Something new and interesting happining in Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बल गरेरै भट्टराईले मुस्ताङ चढे, खनालले पजेरो रोजे गोकर्ण बिष्ट ट्याक्सी चढेर गए 32Share   १२ भदौ, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीले चढ्ने गाडीका कथा नेपाली जनतालाई नौला हैनन् । तर, सोमबार नयाँ प्रधानमन्त्रीले सपथ खाने र पुराना प्रधानमन्त्रीले बिदा लिने बेलामा गाडीका रोचक कथा फेरि दोहोरिए । नेपालमै बनेको मुस्ताङ गाडी चढ्ने घोषणा गरेका नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नै निर्णय कार्यन्वयन गराउन निकै हम्मेहम्मे पर्‍यो । प्रधानमन्त्री निर्वाचित नहुँदै सरकारी उच्च अधिकारीलाई मुस्ताङ गाडी ब्यबस्था गर्न आग्रह गरेका प्रधानमन्त्री भट्टराई र उनको निजी सचिवालयलाई सपथ लिने बेलासम्म पनि मुस्ताङ चढ्न नपाइएला कि भन्ने डर थियो । ‘सरकारी अधिकारीहरुले त्यो गाडी नचढ्न खुवै जोड गरे’- भट्टराईका एक सहयोगीले अनलाइनखबरसँग भने-’सपथ गरेर पदवहालीका लागि जाँदा त औपचारिक कालो गाडी नै चढ्नुपर्छ हजुर भन्दै मुस्ताङ चढ्न नदिने प्रयत्न गरिरहे ।’ तर प्रधानमन्त्रीले ‘कालै गाडी चढ्नुपर्छ भन्ने कहाँ लेखेको छ ? जसरी भएपनि मैले भनेअनुसार मुस्ताङ गाडी नै ल्याउनु’ भनेपछि ती अधिकारी ‘हवस हजुर’ भन्दै भट्टराई निवासबाट निस्किएका थिए । नियमले नमिल्ने, नसुहाउने, सुरक्षाका दृष्टिले अनुपयुक्त, सुबिधा नभएको आदि कारण देखाउँदै सरकारी अधिकारीले सकेसम्म मुस्ताङ नचढ्ने स्थिती बनाउन बल गरेका थिए । जसका कारण सपथ ग्रहणमा जाँदा प्रधानमन्त्रीले केही बर्षदेखि चढ्दै आएको पार्टीले दिएको गाडीमै राष्ट्रपति भवन पुगे । त्यहाँ पुगेपछि पनि प्रधानमन्त्रीका लागि भन्दै चिल्लो कालो गाडी तयार भएको देखेपछि प्रधानमन्त्रीका सहयोगीहरु सरकारी अधिकारीसँग रिसाए । जसरी भएपनि तुरुन्तै मुस्ताङ ल्याउनु, प्रधानमन्त्री कालो गाडीमा कुनै हालतमा जानुहुन्न भनेपछि मात्र राष्ट्रपति निवास परिसरमा नयाँ नम्बर प्लेटको मुस्ताङ गाडी आइपुग्यो । सपथपछि प्रधानमन्त्री मुस्ताङ गाडीमा चढेर किर्तिपुरतिर लागेपछि उनका सहयोगीले सन्तोषको सास फेर्दै भने- मुस्ताङ गाडी चढ्न पनि निकै बल गर्नुपर्‍यो ।’ प्रधानमन्त्रीले सस्तो गाडी चढ्दा आफुहरुलाई नैतिक संकट पर्ने भएकाले सरकारी अधिकारीले यस्तो गरेको हुनसक्ने प्रधानमन्त्रीका सहयोगीको अनुमान छ । खनालले लगे चमेलियाको यता निर्वतमान प्रधानमन्त्री झलनाथ खनालले भने प्रधानमन्त्रीका रुपमा चढ्दै आएको महंगो गाडी नै लिएर गए । ‘उहाँले यसअघि आफूले चढ्दै गरेको गाडी लिएर जानु भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले भने-’अब सरकारले कुनै निर्णय गर्‍यो भने त्यही अनुसार होला ।’ खनालले चमेलिया जलविद्युत आयोजनाको गाडी चढ्दै आएका थिए । सरकारबाट बाहिरिने क्रममा खनालले उर्जा मन्त्रालयले चमेलिया जलविद्युत आयोजनाको १ करोडभन्दा बढी मूल्यको पजेरो खरिद गरि जैनाने निर्णय गराएको श्रोतले जनाएको छ । यसअघि प्रचण्ड र माधवकुमार नेपालले पनि आफु प्रधानमन्त्री हुँदा चढ्दै आएको गाडी नै लिएर गएका थिए । गोकर्ण बिष्ट ट्याक्सी चढेर गए खनालकै मन्त्रीपरिषद् सदस्य निवर्तमान उर्जामन्त्री गोकर्ण विष्टले भने आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् । वा १ झ ९३४६ स्कर्फीयो गाडि मन्त्रालयमा फिर्ता गरेर सिंहदरवार दक्षिण गेटबाट ट्याक्सी चढेर प्रधानमन्त्रीको सपथ ग्रहणमा सहभागी हुन शितल निवास पुगेका थिए । गाडी चढेर मन्त्रालय पुगेका विष्टले विदाईसँगै गाडी फिर्ता गरेका थिए । ‘मन्त्री ज्यूले आफूले चढ्दै आउनु भएको सबै गाडि फिर्ता गर्नु भएको छ’ उनका निजी सहायक मुकुन्द आचार्यले भने-’मन्त्रालयको गाडि फिर्ता गरेर उहाँ सिंहदरवार दक्षिण गेटबाट ट्याक्सीमा जानुभयो ।’ यसअघि उनले चढ्दै आउनु भएको चमेलियाको बा ६ च १०२६ नम्बरको गाडि प्राधिकारणको कार्यकारी प्रमुख छाडेसँगै फिर्ता गरेका थिए भने मन्त्री भएलगतै गृह गृहमन्त्रालयले उपलव्ध गराएको बा १ झ ५२१६ नम्बरको कालो कार शुक्रबार नै फिर्ता गरिसकेका थिए । विष्ट खनाल सरकारका सबैभन्दो लोकपि्रय मन्त्री हुन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने, प्राधिकरण सञ्चालक समितिको अध्यक्ष मन्त्रीको सट्टामा उर्जा सचिवलाई बनाउने, महसुल नगर्ने सरकारी कार्यालयको विद्यतु काट्ने लगायतका राम्रा काम गरेका बिष्ट सवैभन्दा सफल मन्त्रीमा दरिएका छन् ।

timer · Aug 29, 2011 9:40 AM · 5,081 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all