साराङेहो !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुरा धेरै पुरानो होइन तेइ २ सेमेस्टर भयो, १२ महिना जती । खसै कुनै फरक दिन पनि थिएन, न जिन्दगीमा कुनै परिवर्तन नै आको थ्यो तर अरु दिन भन्दा छुटै पक्कै थ्यो किनकी ३ महिनाको समर पछी भर्खर कालेज लागेको थ्यो । बिहानको ८ बजेको क्लास जसो तसो सके, सिनिअर दाई ले सजिलो प्रोफेसर छ भनेर त्यो क्लास लिएको थिए, सजिलो छ कि छैन चै था पायिन बुडाको क्लास दिक्क लाग्दो चै पक्कै राइछ  भन्ने चै मज्जाले थाहा पाये । न्युरोड को गुत्पाक खाएर सुतेको बेला बरु राम्रो सपना देख्थे होला, त्यो बुडाको क्लास्मा तेती कहलीलाग्दो सपना देखे । अन्तरराष्ट्रिय विद्यार्थीको तक्मा भिर्न नपर्या भएनी सिधै गएर त्यो क्लास ड्रप गर्दिन्थे होला, के गर्नु तक्मा फुकाले त्रिचन्द्रको बास हुने डरले आफ्नो जन्मिनि बित्तिकै फुत्या खप्परलाई सराप्दै घर हिंडे । राती अरु दुई क्लासहरु भये ति बरु ठिकै गये, कम्सेकम बिहानको त्यो मिठो निन्द्रा  मार्नु पर्ने सर्त थिएन ति क्लासहरुको । होइन यो कलेजहरुलाई थाहा हुन्न र ३ बजे सुतेर ७ बजे उथ्न कती गाह्रो हुन्छ भनेर ? क्लासनै नहुने भको भये कोल्ले रेजिस्टर गर्थ्यो र ? दिन जसो तसो बितेकोमा मन खुशी त पक्कै थ्यो तर जती दिन धल्दै जान्छ तेतितेती म तेइ क्लास को नजिक पुग्दै जान्छु भन्ने सोचै मात्रले पनि बेला बेलामा दिक्क लागाइ रा  थ्यो, तेइ बेलामा यो रूममेट लाई कतै नहुने गेस गर्नु पर्ने, केटी को प्रब्लम हो ब्रो रे । हो तेस्ताइ तेस्ताइ भन्दे अब अरु  के भन्नु , बिहान ८ बजे क्लास जानु पर्ने  पिर ले खाना नखायी अध्यरो मुख लगाएर बस्या भनेर नि कुन मुख ले भन्नु बरु हो भन्दे कुरै सक्कियो । मलाई त अब त्यो क्लासमा के  हुन्छ भन्दा नि त्यो क्लासले गर्दा मेरो पुरै सेमेस्तरनै खत्तम होलाकी भन्ने पिर ले पो सतौन थाल्यो । एसै त अैले नै सबैले नेपालीहरु मध्ये एक्लो 3.6 भनेर जिस्काउथे अब झन के के मात्र भन्ने हुन ? के अब त्यो एउटा क्लासले गर्दा  म पुरै सेमेस्तर भरी पचुतौनु पर्ने होला त ? के मैले यो क्लास लिएर मैले गर्नै नहुने भुल गरे होला ? यस्तै यस्तै कुरा खेलौदै मंगलवार त सक्किसकेछ । तीन चोटि स्नूज गर्दा पनि बल्ल साडे सात बजेछ, अब नि उठेन भनेचै रुम्मेटरुले स्योर लिजबाट नाम हतौछन भन्ने लगेर उठनै पर्‍यो । त्यो बिबसता मात्रै नभको भएनी मैले आँफैलाई निन्द्राको मोहमा  डुबायेर जाल झेल गरी त्यो ८ बजे को क्लास हाप्ने सडएन्त्र बुनी सक्या थे, फेरी उठी नै सकेपछी क्लास तेत्तिकै छोड्न नि मनले मानेन  तेसैले गये हल्लिदै कम्सेकाम अतेन्देन्स को पोइन्ट त आउछ कि भनेर । क्लासमा त पुगे अब  गर्ने के, बुडो पनि अझै जिउदै राइछ भने अनी सेकेन्दलास्त रोको कुनामा गएर बसे, बसे नि के भन्नु? सुते । म झुप्प हुँदै थे हस्याङ र फस्याङ गर्दै मेरो साइदमा आएर कोइ बस्यो । कानमा आएर फुसुक्क i couldnt make it to the first class, did i missed anything रे ? केटी राइछ तेसैले टिँग घन्ती  चै बज्या थ्यो, तर चाइनिज याक्सेन्त ले गर्दा घन्ती को आवाज सन्ख फुक्या जस्तो सुनियो अनी टाउको नउठै you probably already  know more than what i do about this class भन्दे । फिस्स हसेकी जस्तो सुनियो तर तेल्लाई के था यो मनमा कती पिर परी राथ्यो भन्ने । पुरै क्लास भरी अचेत अवस्थामा लडिरहेको प्राणी एक्कासी क्लास सक्किने बित्तिकै उथ्ने law  लाई newton's कतिवौ law भन्छन चै था छैन तर त्यो सिद्धन्त म  बेला बेलामा पुस्टि गर्दी रको हुन्छु । newton जिम्दै भको भएनी यो कुरा सुनेर कती खुशी हुन्थे होलान । खयर newton को कुरा छोडुम क्लास बाट निक्लेर बाहिर निस्किदै थे अली अगाडि हलवेमा एउटी केटी मेरो मुख्मा हेर्दै मुस्कुराइरको थि, फेरी हिजो राती नि केटाहरुले आखिभौ कत्देछन कि भनेर हत्त न पत्त छामे, धन्न तेइ राइछ फेरी किन हासी त भनेर तेन्सन भो तेइ पनि ३२सै वोता दात देखाएर म नि हास्दे । कर्ली कपाल, चिम्सो-लाम्चो आँखा,पातलो जिउ अनी सानो  भैगो अैले त्यता नजाम, राम्री राइछे भन्ने मात्रै सोच्दै थे "हेइ " भनी । म त अक्क  न बक्क  परेर "मी " भने । no wonder u dont remember me u were sleeping throughout the whole class रे । i was sitting right next to u ।  कपाल चिलौदै सरी भन्दे । मन्मनै एस्ती छौ भन्ने थापाको भये म के बौला हो र सुत्नलाई भन्दिम जस्तो लग्या  थ्यो, भनिन । खास वू मलाई त्या बसेर कुर्नु को कारणचै होमवोर्क उस्लाई कन्फ्युजिङ लागेर रे, आफुलाई त होमवोर्क छ भन्ने नि था थेन । तेइ पनि उस्लाई राती होमवोर्क सिकौन ७ बजे लैब्रेरी मा भेट्ने बचन दिएर घरतिर लागे । आज किनहो घरतिर लाग्दा अस्ती जस्तो नराम्रो लग्या छैन ।     क्रमश:

tan trash · Sep 17, 2011 12:53 AM · 15,595 views

11 Replies

Kewp it going bro...

Deported · Sep 17, 2011 6:19 AM

Dami cha

Deported · Sep 17, 2011 6:20 AM

Nice one bro! I wonder if all the story writers of Nepal have landed in the United States. People post amazingly superb stories. Hats off to you all.

Putala · Sep 17, 2011 3:28 PM

"पुरै क्लास भरी अचेत अवस्थामा लडिरहेको प्राणी एक्कासी क्लास सक्किने बित्तिकै उथ्ने law  लाई newton's कतिवौ law भन्छन चै था छैन तर त्यो सिद्धन्त म  बेला बेलामा पुस्टि गर्दी रको हुन्छु " Hilarious. Enoyed reading. Thanks.

adhikari_bandhu · Sep 17, 2011 7:50 PM

deported: thank u myan putala: thanx a ton for ur kind word of encouragement but i am not a bigshot writer like some of us sajhaites are and it will be unfare to them if u compare a story like this with one of their creation. adhakari bandhu : धन्यवाद !

tan trash · Sep 19, 2011 9:58 AM

नाइस रिड - अरु नि चाडै थपौ - कथा राम्रो छ - अर्को भाग को प्रतिक्षा मा

serial · Sep 19, 2011 10:18 AM

  Waiting for another part. Nice one brother. Keep it up!

sam123453 · Sep 19, 2011 1:11 PM

 धेरै राम्रो अनी रमाइलो छ ब्रदर। अर्को भाग पढ्न उत्सुक। 

_Nas · Sep 19, 2011 4:12 PM

Refreshingly hilarious....

jethobatho · Sep 19, 2011 4:36 PM

@ tan trash: Nice to read ur story. Its hilarious how u say it....Keep it up. Last edited: 19-Sep-11 05:06 PM

samikshya · Sep 19, 2011 5:06 PM

यो कथा झन्डै झन्डै अन्त तिर अै सक्यो तर पनि एस्को बाँकी अंस चै सबै मित्रहरुलाई धन्यवाद दिदै अनी  हाम्रा शहीद दाजु योतभएनानीसोमको सम्झना  र  परम मित्र पुराना कगजको अन्तिम इछ्यालाई मध्यनजर गर्दै बाँकी भाग "हम्रो भट्टि " को भित्तामा टास्दै छु ! फ्यात बिष्ट

tan trash · Sep 26, 2011 11:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all