Good things can happen in Nepal too

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पैदलै बाहिरिए ऊर्जामन्त्री बिष्ट   गोकर्ण अवस्थी काठमाडौं, भाद्र १३ -  ऊर्जा मन्त्रालयबाट विदाइ भएपछि निवर्तमान जलस्रोत मन्त्री गोकर्ण बिष्ट भवनबाट बाहिरिएर सरासर गेटतिर लागे । कर्मचारी, सुरक्षा गार्ड र उनका सवारी चालक समेत अलमलमा परे । मन्त्री पद नरहेपछि गाडी नै छाडेर हिडेका उनी पहिलो मन्त्री थिए । कर्मचारी झ्यालबाट नियालिरहेका थिए भने सिंहदरबारभित्रका बटुवा पनि चर्चित मन्त्री हिडिंरहेको देखेर फर्कीफर्की हेरिरहेका थिए । उनी सामान्य नागरिक सरह पैदलै जाने पूर्व जानकारी उनले सचिव बालानन्द पौडेललाई दिएका थिए । 'उहाले ढिलोचाँडो गाडी छाड्नैपर्ने हुँदा चाहिंदैन भन्नुभयो, मैले पनि कर गरिन,' पौडेलले कान्तिपुरसित भने । मन्त्री नियुक्त भएकै दिन आक्रमणमा परेका मन्त्री बिष्ट यसरी गाडी र सुरक्षाकर्मी नै छोडेर हिंडेको देखेर कर्मचारी मुखामुख गरिरहेका थिए । मन्त्रीबाट बाहिरिएको १५ दिनसम्म सरकारी गाडी चढ्न पाउने मुख्यसचिव माधव घिमिरेले समेत उनलाई बताएपनि उनी पैदलै बाहिरिएका थिए । आक्रामणबाट हातको एक औला संवेदनहीन भएपनि सुरक्ष्ााकर्मी र गाडी नलिइ उनी बाहिरिए । 'आखिर अब म एक सामान्य राजनीतिक सामाजिक कार्यकर्ता हु,' मन्त्री बिष्टले भने, 'त्यसैले मैले गाडि पनि लिइन सुरक्षा पनि मागिन ।' विदाइ कार्यक्रमपछि सिंहदरबार गेट बाहिरबाट ट्याक्सी लिएर प्रधानमन्त्री बाबुराम भट्टराईको सपथ ग्रहण समारोहमा सहभागी हुन राष्ट्रपति निवास गएका थिए । सचिव पौडेल र मन्त्री बिष्ट दुवैले चमेलिया आयोजनाको गाडी छाडी सस्तो गाडि चढ्दै आएका थिए । मन्त्रालयका पदाधिकारीले आयोजनाको सम्पत्ति दुरुपयोग गरेको आरोप लाग्न थालेपछि यी दुइ नेतृत्वकर्ताले उक्त निर्णय गरेका थिए । बिष्टले चढदै आएको भारतीय गाडी स्कर्पियो प्रधानमन्त्री कार्यालयले झिकाएको छ । विद्युत प्राधिकरणको अध्यक्ष पद छाडेर खुला प्रतिष्पर्धाबाट प्रमुख नियुक्त गर्नुका साथै चुहावट नियन्त्रण गर्न अभियान थालेका बिष्ट झलनाथ खनाल मन्त्री मण्डलका सबैभन्दा चर्चित मन्त्री बने । 'खोलामा झोला' राख्ने प्रवृत्ति अन्त्य गर्ने कार्यविधि ल्याएका उनलाई सचिव पौडेल निक्कै तिव्र गतिमा काम गर्न सक्ने इमान्दार व्यक्ति भएको वताउछन । 'हामीले यो ३ महिनामा यति तिव्र गतिमा काम गर्यौ कि समय वितेको पत्तै भएन,' उनले भने, 'उनी आपmनो लक्ष्यप्रति प्रष्ट इमान्दार व्यक्ति भएको पाए ।' मन्त्री बिष्टले जादाजादै पश्चिम सेतीमा चिनिया लगानीलाई सुनिश्चित बनाएको वताए । चीनको एक्जिम बैंकबाट अधिकांश रकम सहुलियत ऋणका रुपमा लिनेबारे सहमति भइसकेको वताउदै सम्झौतापत्रमा हस्ताक्षर गर्न बाकि रहेको उनले वताए । 'अब एमओयु मात्रै बाकि छ,' उनले भने । यसका लागि चीनले १ अर्ब ६० करोड अमेरिकी डलर - करिब १ खर्ब १५ अर्ब रुपैया) ऋण दिनेछ । यस आयोजनाबाट उत्पादित बिजुली स्वदेशमै खपत गर्ने र पावर ट्रेडिग कम्पनी (पिटिसी) बनेपछि भारत बेच्ने योजना उनको थियो । 'सुदुरपश्चिमको औद्योगिकरण गर्न पनि उक्त बिजुली उपयोग गर्न सकिन्छ,' उनले भने । उनको पालामा पिटिसीको प्रक्रिया अगाडि बढेको छ भने वैदेशिक ऋण र अन्य जलविद्यूत क्षेत्रको लगानी व्यवस्थित विद्युत बिकास कम्पनी स्थापना भइसकेको छ । अब बिष्टले पार्टिले दिने जिम्मेवारीसंगै सामाजिक जागरणमा लाग्ने वताएका छन ।  प्रकाशित मिति: २०६८ भाद्र १३ १२:३६ http://www.ekantipur.com/np/20... Last edited: 29-Aug-11 05:20 PM

timer · Aug 29, 2011 3:03 PM · 6,841 views

7 Replies

He was one of the better ones. Hope he gets it back soon.

Stiffler · Aug 29, 2011 3:12 PM

नाटक !

Nas · Aug 29, 2011 3:42 PM

कोही नेताले केहीपनी गर्न सकेन भनेर भुकी रहन्छौ अनी कसैले केही गर्‍यो भने नाटक भन्छौ, वा वा हामी नेपाली !! 

busenitz · Aug 29, 2011 3:49 PM

Everyone do drama, life itself is drama, some dramas are difficult and some are easy. Hopefully, if everyone do the right drama in this life, society will be better with all these dramas. At least I am hopeful even if it is a drama. Last edited: 29-Aug-11 04:47 PM

timer · Aug 29, 2011 4:46 PM

छड्के ऊर्जा मन्त्रीको कमाल! मन्त्री त गोकर्ण बिष्ट जस्तो पो हुनुपर्छ, नामका लागि कामलाई छापामा छ्याप्छ्याप्ती पार्न सक्ने! उनले पानी पारेरै भए पनि लोडसेडिङ कम बनाएरै छाडे। आफूले चाहेका व्यक्तिलाई नै प्राधिकरणमा कार्यकारी निर्देशक बनाए पनि कुनै माइकालालले नगरेको खुल्ला प्रतिस्पर्धा गराए। मन्त्रीबाट खुस्किएपछि स्वतः छुस् हुने प्राधिकरणको अध्यक्ष पद पनि एकसाता अगाडि नै सचिवलाई छाडिदिए। विद्युत्मा बढी लामोहात गरिरहेका ठूला होटल र उद्योगमा आँखा नपारे पनि २०/२५ वाटको बिजुली तान्ने सिंहदरबार छेउछाउका सरकारी कार्यालयका लाइन काट्ने आँट गरे। यी कामहरू गरेर छापामा छाउनुअघि मन्त्री महोदयले राम्रो समाचार लेख्ने पत्रकारका लागि रु.१ लाख नगदनारायणको थैली झुन्ड्याइदिएका रहेछन्। नभन्दै, बिष्टका चमत्कारहरू भदौको भुईंकुहिरो झै सघन रूपले छायो पनि, नेपालमा उपलब्ध सञ्चारमाध्यमहरूमा। तर, बिष्टले कुर्सीमा आफ्नो मिति झिरिप हुने बेला आएपछि मन्त्रालयको कौसीमा झुन्ड्याएका थैली थपक्क झिकेर मन्त्रीको बयानमा एकै दिनमा दुई-दुई थान समाचार लेख्ने पत्रकारहरूलाई हुरुक्क पारिदिएका छन्। सदा http://himalkhabar.com/news.ph...

nepcha1 · Aug 29, 2011 5:03 PM

It is hard to believe who are right, that is why we are nepali, we don't want anyone distinct. Who to believe? Kantipur or some one joking in Himal khabar. Ram Jane hai.

timer · Aug 29, 2011 5:21 PM

I dont believe himal khabar because what kantipur wrote was all seen by people but what himal khabar wrote has no proof and doesnt seems real too.

amricane · Aug 29, 2011 5:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion