la hasau yakchin

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

व्यङ्ग्यः गुँदपाक बुलेटिन By mysansar, on September 17th, 2011 वाणिज्य विभागले गुँदपाक भण्डारमा छापा मारेपछि आजभोलि सहर बजारमा जताततै गुँदपाककै चर्चा छ। त्यस्तै चर्चालाई व्यङ्ग्यको रुप दिएका छन् चिरञ्जीवी पौडेलले- बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। अस्पतालको सैय्याबाट उनले भनिन्, ‘यो भन्दा त बरु गू नै कोच्याएको भए कम्तिमा अस्पताल त आउन पर्दैनथ्यो।’ प्रत्यक्षदर्शीहरुका अनुसार महिलाकी कान्छी छोरीको अनुहारमा पनि गुँदपाकका छिटाहरु परेको थियो। गुँदपाक ख्वाएर ज्यान मार्ने उद्योग गरेको भन्दै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका छन्। स्थानीय मानवअधिकारवादी संघ–संस्थाहरुले गुँदपाक र रसभरी खुवाउनेलाई कडाभन्दा कडा कारवाहीका लागि सरकारसमक्ष माग गरेका छन्। गुँदपाक खाएर आत्महत्या प्रेममा असफल भएपछि एक तेस्रोलिंगी युवतीले गुँदपाक खाएर आत्महत्या गरेकी छिन्। आफूजस्तै अर्की युवतीसित बिहे गर्न खोज्दा परिवारले अस्वीकार गरेपछि आत्महत्याको बाटो रोजेको उनले बताइन्। उनको शव नजिकै एउटा सुसाइड नोट र गुँदपाकको खाली पोका भेटिएको प्रहरीले जनाएको छ। युवतीका ‘फादर’ भन्छन्, ‘मुसा मार्न भनेर घरमा एक प्याकेट गुँदपाक ल्याएको त ‘डटर’ले ‘मिडनाइट’मा कोप्ल्याक्क पारिछ। मेरो त ‘शिप’ नै डुब्यो।’ मृतक युवतीले भने स्वादिलो तथा चाँडो असर गर्ने भएकाले आफूले मृत्युका लागि गुँदपाक नै रोजेको सुसाइड नोटमा बताइन्। विष व्यवसायीहरु मर्कामा गुँदपाक लगायतका खाद्य वस्तुहरु विषाक्त रहेको पाइन थालेपछि असली विष उत्पादकहरु विस्थापित हुन थालेका छन्। उनीहरुले वाणिज्य विभागले गरिरहेको बजार अनुगमन तत्कालै रोक्न माग पनि गरेका छन्। विष व्यवसायीहरुका अनुसार वाणिज्य विभागले अनुगमन थालेलगत्तै विषको बजार घट्न सुरु भएको हो। आत्महत्याका लागि मानिसहरुले ठूलो परिमाणमा विष उपभोग गर्ने गरेकोमा अहिले त्यसको ठाउँ गुँदपाक र मिष्ठान्नहरुले लिन थालेको छ। उपभोक्ताहरुले भने विष उत्पादकहरुकै कारण उनीहरुको बजार संकटमा परेको आरोप लगाएका छन्। विषमा अत्यधिक मिसावट हुने गरेकाले यसको प्रभावकारिता त्यति नरहेको उनीहरुको दावी छ। अब एकैछिन कमर्सियल ब्रेक- विज्ञापन श्रीमती हैन यो मध्यरातमा के गर्न लाग्नुभएको? श्रीमानः देखिनौ, झुण्डिएर आत्महत्या गर्न लागेको! श्रीमतीः आत्महत्या गर्न पनि सिलिङमा झुण्डिरहनु पर्छ त? एक पाकेट गुँदपाक किनेर खाए त भइहाल्छ नि ! श्रीमान : ए हो र? अनि यो कहाँ पाइन्छ नि? श्रीमतीः न्यूरोड गेटसँगै रहेको गुँदपाक भण्डारमा। श्रीमानः महंगो पनि त होला? श्रीमतीः गुणस्तरका लागि दुई–चार पैसाको मुख हेर्नु पनि त भएन नि! श्रीमानः त्यो त हो। म भोलि नै न्यूरोडमा रहेको गुँदपाक भण्डारमा जान्छु। दुवै : बालकदेखि बृद्धसम्मका लागि न्यूरोडको गुँदपाक। बच्चा : यसको स्वाद पनि कत्ति मिठो छ! (तपाईं पनि अकाल मृत्युको सपना साकार पार्न चाहनुहुन्छ भने न्यूरोडको गुँदपाक भण्डारमा सम्पर्क राख्नुहोला!) यसका साथै आजको हाम्रो यो गुँदपाक बुलेटिनको समय यहीँ सकिएको छ। ताजा अपडेटका लागि हेर्दै गर्नुस् गुँदपाकभित्रको खबर…. [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati...">

rajeshdai · Sep 17, 2011 9:57 PM · 4,701 views

1 Reply

tyo newroad ko gudpak bhandar banda chha ki khula nai chha? tesko video herna paye hunthiyo.

jhapaliketo · Sep 18, 2011 6:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all