NTC launching Iphone 4 in Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रामचन्द्र भट्ट, काठमाडौं, भदौ ११ - ब्ल्याकबेरी मोबाइल ल्याउने योजना अघि बढ्न नसकेपछि नेपाल टेलिकमले आइफोन ल्याउने तयारी गरेको छ। आइफोन ल्याउन टेलिकमले 'नन् डिस्क्लोजर एग्रिमेन्ट (एनडिए)' समेत गरिसकेको छ। आइफोन अहिले संसारभरि जिएसएम मोबाइल फोन प्रयोगकर्ताबीच अत्यन्तै रुचाइएको सेट हो। 'हामी अहिले आइफोन ल्याउन प्रारम्भिक चरणमा छौं,' टेलिकमका प्रबन्ध निर्देशक विश्वनाथ गोयलले भने। उनले आइफोनको निर्माता एप्पलसँग पत्राचार भइसकेको जानकारी दिए।   एप्पलले नेपाल टेलिकमसँग मिलेर नेपालमा अपरेटरसँगै सेवा सुरु गर्ने कुरामा सकारात्मक प्रतिक्रिया जनाएको छ। टेलिकमले एप्पलको आइफोन ल्याउनुभन्दा अघि क्यानडेली कम्पनी रिचर्स इन मोसन (रिम) सँग मिलेर ब्ल्याकबेरी ल्याउने तयारी गरेको थियो। तर, रिमले टेलिकमसँग कडा सर्त राखेपछि सम्झौता हुन रोकिएको छ। रिमले सुरुमै दुई लाख अमेरिकी डलर शुल्क मागेको थियो। त्यसलाई टेलिकमले स्वीकार गरेकोमा पछि हरेक महिना कम्तीमा २० डलर रिमलाई दिनुपर्ने, वार्षिक एक हजारका दरले ग्राहक बढाउनुपर्ने प्रस्ताव राखेपछि टेलिकमका अधिकारीहरु यसबाट पछि हटेका हुन्।   'रिमको प्रस्ताव नेपाली मोबाइल उपभोक्ता अनुकूल भएन,' टेलिकमका अर्का एक उच्च अधिकारीले भने। मासिक २० डलर (एक हजार चार सय २० रुपैयाँ) रिमलाई बुझाउनुपर्ने रिमको मागले टेलिकमलाई एकपैसा पनि नाफा नहुने अवस्था देखिएपछि यो प्रस्ताव अहिले तुहिने अवस्थामा पुगेको छ। ब्ल्याकबेरी सेटको मूल्य र मासिक महसुल भएपछि टेलिकम वार्षिक एकहजार ग्राहक बनाउनसमेत समस्या हुने शंका गरेको छ। थुप्रै पटक रिमसँग छलफल भएर अघि बढिसकेको र टेलिकमले समेत चालु आर्थिक वर्ष २०६८/६९ मा ब्ल्याकबेरी ल्याउने योजना अघि सारेको थियो। गत साउन पहिलो साता टेलिकमले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक गोयलले ब्ल्याकबेरी ल्याउने तयारी अन्तिममा पुगेको बताएका थिए। रिमले नयाँ सर्त टेलिकमसँग राखेपछि सञ्चालक समितिले थप वार्ता गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ। तर व्यवस्थापनले भने रिमसँग भन्दा पनि एप्पलसँगको प्रस्तावलाई छिटो अघि बढाउने तयारी गरेको छ। विकसित मुलुकहरुमै क्षमताअनुसार कम्तीमा ६ देखि ७ सय अमेरिकी डलर मूल्य पर्ने आइफोन सम्झौता गरेर नेपालमा ल्याउँदा सस्तो पर्छ। धेरै देशका मोबाइल कम्पनीहरुले एप्पलसँग सम्झौता गरेर 'लक' सिस्टम राखेर बिक्री गरिरहेका छन्। त्यस्तो सेटलाई विदेशमा रहेका आफन्तमार्फत नेपालमा ल्याउँदा 'अनलक' गर्नुपर्ने हुन्छ। एप्पलले केही दिन अघिमात्र विकासोन्मुख देशको लागि सस्तो मूल्यको आइफोन-फोरजी ल्याउने घोषणा गरेको छ। विकासोन्मुख देशमा ८ जिबी मेमोरीसहितको नयाँ आइफोन फोरजीलाई एप्पलले १ सय ५० देखि २ सय डलरमा उपलब्ध यसै साता सार्वजनिक गरेको थियो। एप्पलले विकसित देशहरुमा भने १६ र ३२ जिबीको आइफोन-फोरजी उपलब्ध गराइरहेको छ। नेपालजस्तै विकासोन्मुख देशमा भने सस्तोमा उपलब्ध गराउन ८ जिबीमात्र मेमोरी राख्ने घोषणा एप्पलको छ। चीनमा भने आइफोन फोरजीको दुरुस्तै नक्कली सेट छ्यापछ्याप्ती भेटिन्छन्। अहिले १ सय ५० देखि २ सय डलरमा उपलब्ध गराउन लागिएको ८ जिबीको आइफोन फोरजीलाई भने एप्पलले बनाएर विकासोन्मुख देशमा मात्र उपलब्ध गराउनेछ। एप्पलले आउँदो अक्टोबरमा आइफोन फाइभ बजारमा सार्वजनिक गर्ने योजना बनाइरहेको छ। आइफोन फाइभलाई अमेरिकी बजारमा सार्वजनिक गर्नुअघि नै फोरप्रति विकासोन्मुख बजारमा रहेको चासो बढाउन सस्तो मोलमा उत्पादन गर्ने तयारी गरेको हो। 'नेपालमा १६ र ३२ जिबीको महँगो पर्ने भएकाले ८ जिबीको निकै उपयुक्त हुने देखिन्छ,' प्रबन्ध निर्देशक गोयलले भने। नेपाली बजारमा उपलब्ध ब्रान्डेड स्मार्टफोनको मूल्य कम्तीमा १० हजार रुपैयाँ रहेको अवस्थामा आइफोन फोरजीलाई दुई सय डलरमात्र पर्ने हो भने पनि १५ हजार रुपैयाँमा ग्राहकलाई उपलब्ध गराउन सक्ने आशा टेलिकमका अधिकारीहरुको छ। Source: nagariknews.com Last edited: 04-Sep-11 02:23 AM

kaha hola · Sep 4, 2011 2:21 AM · 11,194 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all