सरकार(बाबुराम), म कसरी अयोग्य भए ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरकार म कसरी अयोग्य भए? हजुर को आग्या मा हतियर उठाय, कती लाई गोली ठोके ; कती लाई छप्काय; तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए, सरकार म कसरी अयोग्य भए? सरकार म सधैं तपाईं को पथ मा चले तपाईं को मिठो भाषान मा भुले तपाईं लाई आफ्नो भगवान माने तपाईं को आन्धो राजनीति मा हिंडे सरकार आज तपाईं सत्ता मा पुग्नु भो ठुलो महल मा पस्नु भो , सस्तै भये नि गाडी चाडनु भो , तर म चै अयोग्य ठहरिय ! देस र जनता को लागि निकम्मा भए , भन्नुस् सरकार म मा के कमी भयो अनी म कसरी अयोग्य भए? सरकार , तपाईं ले भनेको सोच्दै नसोची माने तपाईं को आग्या भुइ मा खस्न नदिइ पालन गरे, अनी तपाइले भनेको कुरा सुन्दै नसुनी हो मा हो थपे तर आज मै निकम्मा भए? सरकार तपाईं आँफै भन्नुस् म कसरी अयोग्य भए? मलाई अझै याद छ , यो रोल्पा को चौकी हानेको दिन , तन्नै मनिस मारेका थेउ थुप्रै हतियर कब्जा भएको थियो अनी हाम्रा साथी नि धेरै मरेका थे तपाईं ले मेरो कुम मा थप थापाउनु भको थो मलाई स्याबासी दिनु भको थो रातो अबिर र माला नि लैदिनु भको थो त्यो बेला त म तपाईं को बलियो घोडा थिए तपाईं मेरै सएर गरेर सत्ता मा पुग्नु भो मलाई नै बाटो बनएर हिंड्नु भो तर अैले म चै धोबी को कुकुर भए , न समाज ले स्विकार गर्‍यो न सरकार ले आपनाउनु भो भन्नुस् सरकार म बाट के गल्ती भो ? अनी सरकार म कसरी अयोग्य भए? सरकार तपाईं सँगइ मैले नि घर छोडेको थे भर्खरै भित्रएको बुदी लाई छोडेको थे आमा बा लाई भन्दै नभनी राती निस्केको थे आज मेरा बा छैनन आमा पनि ७० काटिछन, बुदी पनि एकोहोरो भइ छ छोरो ले मलाई चिन्दा नि चिन्दैन अनी सरकार मेरो तेत्त्रो त्याग को एइ हो पारिणाम मै निकम्मा अनी मै चै शान्ती को भाड ? म कसरी कम्जोर भये सरकार ? मेरो त्याग मा कहाँ कमी भो सरकार ? अनी मै कसरी अयोग्य भए सरकार ? सरकार तपाईं भन्नु हुन्छ काम गर म कहाँ जाउ काम गर्न ? म त शहर नि जान सक्दिन आँफै ले बम हानेर पुल उडाएको थिए शहर जाने बाटो नि छैन । काम कहाँ गरु सरकार, समन्ती भन्दै लखेटेको हर्के साउ ले मलाई के काम देला ? आफै ले जलाएको त्यो फ्याट्री मा मलाई कल्ले काम मा राख्ला कि सदै बिरोध गरेको भारत पसु ,मजदुरी गर्न ? सरकार तपाइ आँफै भन्नुस् मलाई के यो समाज ले स्विर्कर्ला ? आफ्नै पार्टी ले त स्विकार गरेन सरकार मलाई कल्ले आफ्नो भन्ला ? अनी आफ्नै ले आयोग्य ठहर्याएको छ मलाई कल्ले चै मलाई योग्य भनी काम देला ? सरकार मेरो छाती ३२ इन्च छैन तर म कमजोर छैन म ५०० पुस अप गर्न सक्दिन तर म निकम्मा नि हैन खुकुरी को धार ले देस हल्लाको थे आफ्नु हक र हित को लागि आवाज उथको थे सम्पूर्ण राज्य सत्ता बिरुद्ध जङल बसी चिउरा खाँदै लदेको थे अनी मै कसरी कम्जोर भए? सरकार मलाई जवाफ दिनुस्, म कसरी अयोग्य भए? (Disclaimer : I am not a Maoist , Just writting their problems as them ) Last edited: 13-Sep-11 05:44 PM

amricane · Sep 13, 2011 5:43 PM · 11,203 views

4 Replies

 AWESome Last edited: 14-Sep-11 02:19 AM

dbst · Sep 13, 2011 5:52 PM

Dude, please dont mind. say somthing about my poem not about politics over here. Please.

amricane · Sep 13, 2011 5:55 PM

dami chha bro keep it up. and m glad yu r back in sajha

cajunboy · Sep 13, 2011 10:31 PM

Amricane good job....after all ti ladaku ko kura pani ta bujhne mauka paiyo....awesome

Deported · Sep 13, 2011 11:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all