · Sep 20, 2011 2:07 PM · 15,394 views

6 Replies

सदा झै राम्रो अमेरिकाने -

serial · Sep 20, 2011 2:11 PM

 nice one!

Putala · Sep 20, 2011 2:53 PM

दोस कस्को थियो समयलाई थाहा होला न तिम्लाई थाहा छ न मलाई भुल कस्को थियो दैब लाई सोध्नु न तिम्ले गरेउ न मैले तर सजाय त मैले नै पाए दोसी त मै नै भए............. -आहा !! कत्ती मीठो तर चसक्क मुटु छुने कबिता amricane दाइ ।

ThahaChaena · Sep 20, 2011 8:09 PM

sahi dami lekhyau ni amricane bro timile...

Smaran · Sep 20, 2011 8:24 PM

अम्रिकने साथी, मेरो पनि सानो जबाफ है - उनीले त तिमीलाई साँच्चै भुलिन् बिगतलाई भुली, बर्तमानमा नै रमिन् सोचेका थियौ, तिमीहरुको साथ सदा हुनेछ तर खै के भयो, त्यो सपना त बिच मै टुटेछ 

mulmiz · Sep 20, 2011 10:32 PM

Amricane yo kabita ta mero uni lai shattire hanera lekhya jastai bho ta....mero jiban sanga mel khayo bro...superb

Deported · Sep 20, 2011 10:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all