लौ बाबुराम ले राम्रो कुरा को सुरुवात गर्न खोज्या छ । सबै को साथ भयो भने सफल पनि हुन सक्छ । कै नौलो कुरा त होईन । नेपाल मा यस्तो नियम कनुन त कती आयो कती गयो । तर सबै जनले सकरत्मक रुप्मा लिनेहो भने रम्रै कुरा हो । सीडीओ कार्यालयले जारी गरेको सूचनामा म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने, पटाका, भुइँचम्पाजस्ता सर्वसाधारणलाई त्रसित पार्ने वस्तुको आयात र बिक्री वितरण गर्ने र राफल चिट्ठाजस्ता कार्यक्रम सञ्चालन गर्ने, गराउने कार्य निषेध गरिएको उल्लेख छ। त्यसैगरी यात्रुलाई बिक्री गर्ने हवाइ टिकट तथा सवारी साधनका टिकटमा बढी मूल्य लिई बिक्री गर्ने तथा अनधिकृत व्यक्तिलाई त्यस्तो टिकट बिक्री वितरण गर्ने, सामाजिक सङ्घसंस्थाका नाममा विभिन्न व्यापार व्यवसायीबाट चन्दा रकम उठाउने, खसीबोका उपहार दिनेजस्ता कार्यक्रम गर्ने गराउने, विद्यार्थीलाई विद्यालयले थप आर्थिक दायित्व पर्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्ने कार्य पनि निषेध गरिएको प्रजिअ लक्ष्मीप्रसाद ढकालले दिएको सूचनामा जनाइएको छ। त्यस्तै कानुनले निषेधित गरेका सार्वजनिक स्थानमा मदिरा तथा चुरोट बेचबिखन तथा सेवन गर्ने कार्य र चाडपर्वको मनोरञ्जन गर्ने बहानामा जुवा तास खेल्ने, खेलाउने कार्यमा निषेध गरिएको छ। यदि सो सूचनालाई बर्खिलाफ गरी कसैले ती कार्य गरे गराएमा सो कार्य गर्ने गराउने जो कोही व्यक्ति वा समूहलाई प्रचलित कानुन बमोजिम सजायँ हुने बताइएको छ । हेरौँ, सीडीओको यो सूचनालाई कतिले पालना गर्ने हुन्। काठमाडौँका चोकहरुमा चिट्ठा बेच्नेहरु भने अहिलेसम्म देखिएका छैनन्। http://www.mysansar.com/archiv...
जय नेपाल · Sep 9, 2011 2:01 PM · 2,930 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion