केहि दिन अगाडी मैले साझामा एउटा पोस्ट पढे ! त्यो पोस्टले मेरा आफ्नै पुराना घाउहरुलाइ बल्झाई दिए ! म आज बाध्य भएर मेरो बिगतलाइ कोट्याउनु पुगेको छ ! माफी चाहान्छु ! सानै देखि गान्तोकमा हुर्केका थिएऔ ! सिक्किम आफ्नै घर पर को घर लागथियो ! सिक्किमलाइ छोडेर संधैको लागि, जाडो यामको छुट्टिमा काठमाडौँ फर्केका थिएऔ ! आउने सालको लागि काठमाडौँमा एउटा स्कूलमा म भर्ति भएका थिए ! "मिन-पचास" को छुट्टि सक्क्यो ! लखर लखर झोला बोकी म न्युरोड़को बाटो हिंड्दै थिए ! आर.एन.ए.सी अगाडी बसस्टपमा स्कूल बस पर्खिराको थियो ! मेरो नजर एउटी माथि जाइ लाग्यो ! मनमा केहि हलचल भयो ! दिन बित्दै गयो, रात बित्दै गयो, त्यो हेराई, हेराईमा मात्र सिमित रहेन ! मेरो मनमा तेस्ले अर्कै रुप लि सकिसकेको थियो ! म आफु भित्र भित्रै हराउदै गइ सकेको थिए ! कहिले बिहान हुन्छ र उसलाई फेरी हेर्न पाइन्छ भनेर रातमा सुत्न सक्दिन थिए, कहिले खाजाखान घन्टी बज्छ र उसलाई टिफिन ब्रेकमा हेर्न पाइन्छ भनेर, किलासको पर्खालको घडीमा दिब्य स्वप्न हेर्दै, म टोलिरहन्थिए ! शायद येसैलाई "लभ आट फर्स्ट साइट" भनाउदो हो ! उनि मेरो "ब्याच"को संभवत् सबसे राम्री केटि थिईन ! आफु त् परे "अनुहार न दनुवार, पान्डभ सुनवार" ! कहिले बोल्न आँट गर्न सकिन ! भित्र भित्र खुब एक तर्फी माया गर्थे म तर कहिले आफ्नो बोलि फुटाउन सकिन ! त्यो माया मेरो मन को कुनामा एक्लै सझियेर बसिराको थियो ! मैले उनलाई धेरै माया गर्थे भनेर, मेरो मिल्ने साथीहरुलाइ पनि थाहा थियो ! विशेष गरि मेरो एउटा खास मित्र ! उ मेरो मा बस्न आउथियो ! रात भरि उसैको मात्र कुरा गरेर मैले साथिलाइ सुत्नै दिन्दिन थिए ! म एकहोरो रट लगाएर उनको रुपको गुण गाइ रहन्थियो ! येसो उठेर साथिलाइ हेर्छु त्, उ सुतिसकेको हुन्थियो ! कक्षा १० मा, हाम्रो "सेक्सन" चेन्ज भयो ! राम्रा बिद्यार्थीलाइ "ए" सेकसन्मा राखेका थिए ! कम्जोरलाइ "एफ"मा ! म अलिक राम्रो बिद्यार्थी थिए ! आएकै साल, किलासको रेकर्ड तोडी देका थिए मैले ! कुरो के थियो भने, म आउनु भन्दा पहिले मेरो किलासमा केटिहरुले प्रथम, द्वित्य र त्रित्य श्रेणी वोगटी बसेका थिएन ! म जुन साल आए, त्यो सालको फिर्स्ट टर्ममानै म कक्षामा दोस्रो भए ! केटोहरुबाट धेरै नै सम्मानित पनि भएका थिए ! पछि दोस्रो र फाइनलमा त् फिर्स्ट नै भए ! मेरो ब्याचमा मेरो स्कूल बाट "एस.एल.सी" मा नाम निकाल्न सक्ने सम्भवत बिद्यार्थीको लिस्टमा मेरो नाम पर्थियो ! सिक्किममा छँदा म हरेक साल स्कूल "टप" गर्थे ! तर कक्षा १० सम्म आइपुग्दा मलाई "काठमाडौँको हावा"ले छुइ सकेको थियो ! तेसैले मेरो ग्रेडमा केहि पेर्सेंत तल भएकोले म सेक्सन "बि" मा परे ! मेरो परम मित्र र मैले मन पराएकी, सौभाग्यवस एउतै सेक्सनमा परे ! सेक्सन "एफ" ! क्र.म.श
Nas · Sep 6, 2011 11:44 AM · 23,808 views
ह्या नास ब्रो: तिमीले पनि लाइफको अन्तिम बोर गर्दियो नि हाउ| त्यो बिशेष धागो चाँही मेटाउन नहुने सोमले| धेत्तेरिका, मामपाका|||
YoTaBhayanaNiSom · Sep 7, 2011 3:02 PM
एक दम माया लग्यो क्या ब्रो ! फेरी मलाई नि दोष लगाइ मोरी ले ! बिचरी भक्कर करियर बनाउन आटेकि, तेस्तो स्कंडलमा नपरोस भनेर नि ! तर सोम त्यो मोरी केटि जसले उसको भान्दा फोडेकी थियिन नि, उसले त् सारा अरु फोरममा नि भान्दा फ्होददै हिंडेकी रहेछन नि ! तर त्यो "लसुन"ले चै हाम्रै साझामा मात्र साँचो कुरो उकालेका रहेछन !
Nas · Sep 7, 2011 3:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion