संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीमा माओवादी उम्मेदवार डा. बाबुराम भट्टराईलाई सघाउने । दुइ पक्षबीच चारबुँदै लिखित सहमति
gnawali · Aug 28, 2011 1:32 AM · 15,461 views
Daktar Saap lai Agreem 'badhai'
bhimesh · Aug 28, 2011 1:45 AM
lall badhai chha drsaap lai lets see new nepal from u
gnawali · Aug 28, 2011 2:08 AM
बाबुराम बन्ने भए प्रधानमन्त्री बाबुराम भट्टराई नेपालका ३५ औँ प्रधानमन्त्री हुनेछन्। उनी गणतन्त्र नेपालको ३ वर्षको इतिहासमा चौथो कम्युनिस्ट प्रधानमन्त्री र माओवादीका तर्फबाट दोस्रो प्रधानमन्त्री हुनेछन सुनिए अनुसार महत्त्वपूर्ण मन्त्रालय मधेसवादी मोर्चाका नेताहरुलाई दिने सहमति माओवादीले गरेको छ। जसअनुसार विजयकुमार गच्छदारले गृह मन्त्रालय, जेपी गुप्ताले सञ्चार मन्त्रालय पाउने छन्। कांग्रेस-एमालेसँग गएको भए धेरै पार्टीको सरकार बन्ने र त्यसो हुँदा महत्त्वपूर्ण मन्त्रालय नपाउने भएकोले मधेसवादी दलले माओवादीलाई समर्थन गरेको देखिउको छ। माओवादीसँग भएको चार बूँदे सहमतिमा राज्य पुनर्संरचना आयोग गठन नगर्ने, मधेसीहरुको नेपाली सेनामा समूहगत प्रवेश गर्ने जस्ता कुरा पनि छन्। मधेसी मोर्चाले १३ वटा मन्त्रालयमा गरेको बार्गेनिङ पूरा भएपछि बाबुराम भट्टराई प्रधानमन्त्री हुने निश्चित झैँ भएको छ। ६५ भोट भएको मोर्चाले भट्टराईलाई सघाउने निर्णय केही बेरअघि माओवादीसँग भएको बैठकमा गरेको हो। बैठकमा चार बूँदे सहमति पनि भएको छ। मोर्चाको निर्णय यथावत रहे बाबुराम भट्टराई प्रधानमन्त्री घोषणा हुन अब औपचारिकता मात्रै बाँकी हुनेछ। यस पटक पनि पराजित भएपछि रामचन्द्र पौडेलको प्रधानमन्त्री पदमा हारेको संख्या १८ औँ हुनेछ।
gnawali · Aug 28, 2011 2:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion