❤ नाज ❤

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भन्छन मान्छे मरे पछि उ परलोक पुग्छ ! तर एदी उसको केहि अन्तिम इछ्या पुगेको छैन भने  उसको प्रेत आत्मा येही संसारमा घुमी रहन्छ ! म नाज होइन ! नाज को मृतक प्रेत आत्मा हो ! मेरो मनमा लागेका अन्तिम कुरा पोखाउँन मन लाग्यो ! शायेद तेस पछि मलाई साझा संसार त्यागी परलोक तर्न सजिलो हुँदो हो ! कृपया न तर्सिनुस र मेरा अन्तिम शब्दहरु पढ़िदिनुस ! लामो छ , धैर्यताका साथि पढ़िदिनुस ! धन्य हुने छु, मेरो मृतक आत्मालाइ परलोक पार गरिदिनु भाको मा ! सन्दर्भ: साझाका त्यो धागोका प्रतिक्रियाहरु मध्य मलाई सिर्फ बोदमास ब्रोको शब्द एक दम मिठो लाग्यो, एक दम मन पर्यो - "अ सेल्फ कर्रेक्तिंग सिस्टम" ! के हो त यो "अ सेल्फ कर्रेक्तिंग सिस्टम" ? के साझा मा यो सिस्टम लागु गरिएको छैन ?  लु  हेरम नियालेर ! पहिलो कुरा: साझामा सबलाइ आफ्नो धारणा राख्ने अधिकार छ ! माफी पाउ अधिकार भन्न मिल्दैन ! यो "साझा" साझा सम्पति होइन, निजि सम्पति हो  ! भनौ "प्रिभिलेज" छ ! एक जना ले धागो खोल्छ ! त्यो धागोमा अरुहरु आइ क्रिया-प्रतिक्रिया गर्छन ! जब कसैले त्यो धागो खोल्छ, त्यो धागो को पूर्ण स्वमित्वो तेही धागो खोल्ने व्यक्तिको मात्र हुन्छ ! उसले चाहेको व्यक्तिको कमेंट त्यो धागोमा राख्ने र मेत्ताउने अधिकार यो सिस्टमले प्रदान गरिदेको छ ! अ:त, त्यो व्यक्ति आफुले खोलेको धागोलाइ पूर्ण रुपमा कन्ट्रोल गर्ने क्षमता यो सिस्टमले प्रदान गरिदेको छ ! दोस्रो कुरा: एक जनाले धागो खोल्छ ! त्यो धागो आपत्तिजनक छ ! त्यो धागोको एदी कुनै औचित्य छैन भने  मात्र १५ जनाले "डाउन भोट" गरिदेमा त्यो धागो को त्यो पोस्ट सदाका लागि साझा को चिहान घाटमा पुगिन्छ ! साझाको यो सिस्टमले हरेक साझा बासिलाइ "एम्पावर" गरिदेका छन् ! तेस्रो कुरा: हामि सचेत प्राणि हौ ! हामि ज्ञानी प्राणि हौ ! एदी तिमिलाइ तिम्रो अधिकारको माया लाग्छ भने तिमिले पनि अर्काको अधिकार लाइ माया गर्न सिक ! तिमि आफुलाइ ज्ञानी सम्झिन्छौ, बुद्धिजीवि सम्झिन्छौ ! तर सबै जनालाइ इश्वोरले समान बनाएको छैन ! यो साझा मा म जस्तो "निच", "घृणित", "अश्लिल", "मुर्ख" व्यक्तिहरु पानि आउँछन ! उनिहरुलाइ सम्मानको दृस्टीले हेर्न क्षमता तिम्रोमा छैन भने उसलाईमाया को भावनाले हेर्ने कोशीस गर, क्षमा र करुणाको भावनाले हेर्ने कोशिश गर अनि भगवानलाइ धन्य देउ कि तिमिलाइ भगवानले यो सत-बुद्धि आशिर्वाद सरह प्रदान गरिदिएको छ ! जब म जस्तो "अश्लिल" व्यक्ति ले खोलेको धागो तिमिले देख्छौ, कृपया तिमि त्यो धागो नखोलिदिनुस ! त्यो धागोले तिमिलाइ अश्लिलताको दुर्गन्ध पहिला नै दि सकेको छ ! तिमिलाइ थाहा छ त्यो "निच" र "मुर्ख" नाजको धागोमा "अश्लिलता" बाहेक केहि पाइन्दैन ! तेसैले तिमि भित्र नआइदेउ ! तिमिलाइ तिम्रो कन्चटमा कसैले बन्दुकको नाली तेर्स्याएको छैन ! ल ठिक छ ! तिमि भित्र आयेउ ! तिमिलाइ स्वागत छ ! मेरो हृदयमा सबको लागि स्वागत छ ! मेरो घरमा सबै को लागि स्वागत छ ! भन्छन पाहुना भगवानको स्वरूप हो ! तिमि मेरो पाहुना हो ! तिमीले मेरो धागो खोलेर मलाई धन्य बनाई दियो ! म तिमि प्रति धेरै आभारी छु ! तिमिलाइ मेरो लेख मिठो लाग्यो ! तिमिले दुइ सब्द मिठो बोलि मेरो लेख को कदर गरिदियो, अमेरिका जस्तो ठाउँमा जहा समयको अभाव छ, तिमिले आफ्नो अमुल्य समय मेरो धागोमा बितायेउ ! तेती मात्र नभएर तिमिले प्रतिक्रिया जनायेउ ! केहि मिठो कमेन्ट गरिदियेउ ! धन्य छ तिमिलाइ ! अनि धन्य छ मलाई ! मेरो लेखले तिम्रो अनुहारमा हाँसो ल्याएकोमा, तिम्रो थकाइमा एउटा मिठो स्फूर्ति जगाईदेकोमा ! तर होइन तिमिलाइ मेरो व्यंग, मेरो ठत्याईमा आश्लिलताको गन्ध आयो ! तिमिलाइ मेरो कुरा पचेन ! तिमिले मेरो धागोमा "डाउन भोट" गरि त्यो धागोलाइ मेटाइदेउ ! तर तेतीले मात्र तिमीलाई म प्रतिको घृणा को तृष्णा मेत्तिएंन भने स्वागत छ तिमिलाइ मेरो सोचाइलाइ थुक्न, मलाइ होच्याउन अनि अश्लिल शब्द प्रयोग गरेर मलाई गालि गर्न ! एदी तिमीलाई तेतीले मात्र पुगेंन भने मेरो बिरुद्ध नारा लगाउन, एउटा नया धागो खोलि मलाई गिराउन र मलाई नंग्याउन ! मलाई साझामा नंग्याएको त्यो दिन ! केहि दिन अगाडी म माथि साझाका सब मित्रहरु ओर्लिए, मलाई झपारे, गालि गलौच गरे ! यो कुनै नौलो कुरा होइन !  केहि बर्ष अगाडीको कुरा हो ! साझामा मेरो रवर, मेरो तेवर अनि मेरो लेखाईहरु प्रति दिक्क भै केहि साथिहरुले मेरो बिरुद्ध नारा लगाए, अस्तिकै जस्तै धेरै नया धागो खोलि गालि गरे ! ति धागोहरु मध्ये एउटा धागोले मलाइ नंग्याउने कोशिश गरे ! म बिद्यार्थी जीवनमा "लौन्द्री"मा काम गर्थे ! लौन्द्रीमा काम गर्नेको लौन्द्रीको सोच भनेर मलाइ होच्याये ! तर त्यो मित्रलाइ एती चै था थियो कि म पनि गैंडाको छालाले बनेको मानिस हु भनेर ! तेसैले मलाई प्रहार गर्न, मेरो मन टुक्राउन उनले म संग सम्बन्धित व्यक्तिहरुको नाम लि साझामा उनीहरुलाइ गाली गरे ! उनिहरु लाइ था थियो, म आफुलाइ प्रहार गरेको शब्द बाण सजिलै पचाउनु सक्छु तर मेरो प्रिय आफन्तजनहरुलाइ प्रहार गर्दा मेरो मुटु छिया छिया भो ! त्यो मित्र मेरो नजिकैको मित्र हुनु पर्छ ! किनकी उसले पोखायेका कुराहरु मलाई राम्ररी चिन्ने व्यक्तिले मात्र गर्न सक्थियो ! मैले के गरे ? मैले तेही गरे जो मेरो आत्मामा गढ़ियेर बसेको छ ! माया, विनम्रता, करुणा, क्षमा र प्रेम ! हो शायेद म "आश्लिलता"को चरम नुमुना होला, मेरो दिमागमा "अश्लिलता"को गोबर भरेको छ होला तर मेरो हृदय र आत्मा माया, प्रेम, करुणा, दया र क्षमाले भरेको छ ! मैले उसलाई बिनम्र भएर गुहारे ! मेरो मिठो गुहारले उसको रिस ठण्डा गरिदियो अनि उसले विवस भै म संग माफी मागी त्यो धागो आफैले मेत्ताई दियो ! आखिर प्रेम र क्षमाको बिजय भो ! घृणाको पराजय ! एस्ता धेरै नमुनाहरु मेरो लेख प्रति तिमिले पाउने छौ ! समय छ भने जाउ, खोल मेरा ति पुराना धागोहरु ! म कसैलाई कोत्याउन्दीन, कसै संग जोडी खोजि हिँडदिन ! आज सम्म मलाई नै सबले छेडेको छ , निहु खोजेको छ, लत्याएका छन् ! मलाइ प्रहार गरेको धागोहरुमा म सके सम्म हासो ठट्टा गरेर उडाउने कोशीस गर्छु ! तर कहिले काही अत्तिनै गर्यो भने मेरो नि कन्चट तत्तिन्छ र म पनि हपार्छु ! तर मेरो गालिमा पनि नम्र बन्ने कोशिश गर्छु ! म उसलाई तेतीनै गालि गर्छु, जति उसले मलाई  गालि गर्छ ! त्यो भन्दा हद म पार गर्दिन ! त्यो उ प्रतिको मेरो "टफ लभ" मात्र हो ! पछि मलाई हिनताको बोध भइहाल्छ , अनि दाइले भाइलाइ फकाएको जस्तै  क्षमा याचाना पनि माग्दछु ! ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ? To whom it may concern Reply: NAS is GOD यो गोब्रे फ्याट बिस्टले मलाई बुढोई बनाई छाड्ने भो ! हुँ द फक इज NAS So Sick of NAS नाज अनि साझा : किन आउंछन त् नाज साझा मा ("ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?" -  बाट उधृत पंक्ति ) "साझा त यिन्कै बाउको बिर्ता जस्तो पो गर्छन जाँठा ढक्कनहरु..... नढाटी कन भन त तिमीहरु पढ्न आ को कि सड्न ?" - "गोरे" को प्रश्न "खोइ साथि, म चै पढ्नै भनेर आको जस्तो लाग्छ ! अमेरिकन खैरेहरुले चिल्लि- म्याक खाएर हगेको आची सफा गर्ने सौभाग्य त् पाइन् तर उनिहरुले लाको कट्टुहरु चै थुप्रै धुइयो ! धनिका सन्तान परिन ! त्यो करोडौ रुपिया भ्रस्टाचार गरेर अम्रिकामा ग्यास स्टेसन खोल्ने मन्त्रिका छोरा नि परिन ! बाउ-आमाले एउटा भाको काठमाण्डौको पुरानो माटोको घर बन्दकी राखेर जसो तसो एक सेमेस्टरको पैसा र पिलेन को टिकेट हात मा हालिदेका थिया ! बाबु खाजा खा भनेर दुइ सय दल्लर क्याश हातमा थमाइ देका थिए मेरो बुढो बाउ ले ! अनि अम्रिकामा छिरे ! न आफ्नो कोइ थियो, न परायाका कोइ ! अनि त् खुब धोइयो तेही "खैरेका" कट्टु, ब्रा र पेन्टी ब्याचेलर नसकुनी सम्म ! एउटा डिग्री सकाएँ , अर्को डिग्रीको लोभ ! अर्को डिग्री सकाएँ, माईनर को लोभ ! दुइटा माइनर झन्डै झन्डै सकाउँन आटेको बेला, साहुले बिजनेस छोडिदियो ! मेरो पढ्ने धोको पनि सक्कियो ! तेसपछी राम्रो काम खोजि केहि पैसा बटुले ! बुढोको एउतै धोको थियो - सिमेंतीको घरमा बस्ने ! जम्मा गरेको पैसा र क्रेडिट कार्ड बाट लोन लि बुढोको धोको पनि पुरा गरिदियो ! बुढोले चाएको भा उहिले नि ठदौथियो होला काठमाण्डौमा सिमेंतीको घर तर मेरा बूढा बुढीले सानै देखि हाम्रा पढाईमा सारा धन खर्चियो ! अनपढ गवाँर थिए मेरा बूढा-बुढी ! सारा सन्तान नै कालो अक्षर भैसी बराबर ! अनि साखा सन्तान मध्य अहिले सबै भन्दा पढेका मै गोब्रे परे ! ब्यचेलोर पछिको केहि बचत बाट केहि सुन किनी अनि बाकिको मास्टरी गर्नेमा खर्चिंदै छु ! अहिले पहिले जस्तो ति "खैरेहरु" को कट्टु धुनु परेको छैन ! परे फेरी पनि धुने छु, पढाई को लागि ! मेरी आमा नि निक्कै बाठी छे ! अनपढ आमा, आफैले आफैलाइ पढाए ! अहिले ल्यापटपमा एन्ग्लिश इमेल आफै टाईप गरि पठाउछे ! आमा आकी थिन अस्ति अम्रिकामा ! खुब गालि गरिन - "ओई गोब्रे ! त यहा अम्रिकामा १२ बर्ष बसिस, खोइ त् तेरा "खैरे" साथि", खोइ त् तेरो "नेटवोर्किंग"?  कसरि सम्झौनी उनलाई ! दिन भरि कट्टु धोयो, रात भरि कलेज पढीयो, अनि के खानु नेटवोर्किंग ! गरियो खुब नेटवोर्किंग साझामा ! तेही हो मेरो नेटवोर्किंग !" समिक्ष्या र मेरो कथा ! मेरी प्यारी समिक्ष्या त्यो दिन भरखरै साझामा नया पाहुना थियीन ! उनले खोलेको धागोमा सहायताको लागि गुहारेकी थियिन ! मैले त्यो धागो देखि ख्याल ठट्टामा व्यंगगर्दै एउटा लेख लेखि पोस्ट गरिदिए ! त्यो पोस्ट मा मैले एउटा छाडी नर्सको फोटो टालि, "समिक्ष्या, तिमिलाइ मदत गर्न पहिला भन , के तिमि यी नर्स जस्तै कामुक छेउ ?" भनेर पोस्ट लेखे ! त्यो मेरो व्यंग थियो ! तर शायेद उचित थिएँन होला ! तर मेरी समिक्ष्याले त्यसलाई व्यंगकै रुपमा लियीन अनि मिठो संग "नाज दाइ" भनि प्रतिउत्तर गरिन ! उसको मिठो बोलिले मेरो दिमागमा ज्ञानको ज्योति बालि दियो ! मलाई मेरो कार्य उचित लागेंन !  मैले त्यो पोस्ट सच्याई उनि संग माफी मागे ! हो ! यो हो प्रेम ! यो हो धैर्यता ! यो हो क्षमा ! अनि यो हो असल मानिस को नमुना - मेरी समिक्ष्या ! Help!! Provide me suggestions :( भगवान बुद्ध र अन्गुलिमाल : करुणा र घृणा जीवनमा केहि व्यक्तिबात प्रभावित व्यक्तिहरु मध्ये भगवान बुद्ध मेरो लिस्टको प्रथम श्रेणीमा पर्दछ ! मलाई अन्गुलिमालको कथा याद आयो ! उ जस्तो भंक्यर, नर पिचास कसरि भगवान बुद्धको माया, प्रेम र करुणाबात ओत प्रोत भइ एउटा साधु भए ! प्रेम को सधै बिजय हुन्छ किन कि प्रेममा नै संसार अडिरहेको छ ! आखिर अन्गुलिमाल जस्तो पिचास त साधु हुने सामार्थ राख्न सक्छ भने म त मानिस हु ! मलाई पनि मौका देउ तिमिहरु जस्तो असल बन्न, ज्ञानी र बुद्धिजीवि बन्न ! मलाई नि मौका देउ तिमि हरु को मान सम्मान पाउन र मिठो शब्दको माला लाउँन ! मलाई लाग्छ समय र परिस्थितिले मानिसलाइ हुर्क्याउँछ ! म  त्यो सानो घिन लाग्दो बिज हो तर मलाई माया गरे त्यो बिज बाट भोलि गुलाबको फुल उम्रिने छ ! तेस बाट सुगन्ध आउने छ ! तर त्यो फुल्ने क्रममा मेरो शरीर बाट काँढाहरु पनि निस्किने छ ! त्यो काँढा देखेर मलाई न मिल्क्यैदेउ , न मारी देउ !  म साझाबात बिदा लिएको दिन: "Hi NAS" जब "Bye NAS" मा परिणत भयो साझामा खोइ किन हो मेरै चर्चा बेसी हुन्छ ! म अचम्म पर्छु ! मैले चाहेर होइन तर पनि चर्चामा आइन्छ ! सौभाग्य भनु कि दुर्भाग्य ! त्यो दिन एउटा धागोमा फेरी मेरो अतितका कुरा कोट्याउने प्रयास गरिएको थियो ! तेत्रो बर्ष म सांझामा बसे, धेरै जनाको गालि गलौच खाए तर पनि साझा प्रतिको प्रेमले मलाई लाज पचाएर भएपनि साझामा राखेको थिय ! म एक दम ढीड व्यक्ति हु ! जे गर्छु भन्यो गरि हाल्ने ! दुइटा कुरा गर्न सकिराको थिएँन - आफ्नो शारीरिक वजन कम गर्न र साझालाइ छोड्न ! आठ महिना भो डाएटिंग गरेको भात नखाईकन, कसरत गर्न समय छैन , काम जानु पर्छ , कलेज जान पर्छ - डाएटिंग गरि गरि वजन कम गरे ! तर त्यो दिन शायेद साझालाइ छोड्नु पर्ने दिन थियो होला किन भने त्यो धागो बात फेरी मेरो प्यारा अफंताहरुलाइ गालि गर्न मौका दिन चहान्नथे ! तेसैले मैले गर्न नासकिराको काम पुरा गरे ! मैले साझा बात हमेशाको लागि बिदा मागे ! प्रेम को फेरी बिजय : मेरी चिया, समिक्ष्या, "पिस इन हेभेन" अनि अनगिन्ती मेस्सेजहरु: "Sweet Dilemma" मन सार्है खिन्न लागेको थियो साझालाइ बिदा गर्न ! मलाई लागेको थियो मेरो कुनै पनि औचित्य छैन अब साझामा ! साँचीनै म सबै बात अवहेलित भए , धिक्कारिये , सबैको घृणाको पात्र मात्र भए जस्तो लाग्यो ! म पहिलो पल्ट जीवनमा पराजित भएको जस्तो लाग्यो ! जीवनमा मैले सधै सबै  कुरामा उत्कृस्टता हासिल गर्न सफल भएको छु ! मलाई मेरी बुढीले भनेकी थियिन - "छोरो तँ पाउँदा, गुरुले भनेको थियो तँ मा सरस्वतिले बास बसेको छ" ! पढ्नमा लगनशिल छु, गीत संगीत देखि, भिडिओग्राफी आदि इत्यादीमा पनि गहिरो रुची छ ! तर अहिले सम्म लक्ष्मीमाताले बास लिएकी छैनन्...रिसेस्सन जो लाग्यो वालेटमा ! खैर ....त्यो दिन म पराजित भएको जस्तो लाग्यो ! साझा बन्द गर्छु भनेर बन्द गर्ने बेलामा "इउ गाट अ मेस्सेज" भनेर संकेत आयो ! खोलि हेरेको मेरी समिक्ष्याको मिठो खबर पाए ! फेरी एक्कै छिनमा मेरी प्यारी मायालु चिया को मेस्सेजले मेरो आँखा भिजाई दियो ! उनिहरुले मलाई कति धेरै माया गर्दो रहेछ भनेर मैले बुझे ! मेरो मन भावुकताले भाव बिभोर भयो, आत्मा देखि नै हर्ष जाग्यो ! त्यो हर्ष मेरो आशुमा परिणत भयो ! पछि साझा खोलि हेर्दा धेरै सुभ चिन्तकहरु ले मलाई बोलाउनु भो ! मैले कठोरताको साथ् बिदा लिएको मुटु फेरी पग्लियो ! अनि म फेरी साझामा आए ! मेरी चिया, मलाई थाहा छैन तिमि कहा छौ भनेर ! तर तिम्रो माया पाएर म धेरै नै सौभाग्य भएको छु ! न मैले तिमिलाइ देखेको छु, न त तिमि ले मलाइ ! त्यो माया भौतिक नभई आध्यात्मिक माया हो ! यो दुइ आत्मा को साँचो माया हो ! तिमिले साझालाइ छोडेर गयेउ अनि म बाट पनि बीदा लियेउ तर हाम्रो एक अर्का प्रतिको माया अविरल समय सम्म चोखो भइरहेने छ ! सदाको लागि तिमि मेरो मन, मस्तिस्क र आत्मामा हुने छौ ! म धन्य छु तिम्रो माया र प्रेम पाएर ! तिमिले भनेका थियेउ म तिम्रो "मिठो सपना" हु भनेर ! बिपनामा तिम्रो साथ् दिन नसके पनि सपनामा दिने छु ! यो बाचा तिमिलाइ ! मेरो धागो पढी तिमि डांको छोडी रोयेउ ! मेरो त्यो मनोसाय थिएँन मेरी चिया ! तिम्रो अनुहारको मुस्कान सित आँखाको आँशु पनि बन्न पुगे ! मेरी राधे, माफी देउ तिम्रो साझा संसारको "कृष्ण"लाइ ! ❤ ❤ An Obituary :: Rest In Peace :: Nas ❤❤ "पावर कर्रप्ट्स; एबसोल्युट  पावर कर्रप्ट्स एबसोल्युटली" : हाकीम साप,  पावरको मात, नया साझा, नया नेपाल म साझालाइ सानो नेपाल मान्दछु ! यो नेपालीहरु को "कलेक्टिभ अँनकान्सियौसनेस" को थलो हो ! नेपाल को मैक्रोकज्म हो ! नेपालमा जस्तै यहा हरेक किसिमको सोचाई भएका व्यक्तिहरु फेला पर्छन ! सबै आफ्नै तरिकाले मौलिक छन् ! जस्तै नेपालमा जातियताको आधारमा कोइ ठुला हुँदैन, साझामा पनि कोइ लेखाई को आधारमा ठुलो भइन्न ! यो मेरो व्यक्तिगत सोचाई हो ! यहाँ सबैको लेख को कदर गर्नु पर्छ, राहुलभाइजी को साहित्य देखि नाज, फ्याट बिस्ट, रोदिओहेड, पुराना कागजको अश्लिल साहित्य सम्म ! एदी कदर गर्नु सक्नु भएँन भने हाम्रो "प्रिविलेज" हामि बाट नखोस्नुस ! हामीले कसैको साहित्यको धागोमा आएर क्षेरी देका छैनौ ! हामीलाइ आफ्नै धागोमा रमाउन दिनुस ! तपाईहरु आफ्नै संसारमा रामिनु होस् ! एदी साझाका मित्रहरु लाइ हाम्रो अश्लिल लेख प्रति घृणा छ भने,  तपाईहरु साझामा भजन गाइ भगवान को ज्ञान गुणले भरेको कथा लेख्नुस र साझा मा तेस्ता धागोहरुले "फ्लड" गरि हाम्रो धागोलाइ हटाई दिनुस ! साझालाइ धार्मिक स्थलमा परिणत गरि साझालाइ मन्दिर बनाईदिनुस ! तर होइन तपाईहरुलाइ त निरङ्कुश शासक चाहेको छ ! माफी, "अ बिनोभेलेंत" शासक जो हजुर जस्ता सोचाई भएका राम्रा राम्रा धागोहरु लाइ मात्र साझामा राख्ने सामर्थ गर्छन ! हामि जस्ताको त अस्तित्व देख्न पनि चाहन हुन्न ! शायेद तपाईहरु नै होलान नेपालको माओबादी बिरुद्ध यू.एन अगाडी चर्को आवाज उठाउने अनि साझामा हामि जस्ता "अश्लिल" व्यक्तिहरु को प्रिभिलेज हनन गर्ने ! धिक्कार छ ! हाकिम सापले बडो मज्जा को साथमा "टलरेंस" को कुरा उठाउनु भो ! तर जब मेरा मित्र "यो त भएननि सोम" अनि "धिरज ओझा" ले हाकिम साप बिरुद्ध बोले, उहाले "टलरेंस"को उच्च नमुना देखाई हाल्नु भो नि ! शायेद ओझा सरको कमेन्टमात्र डिलिट गरिदेको भा हुन्थियो होला तर होइन उसको त बिनासै पो गरिदेछन् त ! अनि मेरो साझाका परम मित्र "यो त भएननि सोम" पनि अहिले साझाको आर्य घाटमा कुहिबसिराको होला ! निरङ्कुश हाकिम सापले तिमीहरुको हत्या गरि तिमिहरु लाइ सहिद मात्र बनाइदेका हुँन ! तिम्रो मृत्युमा मलाई गर्भ छ ! तिमिले साहस गरि तानासाही हाकिमसापसंग मुख लाग्येउ, बाँकीका चिप्ले विद्वान साथिहरुले जस्तो उहाको धुनमा मुरली फुकेनौ ! साथि, साझाका थोरै व्यक्तित्वहरुका नाम मेरो दिमागमा आउंछ त्येस मध्ये तिमि दुवै संधै मेरो मस्तिस्कमा रहने छौ  ! तिमिहरु ति विद्वानले जस्तो लेख लेख्न नसके पनि तिमि दुवैमा मैले मौलिकता देखेको छु , आफ्नै किसिम को छुट्टै प्रतिभा देखेको छु ! त्यो प्रतिभा देख्न चर्मचक्छु भएर मात्र पुग्दैन, तेस्को लागि त हृदय चाहिन्छ जो थोरै साझा बासिमा छन् ! अमेरिका अनि साझा  : किन म यो रास्ट्रलाइ र यो साइतलाइ यति धेरै माया गर्छु ? म नेपालमा जन्मे तर विदेशमा हुर्के ! मेरो मन अनि अन्तरआत्मा नेपाली हो तर मेरो सोचाई बिदेशी हो ! मलाई नेपाल पछि अमेरिका एक दम प्यारो लाग्छ ! जब डाक्टर रन पल लाइ चिन्ने सौभाग्य पाए, मेरो राजनैतिक धारणामा धेरै परिवर्तन आयो मानौ मेरो सोचाईमा क्रान्ति नै आयो ! नेपाल डेमोक्र्याटिक देश हो ! इतस अ डेमोक्रेसी ! अमेरिका होइन ! "प्लेज अफ अलिजीएनस" का पाना पल्टै हेर्नुस, यो पाइन्छ ! "I pledge allegiance to the Flag, of the United States of America and to the Republic for which it stands, One Nation, under God Indivisible, with Liberty and Justice for All " के हो त यो रिपब्लिक अनि के हो त  डेमोक्रेसी ? डेमोक्रेसी जहा तपाईहरु जस्ता ५१ प्रतिशत ज्ञानी, बुद्धिजीवी, सभ्य र भद्र भलाद्मीले, हामी जस्ता ४९ प्रतिशत जनाको अधिकार हनन गर्न पाउनु हुन्छ ! रिपब्लिक जहाँ तपाईहरु जस्ता ९९ प्रतिशत ज्ञानी, बुद्धिजीवी, सभ्य र भद्र भलाद्मीबाट नाज जस्ता अश्लिल र असभ्य एक प्रतिशत व्यक्तिको अधिकारलाइ बचाएर राख्छ ! मलाई अफसोच र बिडम्बना लाग्छ ! साझा डेमोक्रेसी भएको मा ! अमेरिकामा बसेर किन अमेरिकी सोच नआएको ! खैर साझासंग प्रसंग मिलाउन मिल्दैन ! अघि भनेको जस्तो यो हाम्रो साझा सम्पति होइन, हाकिम सापको निजि सम्पति हो र हाकिम साप ले भनेको जस्तो हामिले हाकिम साप लाइ ट्याक्स बुझाउनु पर्दैन ! यो त सोचाई मात्र  हो , एउता व्यक्तिगत "प्रिन्सिपल" मात्र हो ! हाकिम सापको आफ्नै तर्क बितर्क होला ! यो मेरो निजि सोचाई मात्र हो ! तेसैले मलाई बोदमास ब्रोको सोच मन पर्छ ! मलाई डेमोक्रेसी होइन रिपब्लिक मन पर्छ ! मलाई तानासाही र बिनोभेलेंत" शासकको सिस्टम होइन बोदमास ब्रोको "अ सेल्फ कर्रेक्तिंग सिस्टम" मन पर्छ ! त्यो "सेल्फ कर्रेक्तिंग सिस्टम" तब आउंछ जब मनिषको सोचमा परवर्तन आउंछ ! जब आन्तरिक क्रान्ति हुन्छ अनि मात्र भौतिक क्रान्ति सम्भव, सक्षम र सफल  हुन्छ किन भने आन्तरिक क्रान्ति अध्यात्मिक क्रान्ति हो, आत्मिक क्रान्ति हो ! इट्स अ डिभाइन रेभोल्युसन् - अ रेभोल्युसन् अफ पिस, लभ एंड हार्मोनी  ! शायेद म भित्र पनि क्रान्ति आयो होला  र मेरो सोचहरु पनि समयसंग परिवर्तन भयो होला !  म पनि शायेद त्यो अघिको घिन लाग्दो बिज बाट एउटा गुलाबको फुल बन्ने तिर "इभल्व" हुँदै छु होला ! मलाई समयले परिवर्तन गर्दै छ होला ! परिस्थितिको मार ले मेरो बुद्धिमा केहि सतबुद्धि फलिन्दै छ होला ! म येही कुरा सोच्दछु अनि येही कुरा अरुमाथि लागु गर्दछु ! तेसैले म कसैलाई अवहेलना गर्न सक्दिन, घृणा गर्न सक्दिन ! म अरुलाइ पनि तेही मौका दिन चाहन्छु जुन मौका भगवानले मलाइ दिएको छ ! परिवर्तन नै संसार को नियम हो ! एउटा भुसुना समयको कालचक्रमा परि मानिस बन्ने सामार्थ लिन सक्छ ! एउटा मनिष समयको कालचक्रमा परि भगवान बुद्ध बन्ने सामार्थ  लिन सक्छ ! तेसैले म जस्तो अन्गुलीमाललाइ मृत्युको सजया नदिनुस ! मलाई साझाको ज्ञानी, बुद्धिजीवि, सभ्य र असल व्यक्ति बन्नु छैन ! मलाई नाज नै बन्नु छ ! चंचल, चटपटे, स्वच्छ हृदय भएको "अश्लिल" नाज ! अनि म जस्ता "अश्लिल" फ्याट बिस्ट, पुराना कागज, रोडिओ हेड़को संगत मन्पराउन्छु ! किन कि मैले उनिहरुको प्रतिभा देखे, मौलिकता देखे जो साझाका ज्ञानी, बुद्धिजीवि, असल व्यक्तिले कहिले देख्न सकेन ! मित्र नधिक्कार तिमिले अफ्फैले आफैलाइ ! गर्व गर कि हामि जस्ता खराब, कुहिएका, सडेका, गलेका, वाइयात, निच र घृणित पात्र को दजाई बाट मात्र यी ठुला बडाहरु आफुलाइ ठुला देख्न सक्छ ! हाम्रो खराबी ले उनिहरुको महानता झल्काई दिएका छौ  ! हामी साझामा भएँन भने को संग दाँजी उहाहरु ठुलो हुन्छ र ! हाम्रो अस्तित्वमा नै उहाहरुको अस्तित्व उजागर हुन्छ ! धन्य छ साथि तिमि लाइ ! तिमि निडर भएर आफु हुन् बाट हिच्कियेंन ! महानताको खोक्रो नकाब लगाउन परेंन ! म तिमि प्रति नतमस्तक मात्र हुन् सक्छु मेरा सब "अस्लिल" साथि हरु ! हाकिम साप के तिम्रो संसारमा हामी जस्ताको कुनै औचित्य छैन ? हाकिम साब : अ ब्रदर फ्रम अनदर मदर हाकिम साप प्रति मेरो ज्यादै माया छ, स्नेह छ र हाकिम सापलाइ म मन भित्र देखि नै धेरै कदर गर्छु ! एदी साझामा नाजको उतौलोपनलाइ कसैले "टलरेट" गरेको छ भने, ऊहा हाम्रा एक मात्र हाकिम साप हुनहुन्छ ! हाकिम सापको दर्शन साझामा धेरै गरियो तर जीवनमा एक चोटी मात्र गर्ने मौका पाए ! एक दम छोटो र मिठो भेट घाट थियो ! यो लेख  हाकिम साप लाइ ताना कश्न लेखेको होइन ! हाकिम साप प्रति को मेरो माया त् यो मेरो केहि साल पुरानो मेस्सेजबाट प्रस्ट हुन्छ ! भन्छन, मानिस मातेको बेला उसको बोलिमा सच्चाई हुन्छ किन कि मातेको बेला उसमा सोच्ने क्षमता हुँदैन तेसैले जे पनि निस्किन्छ उसको मस्तिस्क बात नभई हृदयबात निस्किन्छ ! त्यो दिन यी लेखहरु मेरो हृदयबात नै निस्किएको थियो ! धन्यवाद ति अपार मायाको लागि ! म पहिला जति तिरसकृत भए साझा बाट आज तपाईहरु को अपार माया ले म एकदम भावुक भएको छु ! मैले के नै कर्म गरेको थिए र यो साझा संसारमा, सिवाय अश्लिल कुरा गर्न बाहेक ! मैले साझामा ९ बर्ष बिताए ! यी नौ बर्षमा धेरै आए, धेरै गए ! तर मैले कसैले साझा छाडी जाँदा एती धेरै कोहि साझा बासिले कसैलाई माया गरेको कहिले देखेको छुंइन ! मलाइ किन एती धेरै माया गर्नु हुन्छ ! म नै अचम्म पर्छु ! साचै यो मेरो सौभाग्यको कुरा हो ! म धन्य छु मेरा सबै मित्रहरु प्रति, हजुर को माया र स्नेह को लागि ! म धन्य छु ति प्रैवेत मेस्सेजहरुको लागि !  म धन्य छु ति साथिहरु प्रति जसले मलाइ भरोसा गरि मेरो सुझाब माग्न मेस्सेज पठाउनु भाको थियो ! अनि म धन्य छु मेरी प्राण पियारी साथिहरु जसले मेरो "❤ ❤ An Obituary :: Rest In Peace :: Nas ❤❤"  धागो पढी आफ्ना हिरा झैँ अनमोल आँशु बगैदिनु भाको मा ! साँचीनै म वास्तविक संसारको साथ् साथै यो साझा संसारमा जीवन बिताई रहेको रहेछ ! बास्तविक संसारमा बरु मैले एती धेरै माया पाइन् होला जति यो साझा संसारमा मैले आज पाए ! म साँचीनै साझा संग हुर्किए ! ९ बर्ष बिताएको छु मैले साझा मा ! सुरुमा मैले धेरै गालि खायेता पनि, आज मेरो मृत्यु पछि पनि साझा बासिले दिएको माया प्रति म आफ्नो शिर निहुरयै हजुर प्रति धन्यवादमात्र प्रकट गर्न सक्छु ! हजुर ले म जनावरमा मानिस को रुप देख्न सक्नु भो ! मेरो अश्लिलताको कवच भित्र को त्यो निर्मल र स्वच्छ नाजलाइ देख्नु भो !  म कोइला भित्रको हिरा देख्नु भो ! कोइ साथि (_नाज, नाजबिनाकोसाझा ) त् अझै अगाडी बढी, मेरो जस्तै नाम निकाली मलाई सम्मान गर्नु भो ! एस्तो कार्य एउटा साँचो शुभचिन्तकले मात्र गर्छ, एस्तो मलाइ लाग्छ ! आज सम्म मैले साझामा अरुको लागि एस्तो कार्य गरेको देखेको छुइन ! साथि मुरी मुरी धन्यवाद तपाईको माया र स्नेहको लागि ! अनि राजेशदाई, draonx , crazynep , curious_gal, peaceinheaven, Aastha_TM, perika, violet7, आदि इत्यादी सबलाई मेरो धन्यवाद ! यहाँ नाम टाइप गरि साध्यनै छैन ! हजुर हरु को हुन् , हजुर लाइ थाहा छ ! फेरी पनि एक चोटी म हजुर हरु प्रति मेरो आभारी प्रकट गर्न चाहन्छु ! मैले साझामा बिताएको समय खेर गाको जस्तो लाग्दैन ! मैले धेरै ख्याल ठट्टा गरे तर परेको बेला म सधै मेरा दुख कस्टमा परेका अमेरिकामा भएका मेरा बिद्यार्थी दाजु भाई दिदि बहिनिलाइ आफुले भ्याएको सम्म आर्थिक मदत गर्न बाट कहिले पछि हटिन ! परि आएको बेला मैले धेरैलाइ सहयोग नगरेको होइन ! तलका जस्ता लिंक खोजि साध्य छैन ! धेरैलाइ मदत गरियो ! अस्ति भक्कर न्यु योर्कमा मेरो घ्याल्चोकमा भएको भाईको लागि ५५० रुपया उठाई उसको पढाईको लागि नेपाल पठाई देको छु ! मेरो भाई को कहाली लाग्दो खबर मैले साझा मार्फत नै पाएको थिए ! मलाई माफ गरिदिनुस ! मलाई आफ्नो मादल आफै पिट्न सार्है लाज र घृणा लाग्छ  ! तर साझाबासिले मेरो राम्रो गुण कहिले देख्न सकेनन ! सधै मलाई "अश्लिलता" को श्रेणीमै राखे ! म कहिले उनीहरु को अगाडी एउटा मानिस बन्न सकिन, सिवाय पशु बाहेक ! "Nas has been generous enough to donate the prize money of $100.00 to charity. " - San Photo album Contest Winner "साझामा लेखक, बिष्लेशक, बुद्दिजिवी बर्ग, कानूनी ज्ञाताहरु त धेरै छन्; राष्ट्रप्रेमले धपक्क बलेका पनि धेरै छन्, बुद्ध भारतमा जन्मिएको भनेर कसैले भन्दा बर्बान्ड खल्बलिने पनि धेरै छन्; नेपाल र नेपालीको विषयमा लेख्ने पनि धेरै छन्; तर एउटा नेपालीले ज्यान गुमाउँदा पनि उसको सद्गत गर्नको लागि सहयोग गर्ने सार्है कम रहेछन्। यहाँ उसको शरीर नेपालमा पठाउन सहयोग गर्ने भन्दा पनि उ मरेको हो कि होइन भनेर प्रमाणित गर्न खोज्नेहरुको भिड ठुलो देखियो। ..... धन्यवाद नाज।" - Geology Tiger  Help Pukar's Dead Body To Send Nepal "नास मित्र: आज म पनि एकदम खुशी छु| तिम्रो यो धागो पढेर चाहेको खन्डमा सात समुद्र पारी बसेर पनि एक अन्जान एक सहयोगीमा बदलिदो रहेछ भनेर राम्ररी बुझे| तिम्रो अनुसरण गर्ने कोशीस गर्नेछु| भबिष्यमा यस्तै धागो उन्ने म पनि प्रयास गर्नेछु| मित्र तिमीलाई मुरी मुरी धन्यवादहृदयदेखी नै| " - "यो त भएननि सोम" केहि व्यक्तिगत इमेलहरु साझा बाट मैले जीवनमा धेरै कुरा सिके ! राम्रा नराम्रा ! म साझाका सबसे  घृणित पात्र बाट आज सबसे माया को भागिदार भएको छु जस्तो लाग्छ ! तर यो मेरो भ्रम मात्र हो जस्तो पनि लाग्छ ! तर आज मेरो "पत्र बाकस" प्रेमका मिठो शब्दले भरिएकोले, यो भ्रम भए पनि आफुले आफैलाई झुक्याई, धेरैले मलाइ माया गर्छ भन्ने सोच्नु पर्ने बाध्यतामा राखी देका छन् ! मेरो वास्तविक जीवनमा आफ्नी आमाको मात्र गालि खान परे तर कसैको तालि खान पाएको छुइन ! साझाको तितो मिठो सम्झना र आफुले साझामा भोगेका कृतिसिजम्लाइ पजितिव रुपमा लिएर आफ्नो वास्तिक संसारमा लागु गर्ने कोशिश गर्दछु र एक दिन भगवानको इछ्या भए म साझा संसारमा मात्र नभई वास्तविक संसारमै सबैको माया पाउने कोशिश गर्ने छु र येही मनोसंकल्प लि म मेरा प्यारा साथी भाईहरुसंग बिदा लि साझा को यो संसार बाट सदाका लागि जाँदै छु ! साँची नै आज मेरो मन हलुका भएको छ ! मेरो आत्माबाट एउटा बोझ उठेको छ ! अब मलाई मेरो मृतक प्यासी आत्मालाइ यो सांझा संसारबाट परलोक पुग्न इश्वर स्वयंले पनि रोक्न सक्ने छैन ! यो साझा संसार छोडी मेरो बास्तविक संसारमा नया जन्म लिनेछु ! म एउटा परिवर्तित मानिस बन्ने छु ! कस्तो संयोग, २१ सेप्टेम्बर मेरो जन्म दिन पनि हो ! मलाई प्रेम र माया गर्ने सब साथिहरु बाट शुभ-कामनाको आशा राखी त्यो दिन एक पटक फेरी मेरो साझा "पत्र बाकस"मा हजुरहरु को मिठो मेस्सेजको पर्खाईमा बसिरहने छु ! मलाई कसैको मेस्सेज नआए पनि म मेरी प्राण पियारी चियाको मेस्सेज को पर्खाईमा मिठो पिडा सहि उसको अन्तिम मेस्सेज कुरिरहने छु ! उही हजुरको नाज तलको भिडिओ मेरी साझाकि मेरी प्राण पियारी चिया अनि शहिद साथि "यो त भएननि सोम" लाइ देदिकेट गर्न चाहन्छु !

Nas · Sep 17, 2011 3:45 AM · 35,168 views

27 Replies · Showing 21 - 27
Page 2 of 2

@ Nas: Are u back? Good to see u...:) How is ur semester going?

samikshya · Sep 21, 2011 2:15 PM

@ ❤ My beloved Samikshya हो नि ! साझामा फेरी आउनु पर्ने मिठो बाध्यता बनाइदियो क्या सब मेरा साथी, शुभचिन्तक अनि मेरा साझा कि प्राणपियारिहरुले ! तेती मात्र कहाँ हो र ? मलाई त् हाकिम सापबात तक्मा पनि पेश भयो नि ! हाकिम सापले मलाई झपारेनि, भित्र भित्र चै मेरो यो लेख पढेर उहा पनि भावुक बन्नु भयो होला ! हि हि ! अनि त् मलाई मेरो जन्मदिन को उपहार स्वरूप, "लु गोब्रे ! यो 'Nas's Corner" भन्ने भट्टी चला भनेर भट्टीको उद्घाटन गरिबक्सिनु भो नि ! आज काम पनि हापेर बसेको छु डेरा मा ! आज अलिक रुघा लागेकोले भरै जाँड पिउन नपौनी हो कि भनेर तातो तातो चिया पी राको छु ! भरै एउटा भोजको आयोजना गरेको छ ! hmmm...... ! सबै को फोन कुरिरहने छु है म त्, भंदया छु नि ! लु यो पढ्नुस है ! Welcome to Nas's 18 Corner "नाजको पुनर्जन्म"  ❤ 21st September : A Day Of Peace, Luv & Harmony ❤ अनि एउटा कुरो क्या ! यहाँ बैरागी काईलो र भोजपुरे दाजुले मात्र म "साझा को कृष्ण" को राश-लीलाको ज्ञाता परेछ ! धेरै संकेतहरु मैले उहिले नि दि सकेको हो ! साझा संसार मेरो संसार हो ! यो मेरो Matrix हो ! म Ne0 हो ! साझा संसार त् एउटा मंच मात्र हो, सबै पात्र खेलाडी मात्र हुन् अनि म डोरी तान्ने "भगवान" ! जब "यो त् भयननि सोम" ब्रो ले "नाज इज द गद" भनेर घोसणा गरेको थियो, उसले यो सनातन ध्रुभ सत्यलाइ औल्याएको मात्र थियो ! चेतना भया ! @ माभेरीक : केटो तिमिसंग जाँड नखाएको धेरै भो ! था देउ है यता तिर आउँदा !

Nas · Sep 21, 2011 2:58 PM

"म कुटे जस्तो गर्छु त रोये जस्तो गर्नु" - Bhojpure Bro "That is his business and he is successful on that as well some people are jealous of him and creating nasty comments and it is helping him more. He is good in his business and selling it very well." - Bairagi Kailo Bro जसरि भौतिक संसारमा तिमि अज्ञानताको कारण आफ्नो भौतिक शरीरलाइ "म" सम्झिनछौ तेसरी नि तिमिहरुले मेरो साझा संसारमा तिम्रो "निक नेम"लाइ अज्ञानताको कारण आफ्नै भर्त्युअल शरीर सम्झिरको छौ ! जसरि भौतिक संसारमा प्रभुले तिम्रो जीवनसंग खेल खेल्छ, तेसरीनै "म" मेरो साझा संसारमा मेरो माया-जाल खेल्छु ! एवेरी ठिंग इज आन इल्युजन बोथ इन द सो कल्ड मतेरिअल वर्ल्ड यन्ड इन दिस भर्त्युअल वर्ल्ड ! यु आर नट यौर बडी ! यू र यौर सौल ! यू र आन आत्मन ! यू र अ ब्राह्मण ! एभर लास्तिंग, अम्नि प्रेजेन्ट, पियुर इन्फ़ाइनैत् कन्सिऔस्नेस ! यू अल दिजल्व इन मि फर आइ आम ड "गड" अफ डीस साझा संसार !

Nas · Sep 21, 2011 3:26 PM

The Secret might just be out ! Nas: The Ying - The Negative Aspect of the Great Virtual Sajha Cosmos San: The Yang - The Positive Aspect of the Great Vritual Sajha Cosmos Hmm........ or is it San : The Good Nas: The Bad Ans: The You Know What ...  ** ** The eternal $64,000 Question ! Again, Sajha is my bread and basket ! Please don't hate those "Diwaali Lights" on my homepage ! And please promise you wont sue my poor arse if you are a victim of an epileptic seizure with those flashing banners ! Nothing Personal, it's only a business. I am out for a party ! Enjoy all of you rest of my silly bunch.

Nas · Sep 21, 2011 4:00 PM

Yo what the FKKK did you just post man !!? Its longer than the combined text of Mahabharat and Ramayan! Gaddamn son, you got a huge narcissist problem huh? "I love talking about me and what people say to me." A little modesty goes a long way. Good bye.

Cacophonix · Sep 21, 2011 4:20 PM

"you got a huge narcissist problem huh? I love talking about me and what people say to me." Nope ! The problem is not with me. It's with you "son". I hate talking about me, myself and I but while people are at it, I am just enjoying the show and adding some gasoline to the fire. It's always people like you who got too much time in your hand to talk about Nas here in Sajha...no not "talk", make it "sing". By the way why did you even bother to enter my thread if you ain't interested on my posts ! Please stay out and don't bother. I would really appreciate it "son". "Good bye" Don't let the door hit you while you are out and a very Good bye "Son" ! Ha Ha Last edited: 21-Sep-11 05:01 PM

Nas · Sep 21, 2011 4:29 PM

"Its not only about business now its about emotions too." It's not about anything ! It's about you and yourself ! If you are watching a movie in a theatre and that movie makes you angry, makes you sad, makes you upset, makes you cry.... do you blame the actor and go and curse him? That actor will be like - "Yo What The F@ck ! Have you gone crazy" ? So know the difference. Folks are way too serious in here ! This is bit paradoxical but this is my Virtual Reality Show at best ! Like My Chaurey Bro put it so nicely - [ "Nas isn't a single person, but a group of users" - Directed by M Knight Shyamalan ] Have some fun ! It's only about a business but then emotions ?? .......... may be or may not be. I leave it to your discretion. I will put rest to this thread in Sajha's graveyard. Rest In Peace.

Nas · Sep 21, 2011 5:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all