मदेशीको कु नियत र नैतिकहीन संस्कृति!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सिंहदरबारमा 'मधेस’ भजाउने 'राजनीति’ बद्रीनरसिंह केसी काठमाडौंमा सुनिने गरेको मधेसी नारा मधेसलाई भजाउने नियतबाट गुञ्जिएको प्रस्टै छ । ँमधेसी एकता’को नारा यदि सच्चा थियो भने त्यस्तो नारा दिनेहरूले यतिका पार्टी किन बनाए ? बनाएको पार्टी किन बारम्बार फोर्दै छन् ?   आ-आपना बेग्लाबेग्लै चुला-चौका र फुटेका चोइटाका साथ 'मधेसवादी दलहरू' अहिले फेरि सिंहदरबार पसेका छन् । हरेकपटक सरकार भत्किने र बन्ने प्रक्रिया सुरू भएपछि 'मधेसवादी पार्टी'हरूभित्र बेग्लै खालको खुसियाली देखिन्छ भने मन्त्रिमण्डलको टेन्डर खुलेपछि मधेसी जनताका यी स्वयम्भू ठेकेदारका 'पार्टी'भित्र मारामार र फुट सुरू भइहाल्छ । यसपटक त्यस्तो दुर्भावनाको परम्परा 'सद्भावना' (आ) ले धानेको छ । फुटे पनि यी बिचराहरू आपनो राजनीतिका 'डाइरेक्टर' होइनन् फगत 'एक्टर' हुन्, डाइरेक्टरले रिसाउन लगाए रिसाइदिन्छन्, खुसाउन लगाए खुसी देखिइदिन्छन् । महाभारत र चुरेका वनप“mडानी गरी काठ-दाउरा भारततिर पठाएर मधेस उजाड गरियोस् वा त्यहाँको ढुंगा, गिटी, बालुवा ओसारेर 'मधेस' को मरुभूमीकरण किन नगरियोस्, यी चुइँक्क बोल्दैनन् । उत्तरतिरबाट मधेस 'मरुदेश' किन नबनोस् अनि दक्षिणतिर अवैध तरिकाले बनाइएका तटबन्धले गर्दा 'एक मधेस डुबान प्रदेश' किन नहोस्, त्यसबारे बरु ढुंगो बोल्ला, यी मुख खोल्दैनन् । नेपाल-भारत सम्झौताअनुसार भारतले कोसी ब्यारेजको मर्मतसम्भार नगरेको लापरबाहीले त्यो भत्केर जनधनको ठूलो नोक्सानी गर्‍यो, तर मधेसका मसिहा भन्न रुचाउनेहरू मधेस डुबेको रमिता हेर्दै मुखमा दही जमाएर बसे । सुस्ता, कालापानी, टनकपुर आदि भूभागका विवादबारे त आवाज उठाउनुपर्‍यो भने झन् यिनको के हालत हुने हो ! यिनीहरूले नेपालको राष्ट्रिय हितका पक्षमा बोल्ने आशा गर्नु मस्जिदका मौलानाले पशुपतिनाथको शिवस्तोत्र पाठ गर्लान् भन्ने आशाजस्तै हो ।  तराईका सर्वसाधारण देशबन्धुहरूको मातृभूमि प्रेमका विरूद्ध म यी हरफ बोलिरहेको छैन । मधेसका आम देशबन्धुहरूबीच नेपालीत्वसहितको उत्साहजनक देशभक्ति देख्न सकिन्छ । मधेसका धेरै लेखक, विचारक, साहित्यकार, भाषासेवी, संस्कृतिकर्मी, सज्जनहरू एउटा सानो, तर स्वाधीन राष्ट्रको नागरिक भएकोमा गौरव गरेको अभिव्यक्ति प्रस्टै सुन्न पढ्न सकिन्छ । काठमाडौं उपत्यका, अन्य पहाडी सहर, जिल्ला सदरमुकाम वा गाउँका कुनाकाप्चा जहाँसुकै मधेसी समुदाय काम गरेर बसेका छन् । स्थानीय समाजमा मिलेर बसेका छन् । यस्तो संख्या बीसौँ लाख भइसकेको छ ।  मधेसी चेतनाले बिपी कोइरालासँगसँगै  'जयनेपाल' को अभिवादन गर्दै आएको छ । उनीहरू मनसुनी हावापानीले बनाएको जीवनचक्रमा हिमाली, पहाडी, मधेसी सबै विभिन्न तर अभिन्न परिवारझैँ एकआपसमा बाँधिएका छौँ भन्ने बुझ्छन् । प्रकृतिद्वारा निर्मित यी तीन भूप्रदेश अन्तरनिर्भरताले बनाएको सन्तुलनमा बाँचेको धरातलीय यथार्थ बुझ्नेहरू मधेसमा धेरै छन् । संघीय राज्य संरचनामा जान थालेको नेपालमा एक मधेस एक प्रदेशको माग गर्ने हो भने भोलिको प्रान्तीय व्यवस्थामा पहाडका ६-७ प्रदेश हुने, तर मधेसको एउटा मात्र प्रदेश भएर प्रतिनिधित्वको हिसाबले केन्द्रमा पनि मधेस अल्पमतमा पर्नेछ भन्ने तर्क मधेसमै व्याप्त छ ।  'मधेस सुखा तो पहाड भुखा'को मधेसी उक्तिले पहाडवासीलाई 'हो' भनेर स्वीकार गराएकै छ । मधेसलाई 'मधेसी राजनीति'ले जतिसुकै वितण्डावादी तथा पराया बनाउन खोजोस्, तर कोसी, गण्डकी र कणर्ाली नदी प्रदेशबाट मधेसलाई निकालेर हिन्दमहासागरका बीचमा वा यमुनापारि लगेर राख्ने कुरा आउन्न । तब दौरा-सुरुवाल जलाएर धोतीको इज्जत यस धर्तीमा कसरी बढ्छ ? यहाँ मधेसी समाजका ठूला बाधक त मधेसवादी राजनीति गर्नेहरू नै प्रमाणित हुँदै छन् । लेखक (विश्लेषक) सिके लालले ठीक भने, दौरा-सुरुवाललाई राष्ट्रिय पोसाक घोषणा गरेको सरकारमा चुपचाप लागेर बस्ने मधेसी नेताहरू सर्वोच्च अदालतको फैसलापछि दौरा-सुरुवाल जलाउन लागे, अब मधेसी जनताले तिनका पुत्ला जलाउने अवस्था आउन सक्छ ।  'मधेसवादी दल'का फुटेका चोइटाहरूले आपसको भेद खोलाखोल गर्न बाँकी राखेका पनि छैनन् । दौरा-सुरुवाल जलाउने हालैको सन्दर्भमा अलि बढी दुर्भावना ओकल्दै आएका र बातैपिच्छे 'पहाडे शासक' भनेर विषवमन गर्ने एकजना नेताका बारेमा मधेसी मोर्चाकै अर्का नेताले पंक्तिकारसँग भने, 'त्यसलाई मधेसी नेता ठान्नुभएको ? त्यो त 'रअ'को हवल्दार हो । जे गर भनेको थियो त्यसै गर्‍यो... ।' मैले आश्चर्य मानेर 'त्यसो त होइन होला' भनिनसक्दै उनले मलाई उल्टै छ्याँसे, 'ओपन सेक्रेटजस्तै सारालाई थाहा छ यो कुरा, तपाईँचाहिँ होइन होला भन्दै भ्रम पालेर बसिराख्नुहोस् !' 'मधेसवादी'का नाममा उद्दण्ड 'राजनीति' गर्ने भ्रष्टले अरूलाई होइन, आफ्नै धर्तीको अहित गर्ने हो, मधेसलाई बर्बाद गर्ने हो र मधेसी जनतामाथि अक्षम्य आघात पुर्‍याउने हो । 'एक मधेस एक प्रदेश'को वितण्डा मच्चाउने हुँदा प्रतिक्रियामा तराईका धर्तिपुत्र थारू, अन्य जनजाति, मुसलमान 'हामी त मधेसी होइनौँ' भनेर पन्छिए । साबिकमा चुरे क्षेत्रभन्दा तल भित्री मधेससम्म मधेस मानिँदै आएकोमा यो वितण्डाले गर्दा चुरे-भावर क्षेत्र भनेर त्यहाँको समाज पार्टी नै बनाएर 'एक मधेस...' विरूद्ध जागरुक भयो । पूर्व-पश्चिम राजमार्गभन्दा उत्तरको तराई चुरे-भावरका नाममा चिनिएर 'मधेस' मधेसीवादी नेताहरूकै कारण खुम्चिरहेको छ । दलित समुदाय पनि 'मधेस आन्दोलन भनेको कथित उच्च जातले तराईका जनतालाई भजाएर मोज गर्न बनाएको हत्कण्डा हो' भन्दै 'काठमाडौंमा भेट हुँदा तपाईँहरू मधेसी एकताको कुरा गर्नुहुन्छ, तराईमा आएपछि तपाईँ उच्च जातहरू हामी दलितलाई अत्याचार र शोषण गर्न छोड्नुहुन्न, तपाईँहरूका कुरामा कसरी हाँमा हाँ मिलाएर हिँड्न सकिन्छ र !' भन्ने प्रतिक्रिया दिने गर्छन् । त्यसकारण यी 'मधेसवादी पार्टी'का चर्तिकलाबाट मधेसी जनविश्वास तीव्र गतिमा हटिरहेको छ । जनाधार गुमाइरहेका यी पार्टीहरू मधेसी समाजका ऐँजेरु बन्न थालेको यथार्थ मधेसी विचारकहरू व्यक्त गरिरहेका छन् ।  तुलनात्मक दृष्टिले हेरौँ, छुवाछुत, दाइजो, बोक्सी-डाइनी आदि मान्यतासहितको अन्धविश्वासी प्रथा, पर्दाप्रथा, महिलामाथिको हिंसा तथा अत्याचार आदि अनेकौँ विकृतिलाई यथावत् छोडेर मधेसी नेताहरू सिंहदरबारमा भाग खोज्दै कचिंगल गर्नमा व्यस्त हुन्छन् । पहाडको तुलनामा मधेसमा नागरिक समाज र सामाजिक पद्धति नै छैन भने पनि हुन्छ । सामन्ती र जमिनदारी कुप्रथा यति जबर्जस्त रूपमा विद्यमान छ कि भूमिहीन धर्तिपुत्र तथा नागरिकताको पुर्जा नपाएका नागरिकको मधेसमा अझै ठूलो संख्या छ । जमिनदारले नागरिकता पाउनबाट वञ्चित गराएर नापी नभएका जग्गामा लालपुर्जा नदिई थन्क्याएर राखेका मानिसको समस्या बेग्लै छ । सदियौँदेखि बस्दै आएका दलितहरूले अझै पनि नागरिकता पाएका छैनन् । किनकि सच्चा जनप्रतिनिधिबाट वञ्चित छन् तिनीहरू । नागरिकता लिन जाँदा जग्गाको धनिपुर्जा माग्ने धनिपुर्जा बनाउन खोज्दा नागरिकता खोजिने परिपाटीबाट मधेसका ठेकेदारहरूले मधेसी जनतालाई मुक्त गर्न सकेनन् होइन, चाहेनन् । गृह मन्त्रालय दिइसकियो, अब रक्षा मन्त्रालय पनि 'मधेसवादी'लाई नै दिइँदै छ । यसको अर्थ सुरक्षा परिषद्मा उनीहरूको उपस्थिति निणर्ायक हुनसक्छ । त्यो वेला प्रधानमन्त्री डा. बाबुराम भट्टराईको यिनीहरूका अगाडि एक लाचार र विवश मान्छे हुनेभन्दा माथिको हैसियत नहोला । घाटघाटको पानी खाएर माओवादीको नजिक पुगेको त्यो हुलले कुन वेला प्रधानमन्त्री भट्टराई बसेको सतरञ्जा तानेर लडाइदिने हुन्, त्यो नौवतका लक्षण वा संकेत देखापर्न थालेका छन् । यो धरातलीय यथार्थलाई एकातिर पन्छाएर काठमाडौंमा सुनिने गरेको मधेसी नारा मधेसलाई भजाउने नियतबाट गुञ्जिएको प्रस्टै छ । 'मधेसी एकता' को नारा यदि सच्चा नारा थियो भने त्यस्तो नारा दिनेहरूले यतिका पार्टी किन बनाए ? बनाएको पार्टी किन बारम्बार फोर्दै छन् ? यही चरित्रको समर्थनमा बाबुराम भट्टराईको माओवादी नेतृत्वको सरकार केही गर्न खोजिरहेको छ । तर, 'मधेसवादी दल'का नेताहरूका चेहरा र चरित्र देखे-भोगेका जोसुकैलाई यो सरकार सदाचारको बाटोमा हिँडेर गन्तव्यमा पुग्न सफल होला भनी पत्याउन निकै गाह्रो पर्छ । कुन वेला कस्तो 'आकाशवाणी' आउँछ, आकाशवाणीमा भर पर्ने मधेसी राजनीतिलाई बोकेर यो सरकार सफल हुन्छ भन्ने सोचिहाल्नु अलिक छिटो हुन्छ कि ? Source:nayapatrika.com

shantipriya · Sep 11, 2011 8:34 PM · 10,936 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all