लुट...खुब लुट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  लुट...खुब लुट – डा. मानसिंह साथी (बीटी)    लुट! खुब लुट! जति सक्छौ लुट! यो देशलाई लुट!  जनतालाई लुट!!!  लुटको धन, फुपूको श्राद्ध हुनेगरी लुट!  मौका यही हो! पछि अर्कै हुन्छ!    लगन धर्केपछि बगेको खोला नफर्केपछि!!!  अर्कै हुन्छ! अर्कै हुन्छ!! अर्कै हुन्छ!!!  लुट! बजारमा सुनै नपाउने गरी लुट!  आफ्नो घरको छानो सुनले छाउनेगरी लुट!    अहिले मौका पाएका छौ!!  चौका हान्दै लुट...!!!  यो देशको काट्टो खुब खाऊ!  तिम्रो पनि काट्टो एक दिन यिनैले खानेछन्....    त्यसैले लुट!!  तिमीहरू जुगा हौ!  चुस! खुब चुस, नेपालको रगत चुस!!  जबसम्म पुटुक्क परी 'देशको रगतले' भुइँमा खस्दैनौ!!!  हिँडिरहेको मानव लातले टेकेपछि किचिमिची भई मर्छौ!    चुस खुब चुस, नेपाली पानी सबै चुस!  जङ्गल लुट! उब्जनी लुट!! लुट खुब लुट!!!  घुस भए पनि लुट, भुस भए पनि लुट!  भन्थ्यौ, सामन्तीहरू मेटिसक्यौँ!!    तिमी, आफैं पो नवसामन्ती भई जन्मेछौ!!!  तसर्थ, लुट! खुब लुट!! जति सक्छौ अहिले नै लुट!  सुनको थालीमा मेवा–मिष्ठान्न, कवाफ खाँदा, खाँदा, खाँदा!!  भुसिलो डकार्दै मर्न लुट, खुब लुट!  मलाई लुट, नेपालीलाई लुट, यो देशलाई लुट!!  खुब लुट, खुब लुट, खुब लुट!!!

timi_mero_sathi · Sep 2, 2011 4:41 PM · 3,299 views

1 Reply

  Love it.

sam123453 · Sep 2, 2011 4:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all