साझाडट्कम हालैका दिनमा आएर नेपालीहरुका माज लोकप्रिय हुँदै गइरहेको तथ्य सबैलाई बिबिगत नै छ। यो एउटा साझा थालो हो जस्ले सम्पूर्ण नेपालीलाई जोड्ने काम गरेको छ । कुनै पनि समस्याको समाधान यहाँ हुँदै आइरहेको छ । तर हालैका दिनमा आएर साझामा नराम्रा तत्तोहरुको बिगबिग धेरै छाएको छ । एस्ले धेरै राम्रा प्रयोगकर्ताहरुलाई असर गरेको छ भन्ने भान हामी संचालकलाई पर्न गएको छ । कसैको फोटो राखेर बेज्जत गर्ने देखी कुनै प्रयोगकर्ताको ब्यक्तिगत कुरा समेत यहाँ सार्वजनिक हुँदै गैरहेको छ । एल्से गर्दा हाम्रा कयो पुरना प्रयोगकर्ता यहाँबाट बहिरिने गरेका छन तेसैले एस कुरालाई नजरअन्दाज गर्दै आज बाट हामीले नयाँ नियम जारु गरेका छौ । नयाँ लागु भएका नियम हरु १) अरुको फोटो रखेर यो को हो भनेर सोध्न पाइने छैन , तेसो गरेमा त्यो राख्ने प्रयोगकर्ताको नाली बेली खोलिने छ र प्रयोगकर्ताको नाम नै साझाबाट सदाका लागि हटायिने छ २) चाहिने भन्दा छाडा र अस्लील कुराहरु हटायिने छ र त्यो राख्ने साझाका प्रयोगकर्तालाई साझाबाट ३ दिन निकलिने छ ३) कसैको बेक्तिगत कुराहरु खोल्न पयिने छैन , यो साझा हो विकिलिक्स होइन भन्ने कुरा जानी राखु ४) कुनै पनि प्रयोगकर्ताले अरु प्रयोगकर्ताको बेक्तिगत विवरण खोल्न पाउने छैन ५) साझा चलाऊने प्रयोगकर्ताहरुले दिनमा एक पटक साझाका छेउछाउमा आउने तिरे मिरे बिज्ञापनहरुमा एउटा क्लिक गर्नै पर्ने छ , जस्ले गर्दैन उस्को प्रयोगनाम भोलीपल्ट दिनभरका लागि बन्द गरिने छ , हालैका दिनहरु मा साझा लोक प्रिय बन्दै गईरहेको तर बिज्ञापन भने घत्दै गई रहेको नमिठो तथ्यले हामी यो नियम ल्याउन वाध्य भएका होउ । ६) साझाडटकम कसैको पनि बेक्तिगत सम्पत्ति हैन , तेसैले एस्लाई प्रयोग गर्द हाम्रो हो भनेर प्रयोग गर्ने गरौ , जथाभाबी थ्रेड खोल्ने प्रबित्तीले अरु केइ नभै साझा को डाटा बेस धेरै प्रयोग हुन गइ खर्छ बद्ने मात्र काम गर्छ आशा गर्ने छौ अबका दिनहरुमा हाम्रा प्रयोगकर्ताहरुले यो कुराको पालना गरि साझालाई सधैं बचाइ राख्न सहयोग गर्ने छन् । साझा संचालक समुह
sajha administration · Sep 7, 2011 10:33 AM · 1,460 views
ne0 ब्रो ले कडा नियम जारी गरेचन्। लौ है शेरे हो होस गर।
DalluKoSanu · Sep 7, 2011 10:39 AM
ल जा त उसो भए मेरो रजिनामा| यस्ता किम ईल सुङ जस्ताहरुको साइटमा आउनु पनि छैन, थुइक्क्क्क्क|
YoTaBhayanaNiSom · Sep 7, 2011 10:40 AM
कालो सुची को बारे साझा मा नचैने कुरा लेखेर अरु लाई दु:ख दिने प्रयोगकर्ता र माथिका बुदामा भएका कुनै पनि प्रयोगकर्ताहरुलाई साझा को कालो सुची मा रखिने छ , येस्ता प्रयोग कर्ता हरु को नाम ३ महिना पछी स्वोत हत्ने छ। जब सम्म हत्ने छैन तब सम्म ती प्रगोग कर्ता हरु ले एक दिन मा १ त भन्दा बडी थ्रेड मा लेख्न पाउने छैनन् । साझा संचालक समुह
sajha administration · Sep 7, 2011 11:05 AM
San dai, Please ban those fake admins. Stat
Stat · Sep 7, 2011 11:08 AM
ओहो साझा अद्मिनिस्ट्रेशनब्रो: प्लिज मलाई चाँही ब्यान नगरिबकश्योस है, सरकार|
yotabhayananisom · Sep 7, 2011 11:19 AM
STAT ,मित्र तपाईं भ्रम मा नपर्नुस् साझा का संचालक महोदय सान प्रधान बाट इक्षा भएर नै हामीले यो सुरु गरेका होउ yotabhayenanesom , तपाईं ढुक्क हुनुस् जब सम्म तपाईं साझा राम्रो नियेत ले क्लिक गर्दै चलौनु हुन्च तब सम्म तपाईं को प्रयोग नाम् लाई हामी केइ गर्दैनौ
sajha administration · Sep 7, 2011 11:37 AM
What a joke this guy 'sajha administration' has become...lol
V2001 · Sep 7, 2011 12:31 PM
"चाहिने भन्दा छाडा र अस्लील कुराहरु हटायिने छ" यो "चाहिने भन्दा छाडा र अस्लील" भन्या चाँही कति हो नि सोम? " दिनमा एक पटक साझाका छेउछाउमा आउने तिरे मिरे बिज्ञापनहरुमा एउटा क्लिक गर्नै पर्ने छ" भुत्रो नि गर्दिन क्लिक बिज्ञापनमा! बिज्ञापन हेर्न साझामा आको हो र? लौ, के नप्छौ तिम्ले? हेरुम त म पनि! आफु बेक्कुफ भको थाहा छैन पासालाई, अरुलाई झुक्याउन खोजेर मात्र हुन्छ?!
jantare1 · Sep 7, 2011 1:12 PM
Oe keta ho yo gule lai admin ko meaning thaha chaina jasto cha , huna ta hos pani kasari mula dv pidit hola ,,, ye mera student sathi bhai kohi samjhau yaslai .......
rajeshdai · Sep 7, 2011 2:18 PM
sajha administration timi lai anuj baba ko pranam Last edited: 07-Sep-11 02:23 PM
chaurey · Sep 7, 2011 2:23 PM
चाउरे ब्रो: यो अनुजबाबा चाँही कुन चाँही पर्‍यो? साइ बाबाको साढुभाइ त होइन?
YoTaBhayanaNiSom · Sep 7, 2011 2:26 PM
som bro: there is a sajha.com saying "if you don't know anuj baba you are either dead or have not been born yet" Here and Happy Birthday to you Som bro you are reborn now: http://sajha.com/albums/albump...
chaurey · Sep 7, 2011 2:41 PM
हेत्तेरी यो नक्कली साझा अयाड्मिनिस्ट्रेशनले त मलाई पनि नराम्ररी झुक्क्यायो नि! तर केही छैन बाबु अब तिमी सबैको सामु नराम्रोसँग नाङिसक्यौ । तर सबभन्दा रमाइलो यो छ कि तिमी त्यसरी नाङिएको कुरा तिमी स्वयम्लाई चाँही थाहा हुँदैन तर तिमी बाहेक अरु सबैलाई थाहा हुन्छ । त्यसकारण अब अरु बढी नाटक नगरी चुपो लागेर बस्नुमै तिम्रो कल्याण होला ।
Geology Tiger · Sep 7, 2011 2:44 PM
चाउरेब्रो: को रईछ त यो पाचक? कहिले नाम सुन्या भए मरिजाम||| कतार तिर काम गर्ने गोर्खे जस्तो छ फोटो हेर्दा त| तैपनी पुनर्जन्म पाएको मा खुशी छु ब्रो| साधुबाद छ अनुज बाबा लाई| दादा पो लेख्नु पर्ने हो कि बाबा को ठाउँ मा?
YoTaBhayanaNiSom · Sep 7, 2011 2:46 PM
आइ दोन्'त अल्वय्स शो माइ *bleep* , बट व्हेन आइ दू आइ शोव इट ओफ्फ इन अ अर्त ग्यालरी Last edited: 07-Sep-11 02:55 PM
chaurey · Sep 7, 2011 2:55 PM
सान दाजु तेत्ती मुर्ख नी नसम्झनु न ओ मलाई । म कम्प्युटर जिनीयस नभय नि अली अली चलाऊन चै आउछ के ! मेरा प्यारा नप्यारा साझा का साझा साथी भाई हरु साझा मा नयाँ भर्खर हो छिरेको एस्यो रमाइलो गरु भनेर नि ! आस गर्छु कसैले ब्यग्तिगत रुप मा लिनु हुन्न होल। PS : San daju , I read what you dont want me to read lol
sajha administration · Sep 7, 2011 3:15 PM
Sajha administration, Hope you had some fun being the admin. I think the real admin also had a lot of fun. Peace.
ne0 · Sep 7, 2011 3:27 PM
I am glad that finally sajha administrator has realized the joke is actually on him.. he he...
YoTaBhayanaNiSom · Sep 7, 2011 3:54 PM
Mula thees le garda ma pani log out garnai lagisakya thye ni
Dukhe · Sep 7, 2011 4:29 PM
ma campion ko second batch ma hunda, saathi haruley halla ko bhar ma kholeko site, aaja kaha bata kaha pugecha.... sajha.com site ko 10 years( I believe) ma, ramrai bhayecha.. happy to know that today all around the world, Nepalese are using this site :D
bittertruth · Sep 7, 2011 10:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion