हुलास’ले भारत रिझाउने, ‘मुस्तांग’ले चीन फकाउने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाबुराम रणनीति: ‘हुलास’ले भारत रिझाउने, ‘मुस्तांग’ले चीन फकाउने By मनोज गजुरेल, on September 4th, 2011 ‘पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापादेखि, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र झलनाथ खनालसम्मले करोडौं पर्ने प्राडो र पजेरो चढिरहेका छन्। तर भट्टराईजीले जाबो सोह्र लाखको गाडीमा चढेर हिंसात्मक संकेत दिएका छन्। महंगा गाडी डाँडाकाँडामा गुड्न नसक्ने भएकाले माओवादी फेरी जंगल फर्किनकालागि ‘मुस्ताङ्’जस्तो सस्तो र सजिलो गाडी लिएको हो भन्ने हाम्रो आशंका छ। मुलधारको राजनीतिमा नआएसम्म प्रधानमन्त्री र उनको पार्टीसँग हाम्रो सहकार्य हुनै सक्दैन । ‘ -नेकपा अलमले, अस्पष्ट संपर्क मञ्च   ‘बाबुराम प्रचण्डभन्दा उग्र ‘उत्तरपन्थी’ देखिए । किनभने उनको सपथग्रहण समेत चिनियाँ प्रभावबाट मुक्त रहन सकेन । सबैलाई थाहा भएको कुरा हो- ‘मुस्ताङ्’ चिनियाँ (तिब्बती) संस्कृति प्रभावित क्षेत्र हो । सपथ ग्रहण कार्यक्रममा ‘मुस्ताङ्’ नामको गाडी चढेर उनले चिनियाँहरुलाई रिझाउने दुस्प्रयास गरेकाछन् । बाबुरामको ‘मुस्ताङ्’ प्रेम भोली नेपालमा बढ्ने उत्तरी हस्तक्षेपको ‘ग्राण्ड डिजाईन’मात्रै हो ।’ - नेपाली कम-रेस, दक्षिण संपर्क समिति ‘हुलास’ भारतीय मूलका नेपालीको कंपनी हो । प्रधानमन्त्री भट्टराईले ‘हुलास’ कै गाडी किन रोजे, त्यसको उच्च स्तरीय छानबिन हुनु जरुरी छ । यदी उनीसँग अलिकति पनि क्रान्तिकारिता थियो भने ‘ज्याङ्लिङ’ नामको चाइनिज बाइक चढ्न सक्थे । तर ‘हुलास’को ‘गाडीकाण्ड’ मार्फत कमरेड बाबुराममा ‘दक्षिणपन्थी दुर्गन्ध’ रहेको कुराको थप पुष्टी भएको छ ।’ -एनेकपा माओवादी (उदण्ड समुह) ‘अन्तत: बाबुराम भट्टराईपनि मधेश बिरोधी नै निस्किए । उनले ‘मुस्ताङ्’ गाडी चढेर ‘पहाडिया अहंकारबाद’को कुरुप तस्विर दिखाएकाछन् । यदि भट्टराइवा मधेसियाको पनि प्रधानमन्त्री हुन् भने पहाडको लागी बनाइएको ‘मुस्ताङ्’ गाडीमें नही, मधेशमा चल्ने ‘टाँगा’ वा ‘वयलगाडा’मा चढ्ने आँट करलजाय ।’ -गन-तान्त्रिक कराई मुक्तिमोर्चा (गोलाबारुद समुह) ‘हामीले ‘बबुवाराम भोटेराई’लाई ‘आलु-चनात्मक’ समर्थन गरेका हौं । प्रचण्डजीलाई ‘आलु’ बनाएर भारतलाई ‘चना/चटपटी’ खिलाउने शर्तमा हामी तेह्रवटा मन्त्रालय पाइलिएका हौं । जदी, भोली प्रधानमन्त्रीले हाम्रो ‘आलु-चना’को सट्टा हिसिला भाभीको ‘मम:-छोयला’ भन्न थाल्नु भयो भने एक मधेश- उत्तर प्रदेश !’ -मधेशी सत्तायुक्त मोर्चा, नयपाल ‘प्रधानमन्त्रीले सपथग्रहणमा भादगाउँले टोपी लगाएर ‘राष्ट्रियता’को सम्मान गरेझैं देखिएता पनि ‘लेनिनकालिन’ सुट-पाइन्टबाट अझैपनि उहाँमा ‘कम्युनिष्ट अतिबाद’ कायम छ भन्ने देखिन्छ । अध्यक्ष ‘प्रचण्को-वीरेन्द्र’ अघोषित सहकार्य भएझैं ‘बाबुराम-ज्ञानेन्द्र’ सरकारसँग घोषित सहकार्य गर्ने हो भने बाबुराम ‘राम’ हुन्, नत्र ‘बिराम’ हुन् ।’ -थाप्रपा, नेपाल ‘हिसिला मैंचाले भनेको कुरा मान्यो भने ‘बाबुरामचा:’ हाम्रो ज्वाई ख:, आफ्नै तालमा हिंड्न थाल्यो भने ज्वाईं न स्वाँई- बाहुन ख:, लौ जा !’ -ससुराली संयुक्त मोर्चा, कामठण्डौ ‘नेपालमा कम्युनिष्टहरुलाई खुईल्याउने यो उत्तम अबसर यही हो । सके हाम्रो योजना अनुसार प्रयोग गर्ने, नसके माओवादीकै अर्को पक्ष उचालेर असहयोग गर्ने र सरकार बिफल बनाउने ! क्यों कि-’सत्ता, तब तक रहेगा ‘बाबु’में – जवतक रहेगा हमारे ‘काबु’में ।’ -छिमेकी सुदावास, लाजचम्पट ‘हिजोसम्म ‘बाबुराम !’ ‘बाबुराम !’ भन्नेहरुका लागि उचित अवसर आएको छ । ‘भिजन’ भएपनि ‘जादुको छडी’ नभएका बाबुराम ‘अप्ठेरो परिस्थिति’मा प्रधानमन्त्री भएकाछन् । अवसर पाएमा ‘केही’ गर्छन् कि भन्ने संभावना पनि देखाई सकेकाछन् । ‘वाह, बाबुराम’ बन्ने कि ‘कठै बबुरा’ रहने- त्यो उनको क्षमतामा भर पर्ने कुरा हो । जहांसम्म हाम्रो कुरा छ, पार्टी र जातीभन्दा माथी उठेर ‘राष्ट्र् निर्माण’मा लाग्ने कि उनलाई ‘लाष्ट’ बनाउन ‘खुट्टा तान्ने’ खेलमा रमाई रहने हो, सोच्ने बेला यही हो । समय सकिएपछि ‘राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न !’ -मनोज गजुरेल, हास्यव्यंग्यकार Source: http://www.mysansar.com/archiv...

_____ · Sep 4, 2011 9:53 AM · 2,996 views

1 Reply

nice nice

OBAMA · Sep 4, 2011 3:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all